Saturday, July 25

Author: admin

नेकपामा दुई धार
राजनीति, समाचार

नेकपामा दुई धार

उपनिर्वाचनको परिणामको विश्लेषणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई धार देखिएको छ। सरकारमा रहेका नेताहरुले समग्र निर्वाचन परिणाममा नेकपाले प्राप्त गरेको सफलतालाई जोड दिएका छन् भने सत्ताबाहिर रहेकाहरुले लामो समयदेखिको वामपन्थी किल्ला भत्केको भन्दै चिन्ता व्यक्त गरेका छन्। खासगरी धरान उपमहानगरपालिका र भक्तपुर क्षेत्र १ क मा पार्टी पराजित भएको विषयलाई नेताहरुले उठाएका छन्।...
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग
राजनीति, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्  'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ।' राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।...
सरकारले माग्याे मुआब्जाकाे निबेदन
अर्थ, समाचार, हाइलाइट-समाचार

सरकारले माग्याे मुआब्जाकाे निबेदन

सरकारले १२ सय मेगावाटको प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाका प्रभावित घरधनीलाई बाँकी मुआब्जा वितरणको लागि निवेदन दिन सूचना प्रकाशन गरेको छ। मंगलबार गृह मन्त्रालयले धादिङ र गोरखाका प्रभावित क्षेत्रका मुख्य बजार र सडकको दायाँ तथा बायाँ पर्ने जग्गाको मुआब्जा रकम निर्धारणपछि गाेरखापत्रमा २ हजार ७ सय ४८ जग्गा धनीको नामावली नै प्रकाशन गरेर मुआब्जाको लागि निवेदन दिन भनेको हो ।...
ओली अस्पतालमा रहेका बेला प्रचण्डले किन बोलाए सचिवालय बैठक ?
राजनीति, समाचार

ओली अस्पतालमा रहेका बेला प्रचण्डले किन बोलाए सचिवालय बैठक ?

काठमाडौं– ‘कार्यकारी’ अध्यक्षकाे जिम्मेवारीमा रहेका पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अस्पतालमा रहेका बेला प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । कार्यकारी अध्यक्षको ‘अधिकार’को पाएको करिब २ सातापछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् । बुधबार बिहान ९ बजे नेकपा मुख्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्ने जनाइएको छ । सचिवालय बैठकमा उपचुनावको समीक्षासहित, प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।...
दश दिन बिमानस्थल बन्द हुने
समाचार, समाज

दश दिन बिमानस्थल बन्द हुने

चितवन– चितवनको भरतपुर विमानस्थल गत आइतबारदेखि १० दिनका लागि बन्द भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्न आइतबारदेखि मंसिर २४ गतेसम्म बन्द गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण भरतपुर विमानस्थल कार्यालयले जानकारी दिएको छ । धावनमार्गको ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेकाले धावनमार्ग र पार्किङस्थल मर्मतसम्भारका लागि प्राधिकरणले ठेक्का लगाएको हो । झण्डै २० वर्षदेखि विमानस्थलको धावनमार्गमा ओभरले अर्थात कालोपत्रेमाथि थप कालोपत्रे गरिएको थिएन ।...
दक्षिण एसियाली खेलकुद– नेपालले कति जित्याे स्वर्ण
खेलकुद

दक्षिण एसियाली खेलकुद– नेपालले कति जित्याे स्वर्ण

काठमाडौं– काठमाडौं, पोखरा र जनकपुरमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले २३ स्वर्ण पदक जितेको छ । मंगलबार बेलुकीसम्म भएका खेलमा नेपालले २३ स्वर्ण जितेको छ । मंगलबार नेपालले २३ स्वर्ण जितेसँगै सागमा नेपालको स्वर्ण पदकको संख्या ९४ पुगेको छ । नेपालले दक्षिण एसियाली खेल (साग)मा समग्रमा १०० स्वर्ण पुर्‍याउन अब ६ स्वर्ण ल्याउनुपर्ने छ ।...
आरुघाटवासीको आक्रोश ः ‘हामी घर न घाटको भयौ’
अर्थ, समाचार, हाइलाइट-समाचार

आरुघाटवासीको आक्रोश ः ‘हामी घर न घाटको भयौ’

आरुघाट । मुआब्जा निर्धारणमा असन्तुष्टी जनाउदै आरुघाटवासी आन्दोलित भएका छन् । सरकारले सोमबार आरुघाट, आरखेत, धादिङ तर्फको खहरे, विशालटार लगायतका स्थानको मुआब्जा दर सार्वजानिक गरेपछि उनिहरु आन्दोलनमा उत्रेका हुन् । ‘सरकारले सार्वजानिक गरेको मुल्य कत्तिपनि ब्यवहारिक भएन’ बूढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिका अध्यक्ष दिनेश ढकालले भने ‘खाए खा नखाए घिच जस्तो ब्यवहार हामी मान्दैनौ, तत्काल निर्णय सच्चयाउनुपर्छ ।’ आयोजना मुआब्जा निर्धारण समितिले प्रतिआना न्यूनतम ५० हजारदेखि ७ लाखसम्म मुल्य निर्धारण गरेको छ । तर समितिको निर्णयप्रति स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले ८ बर्ष पहिला नै दुई आनाको १६ लाखमा किनेको, अहिले सरकारले १४ लाख दिने रे’ प्रभावित सिरमाया गुरुङले भनिन् ‘माथी गाउँमा भएको सबै ज्याथा बेचेर बजारमा झरियो, अब सरकारले नै घर न घाटको बनाउला जस्तो छ ।’ गाउँपालिका अध्यक्ष पूर्णबहादुर...
बूढीगण्डकी : १२०० कि ८०० ?
अर्थ, समाचार, हाइलाइट-समाचार

बूढीगण्डकी : १२०० कि ८०० ?

रामराज शर्मा भर्खरै ऊर्जा सम्मेलन सम्पन्न भयो। निजी क्षेत्रका विद्युत् उत्पादकहरूको संस्था इपानले आयोजना गरेको सम्मेलनमा बिजुलीको बजार र उत्पादनमा भइरहेका समस्याबारे गहिरो चिन्ता व्यक्त गरियो। सरकारले ५ वर्षमा ५ हजार (अबको ३ वर्षमा ३५०० मेगावाट) र १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ तर त्यसअनुरूप काम हुन सकिरहेका छैनन्। बरु जति काम भएका छन्, निजी क्षेत्रबाटै भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै वर्षपहिला सुरु भएर अहिले सम्पन्न भएका आयोजनाहरू उद्घाटन गरिरहेका छन् र जस लिने प्रयास गरेका छन्। तर ओलीको नेतृत्वमा सरकार बनेपछि कुनै सरकारी आयोजना निर्माण सुरु गरिएका छैनन्। लक्ष्य राख्ने तर काम नगर्ने प्रचलन यथावत् छ। अहिले फेरि बूढीगण्डकी जलविद्युत् आयोजनाको चर्चा चुलिएको छ। यो आयोजना बिनाप्रतिस्प्रर्धा गेजुवालाई सुम्पिनुमा चर्चामा आएजस्तै हाइड्रो दलालहरूको संल...
४४ स्थानको नतिजा सार्वजनिक, नेकपाकाे २५ स्थानमा जित
राजनीति, समाचार

४४ स्थानको नतिजा सार्वजनिक, नेकपाकाे २५ स्थानमा जित

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपचुनावको प्राप्त पछिल्लो मत परिणामअनुसार नेकपा अग्रस्थानमा रहेको छ। हालसम्म घोषणा भएका ४४ स्थानको मत परिणाममा नेकपाले २५ स्थानमा विजय हासिल गरेको छ। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र  चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन्।...
पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?
अर्थ, प्रदेश ४, समाचार

पुस ४ देखि दोस्रो गोरखकाली मेला हुने, के–के छन् आकर्षण ?

गोरखा सदरमुकाममा दोस्रो गोरखकाली मेला हुने भएको छ । हरमटारी क्लबको आयोजनामा आगामी पुस ४ देखि १३ गतेसम्म मेला हुने भएको हो । ‘गोरखाको मौलिक संस्कार संस्कृतिको संरक्षण र प्रवद्र्धन गोरखकाली मेलाको साँस्कृतिक अभियान’ भन्ने मुल नाराका साथ १० दिनसम्म मेला सञ्चालन हुने क्लबले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । ‘मेला गर्न हाम्रो आन्तिरक तयारी सकिएको छ, अब बाहिरी तयारीमा लाग्दैछौ’ क्लबका अध्यक्ष बिशाल गुरुङले भने । भाषा, संस्कृती र भेषभुषाको संरक्षण एवम प्रवद्धनका लागि मेला गर्न लागेको बताएको छ । ‘मेला गर्नुको मुख्य उदेश्य नै गोरखामा रहेका बिभिन्न जातजाती, धर्मको भाषा, संस्कृति लगायतको पहिचान गराउने हो र तिनको संरक्षणमा सहयोग पुगोस भन्ने हो’ अध्यक्ष गुरुङले भने ‘हाम्रा धेरै संस्कृती लोप हुने अवस्थामा पुगेका छन्, तिनको संरक्षण गर्नु हाम्रो दायित्व हो, मेला मार्फत उजागर गर्न चाहान्छौ ।’ त्...