Friday, July 24

Blog

सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, भारतमै अन्त्येष्टि गरिने
समाचार, स्वास्थ्य

सुनौली नाकामा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि, भारतमै अन्त्येष्टि गरिने

नेपाल अखबार,  बुटवल । भातरबाट घर फर्कने क्रममा सुनौली नाकामा मृत्यु भएका नवलपरासी पश्चिम सुस्ताका ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको बेलहिया प्रहरी चौकीका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए । मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो,’ प्रहरी निरीक्षक अधिकारीले भने, ‘भारतमै गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको छ । शवको व्यवस्थापन पनि भारतीय पक्षले नै गर्ने कुरा आएको छ ।’ भातरको मुम्बईबाट मजदुरी गरी फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा उनको मृत्यु भएको थियो । उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए । सुनौली बजारमा बस्ने क्रममा बुधबार बिहान उनले अचानक वान्ता गरेका थिए । सोही क्रममा उनको मृत्यु भएको थियो ।...
लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, खुल्न पाउने र नपाउनेको सूचीसहित
समाचार, हाइलाइट-समाचार

लकडाउन खुकुलो पार्ने सरकारको निर्णय, खुल्न पाउने र नपाउनेको सूचीसहित

नेपाल अखबार, काठमाण्डौ । सरकारले ३ चरणमा लकडाउन खुकुलो बनाउदै लैजाने निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार राति सम्पन्न बैठकले उच्चस्तरीय समन्वय समितिको प्रस्तावअनुसार नै तीन चरणमा लकडाउन खुकुलो पार्ने निर्णय गरेको हो। सरकारले तय गरेको ३ चरण अन्तर्गत  पहिलो चरण आज बिहीबारबाट २१ दिनसम्म लागू हुनेछ।  त्यसपछि २१ दिनको  स्थिति हेरेर १५ दिनसम्म दोस्रो चरण र त्यसपछि पुनः १५ दिन तेस्रो चरण लागू हुनेछ। यसरी  ३  चरण पूरा भएपछि मात्र सरकारले थप  विश्लेषण गरी लकडाउन पूर्ण अन्त्य गरी सम्पूर्ण  सेवा तथा व्यवसाय खुला गर्नेछ। तीन चरणको  ५१ दिनको अवधिमा  संक्रमणको अवस्था अहिलेभन्दा नराम्रो भयो भने सरकारले  तालिका परिवर्तन गर्न सक्नेछ। मन्त्रिपरिषदबाट निर्णय भएको लकडाउन खुकुलो पार्ने कार्ययोजना यस्तो छ: लकडाउन जारी रहने सेवा तथा कार्यहरु : १) शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्...
बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने
अर्थ

बैङ्क तथा वित्तीय संस्थाहरू असार १ गतेदेखि पूर्ण रुपमा खुला हुने

नेपाल अखबार, काठमाडौं । अब बैङ्क तथा वित्तीय संस्थाहरूले पूर्ण रुपमा खुला हुने भएका छन् । नेपाल सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अब बैङ्क तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने जानकारी दिए । यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए भने अधिकांश जसो सहकारी संस्थाहरू बन्द थिए। अब भने बैङ्कका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाएको छ। तर विगतको जस्तो एउटै सिफ्टमा भने बैंकहरु चल्न पाउने छैनन् । सरकारले सरकारी तथा निजी कार्यालय र बै‌ंक, वित्तीय संस्थाका कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नु पर्ने बताएको छ । कोरोना महामारी रोकथामका लागि सुरक्षात्मक उपाय अपनाउन र कर्मचारीबीच दूरी कायम गर्न कार्यालय दुई सिफ्ट चलाउने निर्णय बुधबारको मन्त्रिपरि...
कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम
समाचार, हाइलाइट-समाचार

कार्यालय समय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म, कर्मचारीलाई २ सिफ्टमा काम

नेपाल अखबार, काठमाडौं । अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार अब पहिलो सिफ्ट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म चल्नेछ भने अर्को सिफ्ट दिउँसो १ बजेदेखि बेलुकी ६ बजेसम्म चल्नेछ । यो निर्णयले आर्थिक वर्षको अन्त्यमा हुने कामको चापलाई व्यवस्थापन गर्न सहयोग पुग्ने समेत उनको भनाई थियो ।...
‘प्रकृति मैत्री विकासलाई प्राथमिकता देऊ’
समाचार

‘प्रकृति मैत्री विकासलाई प्राथमिकता देऊ’

नेपाल अखबार,पोखरा । पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७÷०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा बुधबार भएको छलफलमा प्रकृतिको विनास हुने गरी गरिएको विकासले अनेक समस्या निम्त्याएको बताउँदै छलफलमा सहभागीले प्रकृति मैत्री दीगो विकासलाई प्राथमकिता दिन सुझाव दिएका छन् । उनीहरुले कोरोनाका रोकथाम, नियन्त्रण र उपचारलाई अझ प्रभावकारी बनाउँदै सोही अनुसार बजेट निर्माण गर्न आग्रह गरेका छन् । कोरोनाका कारण थला परेको पर्यटनलाई टिकाइ राख्न र यो विषम परिस्थितिमा कृषिलाई पनि प्राथमिकतामा राखेर योजना बनाउनु पर्ने उनीहरुले बताए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले दीर्घकालीन विकासलाई जोड दिएर महानगरपालिकाले बजेट निर्माण ग...
कोईराला फाउण्डेशन पर्साले रक्तदान
समाचार

कोईराला फाउण्डेशन पर्साले रक्तदान

इरफान अली, वीरगंज। वीरगंजमा रगत अभाव भए पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले अकास्मिक रक्तदानको आयोजना गरेको छ । समाजिक र्कायका लागि गिरिजा प्रसाद कोईराला फाउण्डेशनले रक्तदान र्कायक्रमको आयोजाना गरेको हो । ०७६ साल चैत्र ११ गते देखि नेपाल सरकारले देशभरी कोरोनाको कारण लकडाउन लागु गर्याे । सामान्य जनजीवन समेत प्रभावित भएको छ । मानिस अस्तित्व नै समाप्त पार्ने गरि आएको महामारीका कारण देशमा बन्दा बन्दि गर्याे । मानिस आवत जावतमा रोक समेत लागेपछि वरिगंज रक्त सञ्चार केन्द्रमा रगत अभाव हुन थाले पछि गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले रक्तदान र्कायक्रमको आयोजना गरेको हो । ऋायोजना गरिएको रक्तदान कार्यक्रममा १ महिला सहित १०२ जनाले रगत दिएका फाउण्डेशन पर्साका सदस्य मनोज राउत कुर्मीले जनाए । नेपाल सरकारले लागु गरेको बन्दाबन्दिका नियमानुसार गरिएको पर्सा फाउण्डेशन कोषाध्यक्ष मनोहर साहले बताए । य...
ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने
विदेश

ट्रम्पको चुनावी सभा यसै महिनाबाट शुरु हुने

नेपाल अखबार, एजेन्सि। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि राष्ट्रपतिको दोस्रो कार्यकालका लागि औपचारिक रुपमा प्रचारप्रसार शुरु गर्ने तयारी गरेका छन् ।  कोविड–१९ महामारी र एक अश्वेतको मृत्यु भएपछि अमेरिकाभर फैलिएको हिंसात्मक झडपका कारण राष्ट्रपतिका चुनावी कार्यक्रमहरु केही महिनादेखि स्थगित भएका छन् । राष्ट्रपति ट्रम्पको चुनावी अभियानका व्यवस्थापक ब्राड पास्र्कलले एक विज्ञप्ति प्रकाशन गरी चुनावी अभियानका लागि सबै तयारी पूरा भएको बताएका छन् ।  उनले राष्ट्रपति ट्रम्पका चुनावी सभाहरु व्यापक र विशाल प्रकृतिका हुने तथा तिनीहरु विपक्षी पार्टी डेमोक्र्याटका उम्मेदवार जो बाइडेनले सोचेभन्दा भिन्न हुने बताए । पछिल्ला चुनावी मतसर्वेक्षणमा राष्ट्रपति ट्रम्पभन्दा विपक्षी डेमोक्र्याट पार्टीका सम्भावित उम्मेदवार जो बाइडेन अगाडि देखिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेन विरुद्ध आक्रामक प्रचार अ...
तनहुँमा सवारी दुर्घटना हुँदा एक घाइते,एकको मृत्यु
समाचार

तनहुँमा सवारी दुर्घटना हुँदा एक घाइते,एकको मृत्यु

नेपाल अखबार, पोखरा  । तनहुँमा बुधवार  सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा दमौलीबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ त ४०२२ नम्बरको ट्याक्टर र सोही दिशाबाट जाँदै गरेको ग १८ प ३१५ नम्बरको स्कुटर तनहुँ ब्यास नगरपालिकाको तल्लो छिर्कनेमा  एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका स्कुटरमा सवार छिर्कनेका ९ बर्षीय बालक महेश सापकोटाको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । दुर्घटनामा १८ बर्षीय  मिलन सापकोट घाइते भएका छन् । दुवै चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
म्याग्दीमा पहिरोले पुरिदा ४ बर्षीया बालिकासहित २ को मृत्यु
समाचार

म्याग्दीमा पहिरोले पुरिदा ४ बर्षीया बालिकासहित २ को मृत्यु

नेपाल अखबार, पोखरा  । म्याग्दीमा पहिरोका कारण ४ बर्षीया बालिकासहित दुई जनाले ज्यान गुमाएका छन् । मंगलबार राति बर्षाका कारण पहिरो गइ ढुङगा माटोले बनेको जस्ताको छानो भएको कच्चि गोठ पुरिदा म्याग्दी रघुगंगा गाउँपालिका – ६ कोटगाँउका ४ वर्षीया सिम्रन छन्त्याल र ५० बर्षीया माया शेरपुञ्जाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोका कारण पुरिएका हजुरआमा र नातिनीको खोजि गर्ने क्रममा बुधवार दिउसो मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । पहिरोबाट गोठमा रहेको अन्नपात, भाडाबर्तन लगायत गोठ पूर्ण रुपमा क्षती भएको प्रहरीले जनाएको छ ।...
गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

गोरखाको भीमसेन थापा गाउँपालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकामा पोहिलो चोटि चार जनामा कोरोना पुष्टि भएको छ । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भेषराज खनालले जानकारी दिए । संक्रमित हुनेहरुमा एक महिला र तीजना पुरुष रहेका छन्। उनीहरु चारै जना भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेन्टिनका बस्दै आएका थिए। उनीहरु मध्य एक जना २८ वर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीन जना भारतबाट आएका हुन्। कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, वगुवा र अश्राङका वासिन्दा रहेका छन्। एक महिला र एक पुरुष अश्राङका, मसेल र वगुवा घर भएका एक-एक जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाले जनाएको छ। संक्रमित अश्राङका पुरुष होम क्वारेन्टाइनमा छन,भने अरु कनकामना आधारभुत विद्यालय मसेल,एकिकृत मिलनवस्ती वगुवा र चण्डेश्...