Friday, September 4

Blog

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित छ : मन्त्री पुन
अर्थ, राजनीति, समाचार, हाइलाइट-समाचार

बूढीगण्डकी प्रभावितलाई मुआब्जा निर्धारण न्यायोचित छ : मन्त्री पुन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलविद्युत् आयोजनामा पर्ने जग्गाको मुआब्जा निर्धारण गर्दा स्थानीय जनताको भावनाको कदर गरेको बताए। ‘स्थानीय जनता र जनप्रतिनिधिहरूसँग लामो छलफलपछि बूढीगण्डकी परियोजनाको मुआब्जा निर्धारण गरिएको हो, यो न्यायोचित नै छ’, मन्त्री पुनले भने, ‘ईआईए अनुसार अब हामी पुनस्र्थापना र पुनर्वासमा जनता सँगसँगै लाग्छौँ।’ मुआब्जा निर्धारणप्रति केही असन्तुष्टी आइरहेका बेला मन्त्री पुनले स्थानीय जनता र जनप्रतिनिधिहरूसँग समेत छलफल गरेपछि मात्रै मुआब्जा निर्धारण गरिएकाले यसमा सबैको सहयोग हुनुपर्ने बताए। ‘सरकारले जनभावना अनुरुप गरेको मुआब्जा निर्धारणअनुसार पुनर्वासमा लाग्न म सबै प्रभावित जनतालाई आग्रह गर्न चाहन्छु’, मन्त्री पुनले भने, ‘साथै विकासका मुद्दामा चलखेल होइन सहयोग गर्न राजनीतिक पार्टी र जनप्रतिनिधिहरूलाई पनि आग्रह गर्दछु।’...
रेडक्रशको संस्थागत क्षमता विकासका लागि उपशाखाहरुलाई तालिम
प्रदेश ४, समाचार, समाज

रेडक्रशको संस्थागत क्षमता विकासका लागि उपशाखाहरुलाई तालिम

गोरखा । रेडक्रशको संस्थागत क्षमता विकासका लागि जिल्ला शाखा तथा उपशाखाहरुलाई तिन दिने तालिम सुरु भएको छ । गोरखा शाखाको आयोजनामा बिहिबारदेखि सदरमुकाममा ३ दिने तालिम सुरु भएको हो । तालिममा बिशेष गरेर रेडक्रशको मर्म, संस्थागत विकास, समाज सेवा, विपद ब्यवस्थापन तथा सामना, उद्दार, संगठन विस्तार, ब्यक्तिगत विकास लगायतका बिषयमा प्रशिक्षण गराइने सभापति भगवानबाबु मास्केले बताए । जिल्ला शाखा सभापति मास्केको अध्यक्षतामा भएको प्रशिक्षण उद्घाटन कार्यक्रममा रेडक्रशका गण्डकी प्रदेश सभापति सूर्य प्रसाद ढकालको प्रम्ुख आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडक्रशका केन्द्रिय कार्यालयका संगठन विभाग प्रमुख कृष्ण घिमिरे, जिल्ला शाखा मन्त्री राजेन्द्र न्यौपाने, जिल्ला सदस्य रहमतुल्ला मियाँ लगायतले प्रशिक्षणमुलक मन्तब्य ब्यक्त गरेका थिए । तालिममा जिल्लाका झण्डै ३० उपशाखाहरुका प्रतिनिधीहरुको सहभागिता रहेको जिल्ला शाखा...
जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

जन्मिए लगत्तै बच्चाको नाममा बैंक खाता

गोरखा । पालुङटार नगरपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने भएको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराए लगत्तै नगरपालिकाले बैंकमा खाता खोलेर नगद एक हजार समेत जम्मा गरिदिने भएको हो । ५ बर्षभित्र सम्पूर्ण नगरवासीलाई बैंकको पहुँचमा पु¥याउने र वित्तिय साक्षरता अभिबृद्धि गराउने उदेश्यले कार्यक्रमको सुरुवात गरिएको नगरप्रमुख दीपकबाबु कडेंलले बताए । ‘अहिलेसम्म हुनेखाने मात्रै बैंकको पहुँचमा छन्, मेरो कार्यकालमा बैंकमा सबैको एकाउण्ट होस, चेक, एटिएमबाट कारोबार गर्ने बानीको विकास होस भन्ने उदेश्य हो’ उनले भने ‘बच्चाको जन्मदर्ता गराएकै दिन हामी खाता खोलेर १ हजार जम्मा गरिदिन्छौ ।’ सो सुविधा लिनका लागि पालुङटारको स्थायी बासिन्दा हुनुपर्ने बताइएको छ । कार्यक्रमले अभिभावकसंगै बालबालिकामा बचत गर्ने बानीको विकास हुने समेत नगरपालिकाले विश्वास गरेको छ । ‘अहिले बिभिन्न उत्सवका नाममा खर्च गर्ने...
प्रधानमन्त्रीको उपचार खर्च : २ लाख ५४ हजार
समाचार, हाइलाइट-समाचार

प्रधानमन्त्रीको उपचार खर्च : २ लाख ५४ हजार

एपेन्डिक्स पाकेर एपेन्डिसाइटिस भएपछि गत मंसिर १० गते मंगलबार सेन्टरमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च सार्वजनिक भएको छ। बिहीबार दिउँसो साढे ३ बजे प्रधानमन्त्री ओली डिस्चार्ज भएसँगै अस्पतालले उपचार खर्चबारे जानकारी दिएको हो। सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले थाहाखबरलाई दिएको जानकारी अनुसार १० दिन लामो प्रधानमन्त्रीको उपचारका क्रममा २ लाख ५४ हजार ६ सय ८८ रुपैयाँ खर्च भएको छ। सरकारी अस्पताल भएकाले प्रमको उपचारमा थोरै खर्च लागेको हो।...
चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस्
समाज

चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस्

चिसो मौसम शुरु भइसकेको छ । हाम्रो शरीरले न्यायो खोज्न थालिसकेको छ । जाडो मौसममा छाला सुख्खा हुने गर्छ । जसले गर्दा छाला फुट्ने समस्या हुन्छ । छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ । ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ । त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव दिन्छ । ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ । त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ । बाहिरको मौसम बढी चिसो हुँदा ओठमा रहेको ग्रन्थिहरुले कम तेल निकान्छ र फुट्न थाल्छ । ओठ फुट्न नदिने के गर्ने ? हाम्रो शरीर र स्वास्थ्यलाई सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ । ओठ फुट्न नदिन घरेलु विधिहरु पनि अपनाउन सकिन्छ । ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ । ...
नेपाल भ्रमण वर्षबारे गीत रचना गर्नुहोस्, पुरस्कार जित्नुहोस्
अर्थ, मनोरञ्जन, समाचार, समाज

नेपाल भ्रमण वर्षबारे गीत रचना गर्नुहोस्, पुरस्कार जित्नुहोस्

काठमाडौं । नेपाल भ्रमण वर्षको आधिकारिक गीत रचना गर्न सरकारले सार्वजनिक आह्वान गरेको छ । सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ का रूपमा मनाउने तयारीमा रहेको सरकारले प्रचार-प्रसारको लागि आधिकारिक गीत रचना गर्न सार्वजनिक आह्वान गरेको हो । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचार-प्रसार गीत–संगीतबाट गर्दा प्रभावकारी हुने भएकाले नेपाल भ्रमण वर्ष गीत रचना गर्न आह्वान गरेको हो । उत्कृष्ट गीतलाई पुरस्कार समेत प्रदान गरिने सचिवालयले जनाएको छ । पुरस्कार कति दिने भन्ने अहिलेसम्म टुंगो लागेको भने छैन। गीतका शब्द नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्यता झल्कने हुनुपर्ने सचिवालयको भनाइ छ । गीत सचिवालयको केशरमहलस्थित कार्यालय पुगेर वा इमेलमार्फत १० दिनभित्र पठाउनुपर्ने सचिवालयका आईटी विज्ञ संगम ढकालले जानकारी दिए । प्राप...
प्रियंका कार्कीलाई मन पर्ने ६ कुरा
मनोरञ्जन

प्रियंका कार्कीलाई मन पर्ने ६ कुरा

नायिका प्रियंका कार्कीले आफूलाई मन पर्ने ६ वटा कामको सूची तयार गरेकी छन्। आफ्नो इन्स्टाग्राम अकाउन्टमार्फत् प्रियंकाले आफूलाई सबभन्दा मन पर्ने ६ वटा कुराको सूची सार्वजनिक गरेकी हुन्। उनले सार्वजनिक गरेको सूची पनि अनौठो छ। “तिम्रो हात समात्नु, तिम्रो जोक्समा हाँस्नु, तिमी सँगसँगै हिँड्नु, सोफामा आरामले सँगै सुत्नु, तिम्रो आँखामा हेर्नु र तिम्रो ओठमा दैनिक चुम्बन गर्नु”, प्रियंकाले सार्वजनिक गरेको सूचीमा उल्लेख छ। अर्थात्, उनले प्रेमी आयुष्मान देशराज जोशीसँग जोडिएका प्रिय ६ कुरा इन्स्टामा सेयर गरेकी छन्। यो सूचीसँगै प्रियंकाले आयुष्मानको तस्बिर समेत पोस्ट गरेकी छन्। प्रियंकाको यो पोष्टमा प्रेमी आयुष्मानले समेत प्रतिक्रिया दिएका छन्। उनले कमेन्ट बक्समा लेखेका छन्, ‘वाह ! आइ लभ यु।’ गत वर्ष इन्गेजमेन्ट गरेका प्रियंका–आयुष्मानले विवाह गर्ने मिति भने तय गरिसकेका छैनन्।...
डिस्चार्ज भए प्रधानमन्त्री
समाज, हाइलाइट-समाचार

डिस्चार्ज भए प्रधानमन्त्री

काठमाडौं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले डिस्चार्ज भएका छन् । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो । फाेटाे साैजन्य : प्रदिपराज वन्त
जनप्रतिनिधी नै पर्छन् जातिय विभेदमा
विचार, समाज, हाइलाइट-समाचार

जनप्रतिनिधी नै पर्छन् जातिय विभेदमा

मोहसिन अलि मियाँ गोरखा – कल्पना नेपाली, गोरखाको आरुघाट गाउँपालिकाकी उपाध्यक्ष हुन् । उपाध्यक्ष हुनपूर्व उनि बिभिन्न सामाजिक संस्थामा काम गर्थिन् । त्यतिबेला दलित भएकै कारण गैर दलित समाजको थुप्रै हेपाई उनले भोगिन् । तर अहिले उनि गाउँपालिकाकै सहायक नेतृत्व पदमा छिन् । तर आज पनि उनि माथीको भेदभाव अझै रोकिएको छैन । ‘उहि समाज हो, हेर्ने दृष्टीकोण उहि छ’ नेपाली भन्छिन् ‘दलितको छोरी त हो, सम्मान किन गर्नुपरयो जस्तो गर्छन ।’ उसो त उनि समाजमा मात्रै होइन, कार्यकक्षमै पनि जातिय विभेदको सिकारमा पर्ने गरेकी छिन् । काम लिएर गएका कतिपय सेवाग्राहीले नै तिमी, तँ जस्ता शब्द प्रयोग गर्न पछि पर्दैनन् । ‘उपाध्यक्ष हुनुअघि भन्दा त अलि सम्मानपूर्वक नै ब्यवहार गर्छन तर केहि गन्यमान्य भनिएकाहरु अफिसमै पनि तुच्छ शब्दमा बोल्न खोज्छन्, हुकुमीशैली देखाउछन्’ आरुघाट गाउँपालिकाकी उपाध्यक्ष नेपालीले हास्दै भनिन् ‘संगै बस...
मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !
विचार

मेरो देशको एक मुठी माटोको असाद्धै माया छ !

नवीन क्षेत्री गोरखा नगरपालिका २ कोखे आहाले भर्खरै मात्र भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी लाई समेटेर आफ्नो नया नक्सामा मज्जैले सजायको छ । यति खेर हिमाल पहाड तराई लगायत सम्पुर्ण ठाउमा बसोबास गर्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीको रगत उम्लियको छ । हुन पनि किन नउम्लियोस त आफ्नै पल्ला घरे ठुला बा ले बारिको साध (सिमा) मिच्दा त खुन तातेर आउँछ भने यहाँ त आफ्नै देशको सिमानाको कुरो छ । दिन दिनै भारतिय बिस्तारबादको नारा लगाउदै Go back india भन्दै हजारौ युवा पुस्ता ,वृद्ध बृद्दा ,देखि सम्पुर्ण नेपाली आन्दोलन गरिरहेका छन । मुख्य त काठमाडौ केन्द्रीकृत गरि भारतिय दुताबास घेराउ गर्न दिन दिनै नेपाली युवा युबतिको ठुलै जमात देखिन्छ । भारतले आज मात्र हैन हाम्रो नेपालको माटो लाई गिद्दे नजर लगायको ,आज भन्दा कयौ अघि राजा महाराजा, पन्चेको पाला देखिनै हाम्रो नेपालको सिमा लाई आफ्नो पन्जामा पार्न हर दिन...