Sunday, July 26

Blog

नेकपाले गरेको निर्णयको मधेसमा विरोध
प्रदेश २, राजनीति

नेकपाले गरेको निर्णयको मधेसमा विरोध

नेपाल अखबार, जनकपुर । विदेशी नागरिक बुहारी बनेर भित्रिएको ७ वर्षपछि नेपाली नागरिकता दिने निर्णयको तराई मधेशमा विरोध सुरु भएको छ । सत्तारुढ दल नेकपाले नेपाली पुरुषसँग विदेशी महिलाले विवाह गरेको ७ वर्षपछि मात्र अंगिकृत नागरिकता दिन सकिने निर्णय गरेलगत्तै प्रदेश २ को प्रदेशसभामा यसको विरोध भएको हो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथि छलफल जारी रहेका बेला नेकपा सचिवालयले विवाह गरेको ७ वर्षपछि मात्रै विदेशी महिलालाई वैवाहिक अंगिकृत नागरिकता दिने निर्णय गरेको छ । सत्तारुढ राजपा नेपालका प्रदेशसभा सदस्य मनिष सुमनले मधेशी र भारतलाई लक्षित गरेर यसप्रकारको व्यवस्था गर्न लागिएको भन्दै आक्रोश पोखे । उनले भने– ‘यदि यो व्यवस्था लागू गरिए प्रदेश २ र प्रदेश नम्बर ५ का स्थानीय वासिन्दालाई असर पर्छ । यो निर्णयले भारतसँगको वैवाहिक तथा साँस्कृतिक सम्बन्धमा असर पर्ने भएकाले समय...
कुन जिल्लामा कति सङ्क्रमित थपिए ?
समाचार, स्वास्थ्य

कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

नेपाल अखबार, काठमाडाैं । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८÷१८ तथा पाल्पा र रुपन्देहीमा १७÷१७ जना सङ्क्रमित थपिएका छन् । यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ÷आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात÷सात, बारा र दाङमा चार÷चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक÷एकजना थपिएका छन् । आज ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०० बढी सङ्क्रमित हुनेको जिल्लाको ...
पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध
दुर्घटना

पहिरोले बेँसीशहर चामे सडक अवरुद्ध

नेपाल अखबार, लमजुङ । लमजुङ मनाङ जोड्ने बेँसीशहर चामे सडक पहिरोले अवरुद्ध भएको छ । गएरातिदेखिको अविरल वर्षाले जिल्लाको उत्तरी भेग मस्र्याङ्दी गाउँपालिका स्थित स्याँगे र मनाङस्थित नासों गाउँपालिकाको तालमा पर्ने सडक माथिबाट आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । सडकखण्ड अन्तर्गत स्याँगे र तालमा गरी दुई स्थानमा सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय तनहुँका सवइञ्जिनियर सुमन अधिकारीले बताए । उनले सडक खुलाउन दुवै स्थानमा एक्साभेक्टर लैजाने तयारीमा रहेको बताए ।  बेँसीशहर चामे ६५ किलोमिटर सडकमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्दछ । रासस...
काठमाडौँ उपत्यकामा आज पनि देखियो कोरोना, ८ महिला संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँ उपत्यकामा आज पनि देखियो कोरोना, ८ महिला संक्रमित

नेपाल अखबार, काठमाडाैं । देशभर कोरोना संक्रमण महामारी बढीरहेको बेला काठमाडौँ उपत्यकामा पनि संक्रमितकाे संख्या बढ्न थालेकाे छ। पछिल्लो समय देशभरका अन्य क्षेत्रको तुलनामा काठमाडौँमा कम संक्रमित देखिए पनि पछिल्लो समय यो संख्या बढ्दै गएको हो। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँकी एक महिला र भक्तपुरका ७ जना महिलामा कोरोना पुष्टि भएको बताए। शनिबार देशभर गरेर ३३१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १५ सय ७८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।...
तनहुँमा खोलाले बगाएर बेपत्ता युवक पाँच दिनपछि मृत भेटिए
समाचार

तनहुँमा खोलाले बगाएर बेपत्ता युवक पाँच दिनपछि मृत भेटिए

नेपाल अखबार,तनहुँ । गत सोमबार शुक्लागण्डकी– ९ मा पर्ने सुरौदी खोला तर्ने क्रममा बगाएर बेपत्ता भएका युवक मृतावस्थामा फेला परेका छन्। खोटाङ जिल्ला घर भई हाल शुक्लागण्डकी– ८ मा दिदीभिनाजुसँगै बसेर ज्यालादारी मजदूरी गर्दै आएका १७ वर्षीय रामबहादुर राईलाई खोलाले बगाएको थियो। शनिबार बिहान शुक्लागण्डकी – ४ र ८ का बीचमा पर्ने सेती पुलमुनि तैरिरहेका अवस्थामा देखेपछि प्रहरीको सहयोगमा शव बाहिर निकाल्न सफल भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए। शव परीक्षणका लागि दमौली पठाउने तयारी भइरहेको उनले बताए। रासस...
थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो
समाचार, स्वास्थ्य

थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो

नेपाल अखबार, काठमाडाै। नेपालमा पछिल्लो २४ घण्टामा ३३१ जना कोरोना संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३३१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए। जसमा ४९ महिला र २८२ पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ। जसमा ७५६ महिला र पुरुष ७ हजार ८४९ रहेका छन्।...
कोरोनाकाे प्रभाव : विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवाहरू
विश्व

कोरोनाकाे प्रभाव : विवाहलाई एक वर्ष पछि सार्दै इटालीका अधिकांश युवाहरू

नेपाल अखबार, एजेन्सि ।   कोरोना भाइरस महामारी नभएकोभए यसै वर्षको जुन (आगामी) हप्ता आफ्नो केटा साथी सोनी कासिमिरीसँग विवाह गर्ने सोँच बनाएकी इटालीकी इलारिया कपुक्सिनोले आफ्नो विवाहलाई एक वर्ष पछि सार्ने विचार गरेकी छन् । इटालीमा कोरोनाभाइरसकोे महामारीसँगै आफूहरूले विवाहलाई एक वर्ष पछि गर्ने निष्कर्षमा पुगेकोे कपुसिओनीले बताइन् । “हामी विवाह गर्न उत्साहित छौं तर महामारीका कारण साथीहरु र परिवारका सदस्यहरुको स्वास्थ्य र सुरक्षाको लागि पर्खनुपर्ने सबैभन्दा राम्रो सोच देखियोे,” ३२ वर्षीय कपुसिओनीले सिन्ह्वासँगको कुराकानीमा भनिन् ।  हुनत यसका पछाडि धेरै कुरा छन् । कासिमिरी, ३३–वर्षीय, यस कुरामा सहमति नजनाउने कुरै भएन सँगै जीवन जीउने कसम खाएका उनीहरूबीच एक वर्ष पर्खिनलाई सहमति भयो । “हामीले आशावादी बन्दै महामारी अन्त्यका लागि पर्खियो तर महामारी लम्बिएपछि हामीलाई लाग्यो कि हामीसँग कुनै विकल्प छै...
नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ
प्रशासन, समाचार

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

नेपाल अखबार, रूकुम। नाबालिकालाई करणी प्रयासको आरोपम  एक व्यक्ति पक्राउ परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । रासस...
दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए
समाचार

दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए

नेपाल अखबार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्।  यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं  शनिबार बिहान काठमाडौं उत्रिएका हुन् । नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्। यो उडानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको थियो । यसअघि एनआरएनए कोरियाले उद्वार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्द भएको थियो । ‍नेपालस्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरियास्थित केएमइ कोअपरेट...
भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा
विश्व

भारतमा सङ्क्रमितको सङ्ख्या तीन लाख ९६ हजार नाघ्यो, देहरादूनमा ४८ घण्टे लकडाउनको घोषणा

नेपाल अखबार, एजेन्सि।  भारत सरकार संघीय स्वास्थ्य मन्त्रालयका भारतमा शनिबारसम्म तीन लाख ९६ हजार १८२ जनालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । भारतभर सङ्क्रमितमध्ये १२ हजार ९७० व्यक्तिको मृत्यु भएको छ । भारतमा निको भएर घर फर्किने सङ्क्रमितको सङ्ख्या दुई लाख १४ हजार २०९ रहेको छ । अझै उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख ६९ हजार तीन रहेको छ । यसैबीच कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढेसँगै भारतको उत्तराखण्ड राज्यले देहरादून शहरमा ४८ घण्टा (दुई दिन) लामो बन्दाबन्दी (लकडाउन) गर्ने घोषणा गरेको छ । देहरादून शहरका प्रहरी उपरिक्षक स्वेता चोबेले बन्दाबन्दीको निर्णय पुष्टि गर्दै भने, “दहरादूनमा बन्दाबन्दी शुक्रबार साँझदेखि शुरू भई सोमबार बिहान ७ बजेसम्म कायम रहनेछ । उउनले भने, देहरादूनमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि सङ्क्रमण रोकथाम र नियन्त्रणका साथै विरामीको व्यवस्थापनका लागि रा...