Sunday, April 19

भारतको जोधपुरमा एकै परिवारका ११ जना मृत भेटिए, घटना रहस्यमय

नेपाल अखबार, एजेन्सि  । भारतको राजस्थानस्थित जोधपुर जिल्लामा एकै परिवारका ११ जना मृत फेला परेका छन्। उनीहरूको हत्या भएको आशंका गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पास्कितानबाट विस्थापित उनीहरूको शव जोधपुर जिल्लाको देचु थाना क्षेत्रको खेतमा फेला परेका हुन्। छेउमा विषका बोतल र सुई पाइएको स्थानीय प्रहरीले जनाएको छ।
पहिले खानामा निद्रा लाग्ने औषधि हालेर खुवाएको र त्यसपछि सबैको हातमा विषयुक्त सुई लगाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
परिवारका एक जना ३७ वर्षका केवल राम मात्रै बाँच्न सफल भएका छन्। उनी छुट्टै सुतेकाले बाँचेको बताइएको छ।
उनीहरूको हत्या आफ्नै छोरी ३८ वर्षीया लक्ष्मीले गरेको आशंका प्रहरीले गरेको छ। किनकि परिवारमा उनी नै सुई लगाउन जान्ने अर्थात् नर्सिङ पढेकी थिइन्। उनैलै परिवारका १० सदस्यको हातमा विषयुक्त सुई लगाएर पछि आफूले पनि खुट्टामा सुई लगाएको अनुमान प्रहरीले गरेको छ। उनको पनि मृत्यु भएको छ।
उनको बिहे जोधपुरमै भएको थियो तर उनी माइतमै बस्ने गरेकी थिइन्। पारिवारिक कलहका कारण हत्या तथा आत्महत्या भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएकाे छ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *