Saturday, July 25

Blog

मालपोत कार्यालय कास्कीका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा
समाचार

मालपोत कार्यालय कास्कीका नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपाल अखबार, काठमाडौं । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दिपक सुवेदीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । जग्गा रोक्का गर्ने कार्यमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध आइतबार मुद्दा दायर गरेको हो ।अनुसन्धानको क्रममा सुवेदीले बैङ्कबाट कर्जा निकाल्ने प्रयोजका लागि जमिन रोक्का गर्ने कार्य सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग तीन हजार रुपैयाँ घुस लिएको माग दाबीसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।...
नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित)
समाचार, स्वास्थ्य

नेपालमा आज कहाँ कति भेटिए कोरोना संक्रमित ? (तथ्यांकसहित)

नेपाल अखबार, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गुल्मीको घुर्कोटका ३६ वर्षीय पुरुषको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भारतबाट आएका ती पुरुषको जेठ १२ गते रुपन्देहीमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचाररत उनको जेठ ३१ गते आइसोलेसनमै मृत्यु भएको हो । उनी क्यान्सरका विरामी भएको प्रवक्ता गौतमले बताए ।आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । आइतबार ४ सय २५ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको हो । प्रवक्ता डा.गौतमकाअनुसार विराटनगरमा भएको परीक्षणमा २७ जना, कोसी अस्पताल विराटनगर १० जना, नारायणी अस्पताल विरगञ्जमा ३४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा २ ज...
अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने
प्रशासन, स्वास्थ्य, हाइलाइट-समाचार

अब निजी ल्याबले पनि कोरोना परीक्षण गर्ने, खर्च सरकारले व्यहोर्ने

नेपाल अखबार, काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिई लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने । यसरी जाँच गर्दा लाग्ने खर्च सरकारले व्यहोर्नेछ । सरकारले कोरोना परीक्षणका लागि देशका २० भन्दा  बढी ठाउँमा प्रयोगशालाको व्यवस्था गरेको छ । तर सरकारी मापदण्डअनुसार नै कोरोना परीक्षण गर्नुपर्ने नागरिक धेरै भएपछि ती प्रयोगशालाको क्षमता भन्दा बढी नमुना स‌ंकलन भएका छन् । नमुना धेरै स‌ंकलन हुँदा परीक्षणको नतिजा आउन एक हप्ताभन्दा बढी समय लाग्न था...
 पोखरामा एक युवक मृत अवस्थामा फेला
समाचार

 पोखरामा एक युवक मृत अवस्थामा फेला

नेपाल अखबार, पोखरा । पोखरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका-२९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत फेला परेको गण्डकी प्रदेश  प्रहरी कार्यालय पोखराले  जनाएको छ । रसाइलीको शव आइतबार  पोखरा -३२ स्थित  सेती नदिको बिचमा  फेला परेको कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए  । शनिवार रातको करिव  ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर पोखरा -३३ बाघमारा चौरमा  हिडेका उनी आइतबार  बिहान ७:१० बजे मृत भेटिएका हुन् । पार्टी दिन गएका युवक हराएको भनि आइतवार बिहान ३:३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास थालेको थियो । प्रहरीले  रसाइलीसँगै गएका ४ जना साथीहरुसँग  सोधपुछ गरी अनुसन्धान भइरहेको जनाएको  छ ।...
सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो
दुर्घटना

सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो

नेपाल अखबार, सोलुखुम्बु । सोलुखुम्बुको खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ । सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले ट्रक बगाएको हो । बिग्रिएर पार्किङ गरी राखिएको बा ३ क ३५५६ नं.को ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो । ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रक धनीको खोजी भइरहेको सोलुखुम्बु प...
कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै
विश्व, स्वास्थ्य

कोरोनाले निम्त्याएको पीडाका १० तस्बिर जसमा स्थान फरक छन् तर भावना उस्तै

नेपाल अखबार, एजेन्सि। कोरोनाभाइरसका कारण ज्यान गुमाउने आफन्तले चाहँदा चाहँदै पनि आफ्ना प्रियजनलाई अन्तिम विदाई दिन नसक्ने अवस्था छ । स्थिती यस्तो छ कि न त उनीहरुले आफन्तलाई अन्तिम दर्शन गर्न सक्छन् न राम्रोसँग अन्तिम संस्कार नै । कोरोनाका कारण संसारभरी ४ लाख ३२ हजार बढीले ज्यान गुमाइसकेका छन् । यसका कारण संसारभरी शव गाड्ने स्थानको कमी भइरहेको छ । ल्याटिन अमेरिकी देश ब्राजिलको स्थिती पनि त्यस्तै छ । यहाँको शहर साओ पाउलोमा तीन वर्ष पुरानो चिहान खनेर हड्डी निकालिनेछ र नयाँ शव गाडिनेछ । संसारभरीबाट लिइएका अन्तिम बिदाईका १० तस्बिर जसले बताउँछ कि आफन्त गुमाउनुको पीडा संसारभरी उस्तै छ । ‘कोभिड–१९ चिहान’ सन् २०२० जून ७ मा खिचिएको यो तस्बिर त्रिनिदादको हो । यहाँ यस्तो चिहान पनि छ जहाँ कोभिड–१९ का कारण ज्यान गुमाएकाहरुलाई गाडिन्छ । यसलाई ‘कोभिड–१९ चिहान’ नाम दिइएको छ । आफन्तको बिदाईको अन्तिम समयमा...
भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित
विश्व, स्वास्थ्य

भारतमा पहिलो पटक देखिए एकैदिन १२ हजार बढी संक्रमित

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना संक्रमितको संख्या ३ लाख २१ हजार ६ सय २६ पुगेको छ । शनिबार एकैदिन यहाँ सबैभन्दा धेरै १२ हजार ३१ संक्रमित फेला परेका थिए । यसअघि लगातार तीन दिनसम्म ११ हजार बढी संक्रमित भेटिएका छन् । यो आँकडा कोभिढ१९इन्डिया डट ओआरजी अनुसार हो । कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वरिष्ठ मन्त्री तथा अधिकारीसँग समीक्षा बैठकको आयोजना गरेका छन् । यतिबेला महाराष्टङ र दिल्लीसमेत सबै राज्य–केन्द्र शासित प्रदेशको स्थितीबारे चर्चा भयो । मोदीले १६ र १७ जूनमा छैटौं पटक सबै मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्सिङ पनि गर्नेछन् । छलफलपछि प्रधानमन्त्रीले देशमा कोरोनाका दुई तिहाई संक्रमित पाँच जिल्लामा भएको बताए । उनका अनुसार ठूला शहरमा धेरै संक्रमण फैलिरहेको छ । यहाँ कोारेनासँग जुध्नका लागि परीक्षण, बेडको संख्या र अत्यावश्यक सेवा बढाउनेबारे चर्चा भयो ।...
निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क
दुर्घटना

निरन्तरको वर्षाले चुनबाङमा बग्यो बसपार्क

नेपाल अखबार, रूकुम। निरन्तर परेको वर्षाका कारण रुकुम (पूर्व), भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङमा लाखौंको क्षति भएको छ । लाखर खोलामा बाढी आउँदा रु २५ लाखदेखि रु ३० लाखसम्मको क्षति भएको छ । बाढीबाट खोलाको स्वरुप नै परिवर्तन भएको छ । बाढीले चुनबाङको एक मात्र बसपार्क बगाएको छ । बसपार्क अहिले खोलामा परिणत भएको वडाध्यक्ष प्रवेश पुनले जानकारी दिए । उनका अनुसार खोलामा रहेका तीन काठेपुल, दुई  घट्ट र एउटा गुम्टी पसल बगेका छन् । लाखर खोलाको बाढीले भंँगेरी खोलामा रहेको एउटा पुल, गैरीगाउँ माथिल्लो बजार नजीकैको एउटा पुल र वडा कार्यालयसँगै जोडिएको अर्को पुल बगाएको वडाध्यक्ष पुनले बताए । स्थानीयवासी दलप्रसाद विक र गणेश पुनका एकएक घट्टका साथै खलबहादुर विकको गुम्टी पसल बगाएको हो । यस्तै एउटा सार्वजनिक शौचालय र एक सय मिटर सडक पनि बगाएको छ भने एउटा प्रतीक्षालय पूर्णरुपले क्षतिग्रस्त भएको छ । चुनबाङमा दाङबाट...
खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख
अर्थ, कृषि

खरबुजा फलाएर एउटै टोलले कमायो ५० लाख

नेपाल अखबार, झापा। झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे । यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैँले पनि रु १५ लाखको खरबुजा बिक्री गरेको बताए । हरेक घरले कम्तीमा रु एक लाख र बढीमा रु १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताए डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उनका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्ज...
पर्वतको कुश्मामा पहिरो : पाँचको मृत्यु, चार बेपत्ता
समाचार

पर्वतको कुश्मामा पहिरो : पाँचको मृत्यु, चार बेपत्ता

नेपाल अखबार, पर्वत । पर्वतको कुश्मा नगरपापिलका–३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार साँझ परेको भीषण वर्षासँगै बस्ती माथिबाट आएको पहिरोले पुरिएर पाँच जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर चार बेपत्ता भएका छन् । शनिबार साँझ करिब दुई घण्टासम्म परेको मुसलधारे वर्षापछि आएको पहिरोमा पुरिएका ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापाको शव फेला परेको हो । आज बिहान थप दुई जना दीपा थापा र कमला विकको शव फेला परेको हो । थापाको घरमा रहेका अन्य दुई र कमला विकको घरमा रहेका दुई जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा सम्राट थापा, विवेक थापा, जेनिस विक र प्रमिसा विक छन् । उनीहरुको स्काभेटर प्रयोग गरी खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । पहिरो गएलगत्तै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा खटिएका थिए । स्थानीयवासी र सु...