हिउँ छिचोल्दै डोल्पाबाट जोमसोम आइपुगे एक हजार भेडाच्याङ्ग्रा
नेपालअखबार, मुस्ताङ । दसैं नजिकिएसँगै मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल सुरु भएको छ।
यसै क्रममा मुस्ताङको जोमसोममा माथिल्लो डोल्पाबाट भेडाच्याङ्ग्राका बथान आइपुगेका छन् ।
उपल्लो मुस्ताङबाट भने शनिबारसम्म भेडाच्याङ्ग्रा जोमसोम आइपुग्ने बताइएको छ।
आफ्ना पाँच सहकर्मीसहित करिब एक हजारभन्दा बढी भेडाच्याङ्ग्रा लिएर डोल्पाका व्यापारी शेरबहादुर रोकाया शनिबार साँझ जोमसोम आइपुगेका छन्।
डोल्पाबाट जोमसोम आइपुग्न एक साताभन्दा बढी समय लागेको उनले बताए।
उनी विगत ३० वर्षदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्।
यसपालि हिउँ छिचोल्दै जोखिमपूर्ण यात्रा गरेर च्याङ्ग्रा जोमसोम ल्याएको उनको भनाइ छ।
डोल्पो बुद्ध गाउँपालिकाबाट यही असोज ९ गते जोमसोमतर्फ लागेका रोकाया यही असोज १७ गते साँझ जोमसोम आइपुगेका हुन्। हाल भेडाच्याङ्ग्रा जोमसोमको घरपझोङ गाउँपालिकास्थित सार्वजनिक मैदानमा राखिए...










