Saturday, November 1

Author: admin

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले
समाचार, समाज

मुस्ताङमा भारी हिमपातपछि सम्पर्कविहीन भएका १५ जनालाई भेट्टायो सेनाले

नेपालअखबार,मुस्ताङ।  मुस्ताङ घुम्न गएर सम्पर्कविहीन भएका १५ जनालाई नेपाली सेनाले फेला पारेको छ। मुस्ताङको हिडन भ्यालीमा घुम्न जाँदा हिउँ परेपछि सम्पर्कबिहीन भएका तीन जना बेलायती नागरिक र १२ जना नेपालीलाई सेनाले भेट्टाएको छ। तीन दिनपछि नेपाली सेनाको टोलीले थासाङ गाउँपालिकामा रहेको हिडन भ्यालीबाट १५ जनालाई याकखर्क ल्याइरहेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए। उनका अनुसार याकखर्कमा १५ जनाको टोलीको उद्धारका लागि थप मद्दत राखिएको छ। ‘१२ हजार ८०० फिट माथि टाप्सेडाँडा भन्ने ठाउँमा १५ जनाको टोली र नेपाली सेनाको टोली लिंकअप भएका छन्। उहाँहरूलाई याकखर्क भन्ने ठाउँमा ल्याउँदैछन्,’ उनले भने, ‘थप लजिस्टिकको टोली याकखर्कमा छन्।’ त्यस ठाउँमा पाँच फिटसम्मको हिउँ परेकाले घुम्न गएका पर्यटकहरूसँग सम्पर्क टुटेपछि सेनाको टोली खटिएको थियो। उनीहरूलाई तीन दिन पछि नेप...
राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रशासन, समाचार

राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन किन नगर्ने भन्ने विषयमा आदेश गर्नेछ । गत असोज २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अधिवक्ता प्रतिभा उप्रेती र सुनिल भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । रिटमा भनिएको छ– ‘मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा २९२ अनुसार संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन भई राष्ट्रपतिद्वारा...
सुनको मूल्य फेरि बढ्यो
अर्थ, समाचार

सुनको मूल्य फेरि बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो केही दिन सुनको मूल्य घटेपनि शुक्रबार पेरि मूल्य बढेको हो । जसअनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । बिहीबार सुनको मूल्य तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम थियो । शुक्रबार भने मूल्य बढेर २ लाख ३९ हजार रुपैयाँ पुगेको हो। यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।...
राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो
बैंक-बिमा, समाचार

राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघ्यो

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशमा गरेको लगानी १८ खर्ब नाघेको छ ।  राष्ट्र बैंकको तथ्यांक अनुसार असोज महिनासम्म विदेशी सुरक्षण पत्रमा  १८ खर्ब ११ अर्ब रुपैयाँ बराबरको लगानी पुगेको हो । असार मसान्तमा यो रकम १५ खर्ब ६ अर्ब रुपैयाँ थियो । राष्ट्र बैंकको मुख्य आम्दानीको स्रोतको रूपमा यही लगानी रहँदै आएको छ । विदेशबाट आएको रेमिटेन्स लगायत विदेशी मुद्राबापत नेपाली रकम दिएर राष्ट्र बैंकले यो रकम विदेशी ऋणपत्रहरूमा गर्ने गर्छ । राष्ट्र बैंकको आम्दानीको सबैभन्दा मुख्य स्रोत नै यही हो । यो अवधिसम्म देशमा ७ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको नगद बजारमा प्रवाह भएको छ । असार मसान्तमा यो रकम ७ खर्ब ५० अर्ब रुपैयाँ रहेको थियो । चाडबाडको कारण यो वर्ष थप २८ अर्ब रुपैयाँको माग भएको देखिन्छ । तीन महिनाको अवधिमा राष्ट्र बैंकको ब्यालेन्स सिटको आकार २ खर्ब ९३ अर्ब रुपैयाँले बढेर २९ खर्ब  ५० अर्ब...
सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या
अपराध, समाचार, समाज

सुर्खेतमा फरुवा प्रहार गरी छोराद्वारा आमाको हत्या

नेपालअखबार,सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा फरुवा प्रहार गरी  छोराले आफ्नै आमाको हत्या गरेका छन् । मृत्यु हुनेमा करिब ५० वर्षीया धनिकला बस्नेत छिन् । हत्याको आरोपमा उनका छोरा कबिराम बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाअनुसार, शुक्रबार बिहान करिब ७ बजेको समयमा भेरीगंगा नगरपालिका वडा नम्बर १२, मसिनाटोलस्थित घरमा सुतिरहेकी आमा धनिकलाको टाउकोमा कबिरामले फरुवाले प्रहार गरेका थिए । गम्भीर घाइते भएकी धनिकलालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ, सुर्खेत लगिएको थियो । बिहान ८ आठ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए । आमामाथि कुटपिट गरी हत्या गर्ने कबिरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले छिन्चु बजार क्षेत्रबाट नियन्त्रणमा लिएको ह...
मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो
समाचार, समाज

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

नेपालअखबार,काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ । माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो । तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।...
पहिले मजदुरी गर्थे, अहिले अरुलाई रोजगारी दिने किसान बने
कृषि, समाचार, समाज

पहिले मजदुरी गर्थे, अहिले अरुलाई रोजगारी दिने किसान बने

नेपालअखबार,कञ्चनपुर । विगतमा अरूको खेतमा मजदुरी गरेर गुजारा चलाउने बेदकोट नगरपालिका–१ चम्फापुरका जयप्रकाश राना अहिले आफ्नै बारीमा दर्जनौँ किसानलाई रोजगारी दिनसक्ने सफल व्यावसायिक किसान भएका छन् । दुई दशकदेखि निरन्तर तरकारीखेतीमा संलग्न रानाले नर्सरीमा तरकारीका बिरुवासँगै तरकारी उत्पादन गरी बिक्री गरेर वार्षिक रूपमा रु १५ लाख बढी आम्दानी गर्दै आएका छन् । मेहनत, सीप र आत्मविश्वासको बलमा उहाँले आफ्नो जीवनमात्र होइन । गाउँको कृषि अभ्यासलाई परिवर्तन गरेका छन् । उहाँको प्रेरणाले अन्य किसान पनि व्यावसायिक तरकारीखेतीमा संलग्न भएका छन् । कडा परिश्रम, आत्मविश्वास र सीपको भरमा तरकारीखेतीलाई जीवनको प्रमुख व्यवसायमा रानाले रूपान्तरण गरे‍का छन् । उनका प्लाष्टिकको टनेलभित्रका हरिया बारी र उन्नत नर्सरीले स्थानीयलाई मात्र होइन, टाढा–टाढाका किसानलाई समेत प्रेरणा दिएको छ । सूर्योदय हुनुअघि नै तरकारी...
‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै
विश्व, समाचार

‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्व सहरीकरण दिवस मनाइँदै

नेपालअखबार,काठमाडौँ । सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट सहर’ नाराका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व सहरीकरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै अवसरमा आज कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदैछ । सन् २०१४ देखि यो दिवस मनाउन सुरु गरिएको यस दिवसमा प्रत्येक वर्ष फरक सहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन् । यो दिवस मनाउनुको मुख्य उद्देश्य आवास सङ्कटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त सहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवद्र्धन गर्नु हो । विश्व तीव्र गतिमा सहरमुखी बन्दै गएको सन्दर्भमा सहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ । राष्ट्रसङ्घको अनुसार हाल विश्वको आधाभन्दा बढी जनसङ्ख्या सहरी क्षेत्रमा केन्द्रित छ ।...
मोन्था चक्रवातको प्रभाव आज साँझसम्म
समाचार, समाज

मोन्था चक्रवातको प्रभाव आज साँझसम्म

नेपालअखबार,काठमाडौँ। बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रुपमा रहेको छ। त्यस प्रणालीको कारणले नेपालको मौसम शुक्रबार साँझसम्म प्रभावित हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। शुक्रबार साँझपश्चात मौसममा क्रमिक रुपमा सुधार हुने देखिएको महाशाखाले जानकारी दिएको छ। यसका साथै नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको महाशाखाले बताएको छ। महाशाखाले हाल कोशी, मधेस , बागमती,  गण्डकी प्रदेशका धेरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ। शुक्रबार दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहनेछ। बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले बताएको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प...
पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध
समाचार, समाज

पूर्णरुपमा बीपी राजमार्ग अवरुद्ध

नेपालअखबार,काठमाडौँ। बीपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा पहिरो र लेदोको कारण सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको छ । राजमार्गको अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले पूर्व जाने गाडीहरु काभ्रेपलाञ्चोकको भकुन्डेमा रोकिएका छन् । अविरल वर्षाका कारण बीपी राजमार्ग अन्तरगत चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर सडक अवरुद्ध छ । यसैगरी नार्के, पिन्थलीबेसी, विरुवाडाँडा लगायतका स्थानमा लेदोका कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार चौकीडाँडामा खसेको पहिरो पन्छाउन लाग्दा पुन: माथिबाट पहिरो खसेको छ । पानी परिरहेकाले जोखिम बढेको भन्दै हाल पहिरो पन्छाउन रोकिएको छ ।जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले बीपी राजमार्ग अन्तर्गत काभ्रे जिल्ला भित्रको अ...