Tuesday, July 21

Blog

चिसाे बढ्याे, हिमाली भेगमा हिमपात हुने सम्भावना
समाचार, समाज, हाइलाइट-समाचार

चिसाे बढ्याे, हिमाली भेगमा हिमपात हुने सम्भावना

नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ। यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी वायुबाट विकसित न्यून चापीय प्रणाली प्रवेश गरेको हो । यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना छ । बिहीबार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने मौसमविद्को अनुमान छ।...
गुम्बाबाटै चल्छ छेकमपारमा वडा कार्यालयको काम
प्रदेश, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

गुम्बाबाटै चल्छ छेकमपारमा वडा कार्यालयको काम

मोहसिन अलि मियाँ गोरखा । वडा कार्यालयको भवन नहुँदा चुमनुब्री गाउँपालिका ७ मा समस्या भएको छ । भएको भवन गत बर्षको हावाहुरीले उडाएपछि छेकमपारमा रहेको गुम्बाबाट कार्यालयले सेवा दिनुपर्ने बाध्यता छ । साविक छेकमपार ६ ल्हारमा रहेको वडा कार्यालय भवनमा अघिल्लो बर्षको हावाहुरीले पूर्ण क्षती पुरयाएपछि हाल चुम गुम्बाबाट वडा कार्यालयको काम चलाउनु परेको हो । ‘भएको भवन हावाले उडायो’ वडाध्यक्ष पासाङ फुञ्जो लामाले भने ‘के गर्ने भवन छैन भनेर सेवा रोक्ने कुरा भएन, अहिले गुम्बाबाट सेवा दिइरहेका छौ ।’ भूकम्पले भत्काएको साविकको गाविस भवनलाई पुनर्निमाण गर्न भन्दै छेकमपार पुगेको पिन नामक संस्थाले अघिल्लो बर्ष मात्रै वडा कार्यालय बनाइदिएको थियो । तर निर्माण भएकै बर्ष हुरीले छानोसंगै भवनमा क्षती पु¥याएपछि वडा कार्यालयको बिचल्ली परेको हो । ‘भवन बनाउन अरु संस्था पनि आएका थिए, पिन भन्ने संस्थाले हामी बनाइदिन्छौ भनेर ज...
पुस ३ गतेबाट ‘नेपाल आइडल’को तेस्रो सिजन
मनोरञ्जन

पुस ३ गतेबाट ‘नेपाल आइडल’को तेस्रो सिजन

सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल’को तेस्रो सिजनको मिति सार्वजनिक भएको छ । आगामी पुष ३ गतेबाट नेपाल आईडलको तेस्रो सिजनको प्रसारण सुरु हुने आयोजकको भनाई छ । तेस्रो सिजनको अडिसन राउन्डका सबै श्रृंखला छायांकन भइसकेको आयोजकले जनाएको छ ।  नेपाल आईडलको तेस्रो सिजनका लागि पनि निर्णायकका रुपमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी नै रहने छन् । यसअघिका दुई सिजनमा ‘सो’ को होस्ट गरेकी रिमा विश्वकर्मा भने यो सिजनमा देखिने छैनन् । उनी उनको ठाउँमा माम्तीले शो सञ्चालन गर्ने बताईएको छ । रिमा ‘कमेडियन च्याम्पियन’ शो तर्फ लागेपछि उनको ठाउँमा माम्तीलाई प्रवेश गराईएको हो । ‘नेपाल आइडल’ पहिलो सिजनको उपाधि  बुद्ध लामा र दोस्रो सिजनको उपाधि रवी ओडले जितेका थिए ।...
विश्व मानवअधिकार दिवशका अवसरमा गोरखामा धर्ना
प्रदेश ४, समाचार, समाज

विश्व मानवअधिकार दिवशका अवसरमा गोरखामा धर्ना

गोरखामा बिभिन्न कार्यक्रम गरी ७० औं विश्व मानवअधिकार दिवश मनाइएको छ । दिवशको अवसरमा मानव अधिकार तथा शान्ति समाज गोरखाले जिल्ला प्रशासन चोकमा धर्ना दिएको छ । भारतले नेपालको सिमा मिचेको बिरोधमा समाजले धर्ना दिएको हो । नेपालको लिपुलेक, कालापानी, लिम्पिया धुरा लगायतका भुमी मिचेको विरोधमा धर्ना दिइएको समाजका केन्द्रिय अनुसन्धान संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए । धर्ना कार्यक्रममा मानव अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । त्यस्तै नेपाल मानवअधिकार संगठन गोरखाले दिवशकै अवसरमा जिल्ला लगायत देशका समसामयिक बिषयहरुमा छलफल गरेको छ । बुढीगण्डकी आयोजना, सिमा विवाद, निर्मला पन्त बलत्कार घटना लगायतका बारेमा सरोकारवालाहरुका बिच अन्तरकृया सम्पनन गरेको हो । जिल्ला अध्यक्ष दिलबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिला अधिकारी तुलसीराम पौडेलको प्रमुख आतिथ...
पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण
अर्थ, प्रदेश ३, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण

एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड उपलब्ध गराउने भएको छ । त्यस्तै चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न एडिबी नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग गर्ने भएकाेछ । बैंकले खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन पाँच अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ ।...
आरुघाट मुआब्जा विवाद ः सरकारसंग ४ बुदे सहमती
अर्थ, समाज, हाइलाइट-समाचार

आरुघाट मुआब्जा विवाद ः सरकारसंग ४ बुदे सहमती

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत् परियोजनामा देखिएका समस्या समाधान गर्न सरोकार भएका सबै पक्ष एकमत भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा आज मन्त्रालयमा भएको छलफलमा आयोजना शीघ्र कार्यान्वयनमा लैजाने र समस्या समाधानका लागि मिलेर अगाडि बढ्ने सहमति भएको छ । छलफलमा विभिन्न चार बुँदे सहमतिमा कूल १ हजार २०० मेगावाट क्षमताको सो आयोजनाका प्रभावितमध्ये बाँकी रहेका धादिङको खहरे बजार र गोरखाको आरुघाट तथा आर्खेत बजारको यही मङ्सिर १५ र १६ गते छुट्टा–छुट्टै रुपमा मुआब्जा निर्धारण गरिएको थियो । प्रतिरोपनी ५० हजारदेखि ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ । मुआब्जा निर्धारण प्रक्रियामा चित्र नबुझाई आयोजना प्रभावितले धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारमा विरोध प्रदर्शन समेत गरेका थिए । मन्त्रालयमा भएको छलफलमा आयोजनाको शीघ्र कार्यान्वयनमा प्रत...
१६ दिने अभियानको समापनमा एमनेष्टीको दिप प्रज्वलन
प्रदेश ४, समाचार, समाज

१६ दिने अभियानको समापनमा एमनेष्टीको दिप प्रज्वलन

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । एमनेष्टी इन्टरनेशनल महिला समुह गोरखाले अभियानको अन्तिम दिन दिपप्रज्वलन आयोजना गरेको छ । लैंगिक हिंशाको विरोधमा समुहले सदरमुकामको हरमटारीचोकमा दिपप्रज्वलन गरेको सचिव सविना पोखरेलले जानकारी दिइन । कार्यक्रम समुहकी अध्यक्ष विमला वाग्लेको अध्यक्षतामा भएको हो ।...
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो
प्रदेश ४, समाचार, समाज

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

गोरखा । लैंगिक हिंशा विरुद्धको १६ दिने अभियान सकिएको छ । अभियानका क्रममा जिल्लाका ११ वटै स्थानीय पालिका तथा बिभिन्न सामाजिक संघसंस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन् । गोरखा नगरपालिकाले समेत अभियानका क्रममा बिबिध कार्यक्रमको आयोजना गरेको जनाएको छ । वडा नम्बर ७ बाट सुरु गरी १४ वटै वडामा नगरपालिकाले बिभिन्न सचेतनामुलक कार्यक्रम चलाएको थियो । अभियानका क्रममा अन्तरकृया, सचेतनाका कार्यक्रम, अपांग परिचयपत्र वितरण, मानव सेवा आश्रमलाई ८ लाख सहयोग, गोष्ठी लगायतका कार्यक्रम संचालन भएको सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले बताए । त्यस्तै मंगलबार वडा नम्बर ५ मा महिला हिंशा सम्बन्धी छलफल कार्यक्रम गरी अभियानको समापन गरिएको छ । उपप्रमुख विना कुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष रामकुमार थापा मगर, सामाजिक शाखा प्रमुख विजयभक्त उपाध्याय लगायतले बोलेका थिए । कार्यक्रमको ...
पत्रकार पाैडेललाई अन्तर्राष्ट्रिय अवार्ड
प्रदेश ४, समाचार, समाज

पत्रकार पाैडेललाई अन्तर्राष्ट्रिय अवार्ड

गोरखा । पत्रकार पवन पौडेल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मनित भएका छन् । तनहुँमा रहेर पत्रकारितामा सकृय पौडेलले नेदरल्यान्डको राजधानी एम्स्टर्डममा सम्पन्न विश्व युवा सम्मेलनमा नेपालबाट सहभागी पौडेलले उत्कृष्ट अवार्ड पाएका हुन् । दमौली खबर दैनिकका सम्पादक एवं दमौली एफएम ९४.२ का स्टेशन इन्चार्ज समेत रहेका पौडेलेले सम्मेलनमा दिएको विचार र मिडिया सामग्रीका आधारमा उनलाई उत्कृष्ट अवार्ड दिइएको हो । विश्वभरका ३५ देशका ६५ सहभागी मध्ये उत्कृष्ट सहभागी सम्मेलन ६ दिनसम्म चलेको थियो । सम्मेलनमा परिवर्तित समयमा समानुपातिक विकास र नयाँ उन्नत आधुनिक प्रविधिको बारे चर्चा भएको थियो ।...
फुटबलमा नेपालले जित्यो स्वर्ण
खेलकुद, समाचार, हाइलाइट-समाचार

फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा तेस्रो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए । खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ । onlinekhabar...