भारतबाट कर्णाली भित्रिनेको सङ्ख्या ४१ हजार नाघ्यो
नेपाल अखबार, सुर्खेत । रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका ४१ हजारभन्दा बढी नागरिक स्वदेश फर्केका छन् । वैशाख महिनासम्म दुई हजार ४०० नागरिक बबई नाकाबाट कर्णालीमा प्रवेश गरेकामा जेठ महिनामा त्यो सङ्ख्या १९औँ गुणाले बढेर आयो । जेठ ६ गतेदेखि दैनिक हजारौँ मान्छे आउने क्रम निर्वाध चलेपछि यो महिनाको २९ गतेसम्म ३८ हजार ७१२ नागरिक कर्णाली भित्रिएको कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले जानकारी दिए।
‘कर्णाली भित्रिनेमा सबैभन्दा बढी नागरिक दैलेखका करिब १४ हजार र दोस्रोमा सुर्खेतका ११ हजार २४२ नागरिक रहेका छन्’, उनले भने– ‘त्यस्तै, कालीकोटका पाँच हजार, जाजरकोटका तीन हजार ५२१, सल्यानका तीन हजार ५१८, रुकुमपश्चिमका एक हजार ४४७, मुगुका एक हजार ३५०, जुम्लाका एक हजार २५७ र हुम्लाका २७५ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’ डोल्पा जिल्लामा भने भारतबाट आउनेको ...
