फ्रान्समा चर्कियो विद्यार्थी आन्दोलन, सरकार दबाबमा
नेपालअखबार,काठमाडौं । फ्रान्समा विद्यार्थीहरुले थप स्रोतसाधनको माग गर्दै थालेको आन्दोलन चर्किंदै जाँदा सयौं उच्च मावि प्रभावित भएका छन् ।
केही स्थानमा तोडफोड र आगजनीका घटना भएका छन् । साथै कर्मचारी, विद्यार्थी र प्रहरीहरु घाइते भएका छन् । प्रहरीको दंगा नियन्त्रणसम्बन्धी हतियारका कारण युवा प्रदर्शनकारी गम्भीर रूपमा घाइते हुन थालेपछि सरकारको आलोचना पनि बढेको छ । यसबाट राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकार दबाबमा परेको बताइएको छ ।
गृहमन्त्री लरेन्ट नुनेजका अनुसार हालसम्म प्रहरीले ६ हजार १०० भन्दा बढीलाई पक्राउ गरेको छ भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन् । गृहमन्त्री नुनेजले प्रहरीको प्रतिक्रिया लगभग सबै घटनामा परिस्थितिअनुसार उचित रहेको दाबी गरेपछि आक्रोश बढेको बताइएको छ ।
स्रोत साधनको माग गर्दै सुरु भएको थियो प्रदर्शन
फ्रान्सको राष्ट्रिय आदर्श वाक्य ‘स्वतन्त्रता, समानता, भ्रातृत्व...










