Thursday, October 22

Blog

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम
प्रशासन, समाचार

सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कार्यक्रम

नेपालअखबार, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ । कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोगमार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनोट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐनबमोजिम दिग्दर्शन तयार गरिएको बताए । उनका अनुसार दिग्दर्शनमार्फत कृषि व्यवसाय सञ्चालन गर्ने व्यक्ति, फर्म, संस्था वा समूहलाई छनोट गरी क...
पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी
खेलकुद, समाचार, समाज

पुम्दीको महादेवलाई परिक्रमा गर्दै २४ गते ‘पर्वतीय दौड’को तयारी

नेपालअखबार, पोखरा । सञ्चार र पर्यटनसँग खेल पर्यटनलाई जोड्दै पोखरामा तेस्रो पर्वतीय दौड प्रतियोगिता आयोजना हुने भएको छ। पर्यटकीय राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज २४ गते शनिबारप्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिता विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै पोखरा–२२ वडा कार्यालय हुँदै न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ। प्रतियोगिता ८ किलोमिटर दूरीको हुने आयोजकले जनाएको छ। प्रतियोगितामा खुला, वडास्तरीय खुला, महिला, यू–१६, विदेशी र भेट्रान गरी छ वटा इभेन्ट समावेश गरिएको छ। पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित विभिन्न देशका ७१ पुरुष र ३३ महिला गरी १०४ जनाले अनलाइन फाराम भरेका थिए। प्रतिकूल मौसमका कारण ७९ जना सहभागी भएका थिए। दो...
दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र
समाचार, समाज

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

नेपालअखबार, काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ, रङरोगन तथा सौन्दर्यीकरणको काम तीव्र पारिएको छ । दसैँका अवसरमा भक्तजनको भीड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो । रङरोगन सकिएपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव रमेश खड्गीले जानकारी दिए । उनका अनुसार मन्दिरको छत तथा भित्री भागको सरसफाइसमेत गरिएको छ । लामो समयदेखि धुवाँका कारण मन्दिरभित्रका संरचना कालो भएकाले विशेष सरसफाइ गरिएको उनले बताए । “सर्वप्रथम मैतीदेवी मन्दिरको सरसफाइ र रङरोगनको काम गरिरहेका छौँ । यो सकिएपछि एक-दुई दिनभित्र झिलिमिली बत्ती राख्ने काम सुरु गर्छौँ”, उनले भने, “यसपालि सडकबाटै झिलिमिली बत्ती राख्दैछौँ र त्यसपछि मन्दिरको छतमा पनि बत्ती ज...
नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन
प्रशासन, समाचार

नर्सरी चोकको गुठीको जग्गामा पर्खाल लगाएर भोगचलन, खाली गर्न प्रशासनको निर्देशन

नेपालअखबार, काठमाडौं । काठमाडौं प्रशासन कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिका-१६ स्थित रानीबनको नर्सरीचोकमा गुठीको जग्गा भोगचलन गरिरहेकाहरूलाई तत्काल खाली गराउन निर्देशन दिएको छ। त्यहाँस्थित नक्सा सिट नम्बर १०२-१०२३-०६ कित्ता नम्बर ३६ र नक्सा सिट नम्बर १०२-१०२३-११ कित्ता नम्बर १६को क्षेत्रफल क्रमश: ३१९.८० र ५२.८२ वर्गमिटर श्रेस्तामा अन्नपूर्ण माइस्थान गुठीको जग्गा व्यक्तिले भोगचलन गरेको पाइएपछि प्रशासनले खाली गर्न भनेको हो। असन अन्नपूर्ण माइस्थान गुठीको नाममा रहेको उक्त जग्गा व्यक्तिले भोगचलन गरेको उजुरीपछि नापी कार्यालय र स्थानीय तहका प्रतिनिधिसहितको अनुगमन तथा निरीक्षण गरिएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार उक्त जग्गामा देवेन्द्र सुब्बा, धीरेन्द्र प्रधान र चिरञ्जिवी देवकोटाले पर्खाल लगाएर भोचलन गरेका छन्। यसअघि उक्त जग्गा खाली गरिदिन भन्दै गुठी संस्थानलाई पत्र पठाइएक...
विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग
समाचार, समाज

विद्युतीय खरिद प्रणालीको समस्या समाधान गर्न निर्माण व्यवसायीको माग

नेपालअखबार, काठमाडौँ। नेपाल निर्माण व्यवसायी महासङ्घले सार्वजनिक खरिद प्रक्रियामा हाल देखिएको प्राविधिक समस्या, साइबर सुरक्षा जोखिम तथा बोलपत्र (बिड) पेस गर्दा व्यहोर्नुपरेको झन्झट समाधान गर्न सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ध्यानाकर्षण गराएको छ। महासङ्घका वरिष्ठ उपाध्यक्ष रामजी पन्त (मुकेश) नेतृत्वको प्रतिनिधिमण्डलले पीपीएमओका सचिव विश्वबाबु पुडासैनीसँग भेट गरी हालको हार्डकपी बोलपत्र दाखिलासम्बन्धी समस्या तथा विद्युतीय खरिद प्रणाली (ई-जीपी) को स्तरोन्नति र सञ्चालनका विषयमा छलफल गरेको हो। भेटका क्रममा महासङ्घले विद्यमान प्रणालीमा देखिएका साइबर सुरक्षा जोखिम, डेटा सुरक्षा तथा प्रणालीगत सुरक्षाका विषयमा कार्यालयको ध्यानाकर्षण गराएको छ। निर्माण व्यवसायीहरूलाई बोलपत्र पेस गर्न कुनै पनि प्राविधिक अवरोध नहुने वातावरण बनाउन तथा सार्वजनिक खरिद प्रक्रियालाई निरन्तर र सुरक्षित रू...
लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति
समाचार, समाज

लोककल्याणकारी विज्ञापनको दररेटसम्बन्धी निर्णयप्रति पत्रकार महासङ्घको आपत्ति

नेपालअखबार,काठमाडौँ। सरकारले लोककल्याणकारी विज्ञापन प्रकाशन गरेबापत पत्रपत्रिकालाई २०८३ असोज महिनासम्म साविककै दररेट भुक्तानी गर्ने निर्णय गरेपछि नेपाल पत्रकार महासङ्घले त्यसप्रति आपत्ति जनाएको छ। महासङ्घका महासचिव रामप्रसाद दाहालले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञापन बोर्डले यससम्बन्धमा जारी गरेको सूचना आंशिक रूपमा स्वागतयोग्य भए पनि आफ्ना माग पूर्ण रूपमा सम्बोधन नभएको जनाएको हो। महासङ्घले कुनै वैज्ञानिक आधार र कारणबिना सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी छापामाध्यमलाई धरासायी बनाउने उद्देश्यले स्वेच्छाचारी ढङ्गबाट ‘छापामाध्यमका लागि लोककल्याणकारी विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ निर्माण गरिएको आरोप लगाएको छ। उक्त कार्यविधि तत्काल खारेज गरी सरोकारवाला पक्षसँगको सहमतिका आधारमा मात्र नयाँ व्यवस्था लागू गर्न महासङ्घले पुनः जोडदार माग गरेक...
हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११
समाचार, समाज

हिमलुङमा थप ४ शव फेला, ज्यान गुमाउनेको संख्या पुग्यो ११

नेपालअखबार,काठमाडौं । मनाङ हिमलुङ हिमाल हिमपहिरोमा बेपत्तामध्ये थप चार जनाको शव फेला परेको छ । हराइरहेकाहरूको खोजीमा खटिएको नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन टोलीले आज चार शव फेला पारेको जनाएको छ । आज पासाङकाजी शेर्पा नेतृत्वको अनुभवी माउन्टेन गाइड टोलीले खोजी तथा उद्धारको काम जारी  राखेको थियो । एसोसिएसनले शेर्पालाई उद्धृृत गर्दै चार शव फेला परेको जनाएको छ । यससँगै हिमलुङ हिमपहिरोमा ज्यान गुमाउने नेपालीको संख्या ११ पुगेको छ । ९ असोजदेखि प्रतिकूल बनेको मौसमले यस हिमालमा हिम पहिरो निम्त्याएको थियो । हिमलुङको आधार शिविरमा आएको हिमपहिरोमा कुल १६ जना बेपत्ता भएकोमा ११ जनाको शव भेटिएको छ । अझै पाँच जना बेपत्ता छन् ।...
प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट
राजनीति, समाचार

प्रधानमन्त्रीले संसद्लाई अपमान गरेको भन्दै संसद्‌मै खेद प्रकट

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले संसद्लाई अपमान गरेको भन्दै खेद प्रकट गरेका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले राष्ट्रसंघको ८१ औं महासभामा देशको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन शाह गएको स्मरण गरे । महासभामा प्रधानमन्त्री बालेनले देशको साझा राष्ट्रिय एजेण्डाहरू, हिमालमा जलवायु परिवर्तनको प्रभाव र भोटेकोशी त्रिशुली नदीमा आएको हिमालयन सुनामी र त्यसले पुराएको क्षति, जलवायु न्याय, अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोग लगायतका विषयमा प्रस्तवहरू राखे । यसप्रति नेकपाका प्रमुख सचेतक दुलालले प्रधानमन्त्री शाह र सरकारलाई धन्यवाद दिए । तर यसबारे संसद्लाई कुनै जानकारी दिएनन् । यसप्रति सांसद दुलालले संसद्मै खेद प्रकट गरेका हुन् । ‘तर महासभामा जानु अघि र आए पछि संसदलाई जानकारी नगराएर प्रधानमन्त्रीले व्यवस्थाप...
अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह
राजनीति, समाचार

अस्ट्रेलियाका राजदूतले भेटे प्रधानमन्त्री शाह

नेपालअखबार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्नस्टबीच आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा नेपाल र अस्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहयोग तथा पारस्परिक हितका विषयमा छलफल भएको जनाइएको छ। नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कूटनीतिक, शैक्षिक, विकास साझेदारी तथा जनस्तरमा सम्बन्ध रहँदै आएको छ। विशेषगरी शिक्षा, विकास सहयोग, व्यापार तथा नेपाली समुदायसँगको सम्बन्धले दुई देशबीचको सहकार्यलाई थप सुदृढ बनाउँदै आएको दूतावासले जनाएको छ ।प्रधानमन्त्री शाहसँगको भेटलाई नेपाल-अस्ट्रेलिया सम्बन्धलाई निरन्तरता दिने कूटनीतिक संवादका रूपमा लिइएको नेपालस्थित अस्ट्रेलियन दूतावासले जनाएको छ।...
निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव
प्रशासन, समाचार

निजामतीमा सूचना प्रविधि सेवा पनि थप्ने प्रस्ताव

नेपालअखबार,काठमाडौं । सरकारले संघीय निजामती सेवामा नयाँ नेपाल सूचना प्रविधि सेवा थप गर्न लागेको छ । संघीय संसद सचिवालयमा पेश भएको विधेयकमा यसअघिका विभिन्न सेवा बाहेक सूचना प्रविधि सेवालाई नयाँ सेवाको रुपमा प्रस्ताव गरिएको हो । अहिले पनि सूचना प्रविधिको क्षेत्रका कर्मचारी निजामती सेवामा छन् । विविध सेवामा रहेका उनीहरुलाई अब भने नयाँ सेवाको रुपमा थप गर्न थालिएको हो । संघीय तहको मन्त्रालयदेखि सूचना प्रविधिमा आधारित सेवा प्रदायक निकायहरूमा सूचना प्रविधि(आईटी) सेवाका कर्मचारीहरू कार्यरत थिए । यसअघि नेपाल आर्थिक योजना तथा तथ्यांक, इञ्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा सेवा रहेकोमा यो विधेयकमा सूचना प्रविधि सेवा थपिएको हो ।तर कर्मचारीहरूको वृत्तिविकासका लागि हुने क्लष्टरमा भने सूचना प्रविधि सेवा समावेश छैन । सरकारले पाँचवटा क्लष्टरहरूमा कर्मचारीहरूक...