Wednesday, July 29

Blog

गोबिन्दा हुन् यति अर्बका मालिक, यत्तिकै भनिएको होइन बलिउडको ‘हिरो नम्बर वान’
मनोरञ्जन

गोबिन्दा हुन् यति अर्बका मालिक, यत्तिकै भनिएको होइन बलिउडको ‘हिरो नम्बर वान’

नेपाल अखबार,  एजेन्सि।   गोबिन्दा हिन्दी मनोरञ्जन उद्योगका चर्चित अभिनेतामध्येका एक हुन् । भारतीय एक अनलाइन पोर्टलको रिपोर्ट अनुसार सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २० मिलियन डलर अर्थात् २ अर्ब ४१ करोड रुपैयाँ आँकलन गरिएको छ । गोबिन्दाले ब्रान्ड एन्डोर्समेन्ट (विज्ञापन) मार्फत् अत्यधिक कमाई गर्ने गर्छन् । गोबिन्दाको नामबाट चर्चित गोबिन्दा आहूजाले ९० को दशकमा आफ्नो सदाबहार अभिनयबाट बलिउडमा राज गरे । गोबिन्दाले सन् १९८६ मा इल्जाम नामको फिल्मबाट बलिउडमा आफ्नो सुरुवात गरे । त्यतिबेलादेखि गोबिन्दाले एउटा लामो यात्रा तय गरेका छन् । सन् २०२० मा गोबिन्दाको कूल सम्पत्ति २ अर्ब बढी छ । गोबिन्दालाई उनको उत्कृष्ट कमिक भूमिका र पेप्पी डान्सका लागि चिनिन्छ । ‘इल्जाम’ पछि गोबिन्दाले ‘लभ’, ‘हत्या’, ‘जिते है शान से’, ‘हम जैसी’ लगायतका थुप्रै फिल्ममा अभिनय गरे । यी सबैलाई प्रशंसकले अत्यधिक रुचाए । गोबिन्...
नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
अर्थ, कृषि, विदेश, समाचार

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै

नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् । सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु
समाचार, समाज

भोजपुरमा आगलागी, तीन वर्षीया बालिकाको मृत्यु

नेपाल अखबार, भोजपुर । भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनको तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा बालिकाको स्वास्थ्य अवस्था झन गम्भीर भएपछि तत्काल जिल्ला अस्पताल धनकुटामा उपचारका लागि लगिएकोमा राति मृत्यु भएको प्रहरीको भनाइ छ । विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी हुँदा घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जलेर करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको हो । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको थियो । रासस...
आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य
मनोरञ्जन

आमिर खानसँग फिल्म खेलिसकेका जावेद तरकारी बेच्न बाध्य

नेपाल अखबार, एजेन्सि। ८० र ९० को दशकको फिल्ममा बाल कलाकारको रुपमा काम गरिसकेका नायक जावेद हैदरलाई लकडाउनले अत्यधिक पिरोलेको छ । काम नपाएका कारण जावेद तरकारी बेच्न बाध्य भएका छन् । जावेदको स्थितीबारे त्यतिबेला थाहा भयो जब डली बिन्द्राले उनको भिडियो आफ्नो ट्वीटर ह्यान्डलमा सेयर गरे । टिकटकमा बनेको यो भिडियोमा जावेद गीत बजाउँदै, लिपसिङ गर्दै, तरकारी बेचिरहेको देखिएका छन् । थुप्रै कलाकार जुधिरहेका छन्ः जावेद यस्ता पहिलो अभिनेता होइनन् जसलाई लकडाउनले अत्यधिक प्रभावित पारेको छ । यसअघि राजेश करीरले पनि एक भावुक भिडियो सेयर गर्दै मद्दत मागेका थिए । भिडियो भाइरल हुनेबित्तिकै राजेशले आर्थिक मद्दत पाउन थालेका थिए । बाल कलाकारको रुपमा फिल्म बाप नम्बरी बेटा दस नम्बरीमा कादर खानका छोराको रुपमा पनि उनी देखेका थिए । यसबाहेक उनलाई आमिर खानको फिल्म गुलाम र बाबरमा पनि देखिएको थियो । टिभी शो जीनी और जूजू, ला...
पोखरामा रोपाइँ महोत्सव भएन
कृषि, समाज

पोखरामा रोपाइँ महोत्सव भएन

नेपाल अखबार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्न ’ सुरू भयाे । यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्‍यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा आवद्ध छन् । असार १५ को संस्कृतिसँग जोडेर विभिन्न इभेन्ट राख्न सकियो भने यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्छ भनेर रोपाइँ महोत्सव गर्ने परिकल्पना गरेका थियौं,’ परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले भने, ‘पछिपछि रोपाइँ महोत्सव यसरी ब्रान्डिङ हुँदै जान थाल्यो कि पर्यटकहरु यसकै लागि भनेर आउन थाले ।’ संस्कृति र प्रकृतिलाई जोड्न सकियो भने थप पर्यटक आउँछन् भन्ने विश्वासमा पहिलो पटक बिरौटा फाँटदेखि रोपाईं महोत्सव सुरु भएको थियो । ...
कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसको महामारीका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । गत वर्षको अन्त्यमा चीनमा पहिलोपटक देखिएको भाइरसका कारण विश्वभर संक्रमित हुने संख्या १ करोड नाघिसकेको छ । यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । तर, पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ । विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् । लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अमेरिकापछि ब्राजिलमा सर्वाधिक ...
कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु
समाचार

कैलालीमा भैंसीले हानेर बृद्धाको मृत्यु

नेपाल अखबार, कैलाली । कैलालीमा भैसीले हानेर एक बृद्धाको मृत्यु भएको छ । जिल्लाको धनगढी उप–महानगरपालिकाको वडा नम्बर १५ कनरीमा भैसीले हान्दा आइतबार स्थानीय ९० वर्षीया लक्ष्मीदेवी भण्डारीको मृत्यु भएको हो ।भैसीले हान्दा गम्भिर घाइते भएकी भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कैलालीमा प्रवक्ता डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।...
प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए
प्रदेश १, समाचार, स्वास्थ्य

प्रदेश १ मा २७ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, विराटनगर । प्रदेश १ मा आइतबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार ७ जना महिला र २० पुरुषसहित २७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा मोरङको सुनवर्षी नगरपालिकामा एक जना महिलासहित १७ जना रहेको छन् ।नगरपालिकाका जनस्वास्थ्य अधिकृत किशोर मण्डलका अनुसार संक्रमण पुष्टि भएकाहरु भारतबाट आएर गान्धी आश्रम क्वारेन्टिनमा बस्दै आइरहेका थिए । योसँगै मोरङमा कोरोना संक्रमितको संख्या १५२ पुगेको छ । यसैगरी झापाको हल्दीबारीमा २ जना महिला, उदयपुरको कटारीमा ३ जना महिलासहित ५ जना, त्रियुगा नगरपालिकामा एक जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार इलामको माई नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा एक/एक जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५६० पुगेको छ ।...
विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ
प्रशासन

विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ

नेपाल अखबार,  कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा नम्बर-७ का २५ वर्षीय सुवास जोशी छन् । त्यसैगरी त्रिवेणी –८ बाजुराका ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना-५ बझाङका ३० वर्षीय बबरजङ्ग सिंह रहेको प्रहरीले जनाएको छ । जोशी अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष भएको, रावल धनगढी उपमहानगरपालिकाका इन्चार्ज भएको र सिंह पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य रहेको प्रहरीले बताएको छ । विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्य ज्यान, हातहतियार तथा खरख...
सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ पुरस्कार
प्रदेश ७, समाचार

सुदूरपश्चिममा एक किलो सलह समाते २५ रुपैयाँ पुरस्कार

नेपाल अखबार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सलह किरा मारेर ल्याउने व्यक्तिलाई प्रति किलो २५ रुपैयाँ दरले पैसा दिने निर्णय गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्र प्रसाद शर्माले आइतबार यस्तो निर्णय गरिएको बताए । ‘अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा सहलको प्रभाव परेको छैन’ उनले भने ‘यदि त्यो आएमा मारेर ल्याउनेलाई प्रति किलो २५ रुपैयाँ दिने निर्णय गरेका छौँ ।’ मन्त्रालयले कृषि विकास निर्देशनालयको नेतृत्वमा तीव्र उद्धार समिति समेत गठन गरेको छ । उक्त समितिको सिफारिसमा सलह मारेर ल्याएमा प्रति किलो २५ रुपैयाँ दिने निर्णय भएको प्रवक्ता शर्माले बताए । ‘हामीले २० देखि ३० रुपैयाँसम्म तोक्न सिफारिस गरेका थियौं’ उनले भने, ‘मन्त्रालयले २५ रुपैयाँ दिने निर्णय गर्‍यो ।’ आइतबार नै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहलाई रकम उपलब्ध गराउन निर्देशन गराइने प्रवक्ता शर्माल...