Monday, September 7

Blog

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन
राजनीति, समाचार

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री बालेन

नेपालअखबार,पोखरा । प्रधानमन्त्री बालेन शाह कास्कीको माच्छापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगेका छन् । उनी आज पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो ३ बजे रिसोर्ट पुगेका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, उनी पूर्णत: पारिवारिक भ्रमणका लागि त्यसतर्फ गएका हुन् । उनी आज सोही रिसोर्टमा बस्नेछन् भने भोलि त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका छ ।...
कानुन बनाएर मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग
राजनीति, समाचार

कानुन बनाएर मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्ने व्यवस्था गर्न माग

नेपालअखबार,काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले मन्त्रीले एक जना मात्रै स्वकीय सचिव राख्न पाउने गरी ऐन बनाउन माग गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा शून्य समयमा बोल्दै उनले यस्तो माग राखेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले आफू सरकारमा नहुँदा मन्त्रीको स्वकीय सचिवालयको संख्या कटौती गर्ने प्रस्ताव राखेको बताए । तर, अहिले रास्वपा नेतृत्वको सरकारका मन्त्रीले दर्जनौं स्वकीय सचिवालय राखेर चलाइराखेको बताए । ‘यो राज्यको दोहन र साधन/स्रोतको दुरुपयोग हो,’ उनले भने, ‘यसबारे कानुन बनाएरै व्यवस्थित गर्नुपर्छ ।’उनले दर्जनौं रहेका स्वकीय सचिवालय, स्वकीय सचिवहरू, सल्लाहकार कटौती गरेर मन्त्रीलाई एक जना मात्रै स्वकीय सचिव रहने व्यवस्था गर्न उनले माग गरे ।...
बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित
राजनीति, विश्व, समाचार

बंगलादेशको राष्ट्रपतिमा मिर्जा आलमगीर निर्वाचित

नेपालअखबार,काठमाडौं । बंगलादेशको संसद्‍ले मिर्जा फखरुल इस्लाम आलमगीरलाई देशको नयाँ राष्ट्रपति चयन गरेको छ। करिब ३५ वर्षपछि बंगलादेशमा २३औँ राष्ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानमार्फत भएको थियो । सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का तर्फबाट उम्मेदवार बनेका मिर्जा फखरुल इस्लाम आलमगीर २५५ मत प्राप्त गर्दै राष्ट्रपति निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी उम्मेदवार अवकाशप्राप्त कर्णेल ओली अहमदले ८८ मत पाए । राष्ट्रपति चुनिएका आलमगीर सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टीका नेता हुन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाका प्रमुख विरोधीमध्ये एक रहँदै आएका छन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनपछि शेख हसिनालाई सत्ताबाट हटाइएको थियो । शेख हसिना अहिले भारतमा बस्दै आएकी छन् । बंगलादेशले भारतसँग उनको प्रत्यर्पण गर्न माग गरेको छ । आलमगीरले कठिन समयमा बीएनपीको नेतृत्व गर्न महत...
वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार
प्रशासन, समाचार, समाज

वीरगन्ज बाल सुधार गृहबाट एकजना फरार

नेपालअखबार, वीरगन्ज । वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य उजागर भएको छ । झ्यालबाट हाम फालेर युवक बाल सुधार गृहबाट फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । मंगलबार बिहान साढे ५ बजेतिर १७ वर्षीय "क" नाम गरेको युवक फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए । उनका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिको झ्यालबाट १७ वर्षीय युवक फरार भएका हुन । लागु औषध अभियोगमा उनी अदालतको फैसला बमोजिम बाल सुधार गृहमा पुगेको प्रहरीले जानकारी दिएको छ । करिब एक साता अगाडि मात्रै अदालतको फैसलापछि उनलाई सुधार गृहको हिरासतमा राखिएको थियो ।  सर्लाही सर्लाही गडौता नगरपालिका घर भएका ती युवकलाई फरार भए लगत्तै खोजबिन सुरु गरिएको प्रहरीले जनाएको छ । तर अझैसम्म फेला पार्न नसकिएको पर्सा प्रह...
आतंकवाद पीडितको अधिकार र संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवस मनाइँदै
विश्व, समाचार, समाज

आतंकवाद पीडितको अधिकार र संरक्षणमा जोड दिँदै अन्तर्राष्ट्रिय दिवस मनाइँदै

नेपालअखबार,काठमाडौं । आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तरराष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासभाले आतंकवादका पीडित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगष्ट २१ मा यो दिवस मनाउने निर्णय गरेको हो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महासभाको प्रस्तावअनुसार सन् २०२० मा सार्वजनिक गरेको प्रतिवेदनमा आतंकवादका पीडितलाई सहयोग गर्न अन्तरराष्ट्रिय सहकार्य अभिवृद्धिमा जोड दिइएको छ । संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी आतंकवाद विरोधी रणनीतिको द्विवार्षिक समीक्षाका क्रममा सदस्य राष्ट्रहरूले आतंकवादविरुद्धको प्रयास, हिंसात्...
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
राजनीति, समाचार

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै छ।  पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बिहान ११:०० बजे बैठक आयोजना गरिएको हो।बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।...
फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ
प्रशासन, समाचार, समाज

फेसबुकमा बन्दुकको फोटो हालेपछि दुई जना पक्राउ

नेपालअखबार, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–६ नयाँसाँघुबाट फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने र बिनालाइसेन्स भरुवा बन्दुक राख्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। भीमसेनथापा गाउँपालिका–२ सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१ खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनारले आफ्नो फेसबुक आईडीमार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेपछि उनी पक्राउ परेका हुन्।प्रेम सुनारलाई लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउने क्रममा उक्त हतियार पालुङटार नगरपालिका–१ खोप्लाङ बस्ने ३३ वर्षीय विष्णु सुनारको भएको खुलेको थियो। त्यसपछि प्रहरीले विष्णुलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।...
झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु
समाचार, समाज, स्वास्थ्य

झापामा जापानिज इन्सेफ्लाइटिसबाट ६ जनाको मृत्यु

नेपालअखबार,झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको जेई सङ्क्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो । यससँगै जिल्लामा जेई सङ्क्रमितको सङ्ख्या ११ पुगेको छ । हालसम्म चार महिला र दुई पुरुषको मृत्यु भइसकेको छ । उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढाइनका साथै स्वास्थ्यकर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भएको उनले जानकारी दिए ।...
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
राजनीति, समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

नेपालअखबार,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्दै छ । वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको छ । महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ । उनका अनुसार पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ । यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ । योजना, कार्यक्रम त...
पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो
समाचार, समाज

पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

नेपालअखबार,बाजुरा । गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले ५७ वर्षीय पूर्णिमल बोहरा र ३८ वर्षीया बुदी बोहराको तीनतले घर पूर्ण रूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेशबहादुर शाहीका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन् । आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले १४ घरका ११५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । उनीहरूलाई अस्थायी टहरामा सारिएको छ । पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी छ । यसैबीच, गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिँदै उनीहरूको सहयोगमा जुट्न स्थानीय सामाजिक सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।...