Thursday, October 22

Blog

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते
दुर्घटना, समाचार

बझाङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

नेपालअखबार,काठमाडौं ।  बझाङमा भएको जिप दुर्घटनामा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा सुर्मा गाउँपालिका–४ का २७ वर्षीय चालक कुन्धन बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक दीपक बिष्टले बताए। दुर्घटनामा जयपृथ्वी नगरपालिका–८ की २५ वर्षीया बिपना बोहरा र भारतको कलकत्ताका ४५ वर्षीय सुवाशिस दास गुप्ता घाइते भएका छन्। घाइतेमध्ये गुप्ताको अवस्था सामान्य रहेको छ भने बोहराको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। बिहीबार बिहान १० बजेतिर कर्णाली प्रदेश ००१ च १०९५ नम्बरको जिप सुर्मा गाउँपालिका–४ को दौलीचौरबाट सुर्मा गाउँपालिका–२ को दोगडीतर्फ जाने क्रममा भित्री सडकमा दुर्घटनामा परेको थियो। जिप सडकबाट करिब २० मिटर तल खसेको थियो। जिप स्थानीय किसानले उत्पादन गरेको आलु बिक्रीका लागि सदरमुकाम चैनपुरतर्फ जाँदै थियो।...
दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक
राजनीति, समाचार

दलहरूप्रति घृणा फैलाएर लोकतन्त्र बलियो हुँदैन : सांसद विक

नेपालअखबार, काठमाडौं । नेकपा एमाले सांसद विष्णुमाया विकले ‘जेन–जी’ आन्दोलनको नाममा भएको हिंसात्मक घटनाप्रति चिन्ता व्यक्त गर्दै लोकतन्त्र र राजनीतिक स्थिरतामाथि प्रहार भएको बताएकी छिन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विकले राजनीतिक इमान्दारीको अभावमा सरकारले जनताको आशामाथि कुठाराघात गरेको आरोप लगाएकी हुन् । सांसद विकले ३५ वर्षको लोकतान्त्रिक कालखण्डमा नेपालले हासिल गरेका विकासका उपलब्धिहरूलाई कतिपयले गलत भाष्य निर्माण गरी ओझेलमा पार्न खोजेको बताइन् । साथै, उनले मध्यपहाडी लोकमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोसी जलविद्युत र अन्तर्राष्ट्रिय विमानस्थलहरू जस्ता गौरवका आयोजनाहरू यही समयमा सम्पन्न भएको स्मरण गराइन् । नेपालले विकासशील राष्ट्रको सूचीमा प्रवेश गरिरहँदा भदौ महिनामा भएको आन्दोलनले भौतिक र मानवीय संरचनामा पुर्‍याएको क्षति दु:खद् रहेको उल्लेख उनले गरिन् । ...
११०० किलो गाँजा बरामद
प्रशासन, समाचार, समाज

११०० किलो गाँजा बरामद

नेपालअखबार,सिरहा। सिरहाबाट सशस्त्र प्रहरी बलले ११०० किलो गाँजा सहितको गाडी नियन्त्रणमा लिएको छ। गएराति करिब १ बजे सिरहाको सुखीपुर नगरपालिका-१० विश्वकर्मा चोक गागन खोला पुलबाट गाँजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिएको हो। गए राती करिब १ बजे  सिरहा जिल्लाको  सुखीपुर नगरपालिका-१० विश्वककर्माचोक गागन खोलापुल बाट गांजा बोकेको बोलेरो गाडी र मोटरसाइकल नियन्त्रणमा लिइएको सशस्त्रका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सशस्त्र प्रहरी बल नेपाल नं.७ गण सुरक्षा बेश गोलबजार र सुरक्षा वेश सुखीपुरको संयुक्त टोलीले  बा १४ च २९४ नम्बरको बोलेरो गाडी र स ६ प ४८५९ नम्बरको मोटरसाइकलमा लैजादै गरेको गाजा  नियन्त्रणमा लिएको हो। २६ वटा बोरामा प्याक गरिएको  ११०२.६५५ के.जी. गांजा सहितको गाडी र मोटरसाइकल छोडेर चालक भागेको बताए। बरामद सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बु...
घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति
समाचार, समाज

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

नेपालअखबार,तनहुँ। अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोका कारण तनहुँको घिरिङ गाउँपालिकामा सात वटा झोलुङ्गे पुल र एक वटा बेलिब्रिजमा क्षति पुगेको छ। यस्तै, भिमाद–रामपुर सडकखण्ड प्रभावित भएको छ । बाढीपहिराले गाउँपालिकाका विभिन्न स्थानमा भएको क्षतिको अवस्था बुझ्न जिल्ला सुरक्षा समितिको टोलीले बुधबार स्थलगत अनुगमन गरेको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापालगायतको टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरेको हो । बाढीपहिरोका कारण पुल तथा सडकमा क्षति पुगेपछि स्थानीयवासीको आवागमनमा समस्या भएको छ । विशेषगरी झोलुङ्गे पुलमा भएको क्षतिले गाउँका विभिन्न बस्तीबीचको सम्पर्क प्रभावित भएको छ। बेलिब्रिज तथा सडकमा भएको क्षतिले यातायात सञ्चालनमा चुनौती थपिएको छ । टो...
यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन
राजनीति, विश्व, समाचार

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

नेपालअखबार,काठमाडौं । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाईले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आतिथ्यता दिएको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई) को आलोचना गरेका छन्। रेजाईले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा लेखिएको पोस्टमा यूएईको नाम नलिइकन भनेका छन्, ‘जसरी अमेरिकी सैन्य अखडाहरूलाई ठाउँ दिँदा तपाईंहरूले सुरक्षा पाउनुभएन, त्यसैगरी ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा पनि कुनै राम्रो नतिजा निस्कनेछैन।’ उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’ यूएईले हालै संयुक्त राष्ट्रसङ्घमा फेरि एकपटक इरानको आलोचना गर्दै तीनवटा टापुमा इरानले गरेको भनिएको कब्जाको मुद्दा उठाएको थियो। यी टापुहरूलाई लिएर इरान र यूएईबीच लामो समयदेखि विवाद रहँदै आएको छ।बीबीसीका अनुसार, पछिल्ला महिनाहर...
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी
राजनीति, समाचार

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी

नेपालअखबार,काठमाडौ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले ज्येष्ठ नागरिकलाई केवल संरक्षण र हेरचाहको विषयका रूपमा नभई ज्ञान, अनुभव, सीप र सामाजिक सम्पदाका रूपमा सम्मान गर्दै राष्ट्र निर्माणमा उहाँहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने बताएकी छन् । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले परिवार, समाज र राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै सुस्वास्थ्य, सुख, शान्ति तथा दीर्घ जीवनको शुभकामना व्यक्त गरेकी छन् । यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘दीर्घायुको युगः दीर्घ जीवनका लागि जीवन पद्धतिमा पुनर्विचार गरौँ’ भन्ने रहेको छ । मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा ...
सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा तथा कामकाजका लागि नयाँ निकायमा खटाएको छ। मन्त्रालयको असोज १४ गतेको निर्णयानुसार स्थानीय तह तथा विभिन्न मन्त्रालयहरूमा कार्यरत अधिकृतहरूको सरुवा र कामकाज हेरफेर गरिएको हो। यस्तो छ सरुवा तथा काज हेरफेरकाे सूची :...
चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण
कृषि, समाचार, समाज

चास्नीबाट एक सय छ घार मौरीमा सङ्क्रमण

नेपालअखबार, चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा पालिएका मौरीलाई चिनीको चास्नीबाट १०६ घार मौरीमा सङ्क्रमण देखिएको छ । कालिका –६ का जङ्गबहादुर पुनले पालेकाे १६६ घारमध्ये ती घारमा चास्नी खुवाउँदा सङ्क्रमण देखिएको हो । उाका अनुसार यही असोज १२ गते साँझ ती मौरीलाई चास्नी दिइएको थियो । एक बोरा चिनी चार भाँडोमा राखेर चास्नी दिइएको थियो । उनले भने, “पहिलेको जस्तैगरी चास्नी दिएको थिएँ । १३ गते बिहान जाँदा मौरी मरेको देखेँ ।” अहिले चिनी दिएका मौरी मर्ने, झोक्राउने गर्न थालेको उनले बताए । सातामा एक दिन यतिबेला चास्नी दिने गरेकामा १२ गते दिइएको चास्नी समस्या देखिएको उनले बताए । अघिल्लो दिन चास्नी दिइएकामा भोलिपल्ट मौरीमा सङ्क्रमण फैलिएको उनले जानकारी दिए । पछिल्लो समय विषादीको जोखिम बढ्न थालेको उनले बताए । विसं २०७२ देखि मौरीपालन गर्दै आएका पुनका घारमा २०७४ सालमा पनि यस्तै सङ्क्रमण देखिएर २...
आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने
प्रशासन, समाचार, समाज

आज दिउँसो १ बजेदेखि पृथ्वी राजमार्गमा सबै किसिमका सवारी साधन सञ्चालन हुने

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गमा आजदेखि सवै किसिमका सवारी साधन सञ्चालन हुने भएको छ। असोज ७ देखि भएको अविरल वर्षापछि विभिन्न स्थानमा पहिरो तथा सडक भासिएपछि अवरूद्ध राजमार्ग आजदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले मंगलबार बेलुकी सूचना जारी गर्दै थप पहिरो नखसे बुधबार दिउँसो १ बजेदेखि सबै किसिमका सवारी साधन सञ्चालन हुने जानकारी दिएकी छन्। यसअघि पहिरोका कारण विभिन्न ठाउँमा सवारी आवागमन एकतर्फी सञ्चालनमा थियो। 'पहिरो लगायतका अवरोधहरू हटाउने काम भइरहेको र हाल एकतर्फी मात्रै सवारी आवागमन सुचारू भएकामा थप पहिरो/अवरोध नआए मिति २०८३/०६/१४ गते बुधबार अपराह्न १ बजेदेखि पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारी साधन पूर्ण रूपमा सञ्चालनमा आउने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,' प्रजिअ पाण्डेयले जारी गरेको सूचन...
काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार
प्रशासन, समाचार

काठमाडौंमा हिउँदयामको बिजुली व्यवस्थापनमा जुट्यो सरकार

नेपालअखबार, काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेर ४३० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ । बाढीले त्रिशूली करिडोरबाट काठमाडौंको बालाजु र चपलीमा आउने बिजुली रोकिएपछि वैकल्पिक व्यवस्थापनको गृहकार्य अगाडि बढाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अधिकारीले बताएका छन् । भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको प्रवक्ता मोहनकुमार शाक्यले बताए । उनकाअनुसार नेपाल विद्युत प्राधिकरणले टास्क फोर्स बनाएरै काम गरिरहेको छ । थप भूमिगत ग्रिड निर्माणका लागि काठमाडौं महानगरपालिकासँग छलफल मन्त्रालयले मंगलबार सडक विभाग र काठमाडौं महानगरपालिकासँग थप भूमिगत ग्...