Friday, September 4

Blog

सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना
अर्थ, विदेश

सीले यसरी ब्युँत्याए माओको हिमालपार रेलमार्ग-सपना

सन् १९७३ मा माओ त्सेतुङ र राजा वीरेन्द्रबीच भेट हुँदा चीन र नेपाललाई रेलले जोड्ने अवधारणामा पहिलो पटक छलफल भएको थियो। त्यसयता यो विचारले सिमानाको दुवैतर्फका मानिसलाई मोहित तुल्याउँदै आएको छ। त्यसपछिका दशकमा नेपालमा कयौँ घटना भए। वीरेन्द्रको वंशनाश भयो, दशक लामो माओवादी गृहयुद्ध चल्यो, ९ हजारको ज्यान जानेगरी भूकम्प आयो, जसले काठमाडौँका ऐतिहासिक स्मारकहरु ध्वस्त बनायो र अर्थतन्त्र कमजोर बनाउनेगरी भारतले पाँच महिना लामो नाकाबन्दी लगायो। तैपनि चीन–नेपाल रेलमार्ग निर्माणको सपना मरेको छैन। ४५ वर्षपछि आएर थुप्रैले असम्भव भन्दै आएको यो परियोजना निर्माणको ग्रहदशा अन्ततः मिलेजस्तो देखिन्छ। किनभने चीन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा लगानीका लागि नयाँ ठाउँको खोजीमा छ भने नेपाल आफ्नो मुलुकमा भारतीय प्रभावलाई कम गर्न प्रतिरोधी शक्तिको खोजीमा छ। अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका...
एनआरएनएका अध्यक्ष कुमार पन्तलाई अमेरिकाबाट खुलापत्र
विचार

एनआरएनएका अध्यक्ष कुमार पन्तलाई अमेरिकाबाट खुलापत्र

कुमारजी, नमस्ते! म तपाईंलाई चिन्छु। तपाईं मलाई चिन्नुहुन्न। यो कुनै ठूलो वा नौलो कुरा भएन। तपाईं–हामी चिन्दै गरौंला। तपाईंले गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पद ‘पडकाउनु’ भयो, यो पनि मेरा लागि त्यत्ति ठूलो र नौलो कुरा होइन। किनकी तपाईं त्यसैको अभ्यास गरिरहनु भएको थियो। र, म तपाईंका ती अभ्यासहरूलाई टाढाबाट नियालीरहेको थिएँ। खासमा मैले आज तपाईंलाई सुरुमा नै बधाई भन्नुपर्ने थियो, तपाईं जो मेरो पनि नेता हुनुभएको छ। तर म आज बधाईको ‘मुडमा’ होइन, लज्जित ‘मुडमा’ छु। म लाजले भरिएको छु। मेरो लाज ‘कुनै स्त्रीको लाखौं डलरको लाज’ जस्तो होइन, मेरो लाज बडो सस्तो छ। सस्तो तपाईंहरूले बनाउनु भएको छ। लाजमा सौन्दर्यको मूल्य हुन्छ, मेरो आजको लाजमा कुनै सौन्दर्यको मूल्य पनि छैन। म शून्य छु। मेरो लाज बितृष्णाले भरिएको छ। मेरो लाजमा कुनै ‘रोमान्टिसिजम’ छैन। लाजमा उदासिनता मिसिएको शायदै हुन्छ। आजको मेरो ल...
बुढीगण्डकी प्रभावितले गरे काठमाण्डाै‍मा प्रदर्शन
अर्थ, प्रदेश ३, समाचार, हाइलाइट-समाचार

बुढीगण्डकी प्रभावितले गरे काठमाण्डाै‍मा प्रदर्शन

बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन्। बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताए। यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उनले बताएका छन्। पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।...
दर्ता बिनै चल्छन् गोरखाका अधिकांश प्रतिष्ठान
अर्थ, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

दर्ता बिनै चल्छन् गोरखाका अधिकांश प्रतिष्ठान

गोरखा । जिल्लामा सञ्चालित आर्थिक कारोबारमा संलग्न प्रतिष्ठानहरु दर्ता बिनै चल्ने गरेको पाइएको छ । तथ्यांक कार्यालय गोरखाले अघिल्लो बर्ष गरेको आर्थिक गणनाको नतिजाले यस्तो देखाएको हो । २०७५ सालको बैशाख र जेठमा जिल्लाभर भएको गणनाको अन्तिम नतिजा सार्वजानिक गर्दै कार्यालयले बिना दर्ता चल्ने प्रतिष्ठानको संख्या बढी रहेको बताएको छ । ‘हामीले अघिल्लो बर्ष जिल्लाको तल्लो तहसम्म गणक खटाएर आर्थिक तथ्यांक लिएका थियौ’ कार्यालयका प्रमुख जीवनाथ आचार्यले भने ‘हामीले लिएका तथ्यांकलाई केलाउदा दर्ता गरेर चलेका प्रतिष्ठान, फर्महरु कम भेटिए ।’ सदरमुकाममा प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी कार्यालयले तथ्यांक सार्वजानिक गरेको हो । जसअनुसार जिल्लाभर ५ हजार ५ सय ४१ प्रतिष्ठान बिना दर्ता चलेका छन् भने ५ हजार ४ सय ३१ को दर्ता रहेको भेटिएको हो । जुन ४९ दशमलव ५ प्रतिशत मात्...
सहुलियत कर्जा सहज बनाउन बैंकहरुलाई निर्देशन
अर्थ, समाचार

सहुलियत कर्जा सहज बनाउन बैंकहरुलाई निर्देशन

काठमाडौं-नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सीमा नै तोकेर सहुलियतपुर्ण कर्जा प्रवाह गर्न निर्देशन दिएको छ। वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीहरु अनुसार ऋणको संख्या तोकिएको हो। बैंक तथा वित्तीय सस्थाहरुले यस्तो कर्जा नदिएपछि संख्या नै तोकिएको हो। राष्ट्र बैंकले एक सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधी ०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो। बाणिज्य बैंकहरुले २०७७ असार मसान्तसम्म ५ सयवटा कर्जा दिनुपर्नेछ। यसैगरी विकास बैंकहरुले २ सयवटा र फाइनान्सले १ सयवटा कर्जा दिनुपर्ने छ। सहुलियतपूर्ण कर्जाहरुमध्ये कृषि तथा पशुपक्षी कर्जाबाहेक अन्य कर्जा शीर्षकमा ग्रामीण इलाकालाई प्राथमिकता दिएर प्रवाह गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको निर्देशन बैंकहरुले कार्यन्वयन गर्ने हो भने अगामी असा...
'आन्दोलन गोरखाबाटै सुरू गरौं'
राजनीति, समाचार, हाइलाइट-समाचार

'आन्दोलन गोरखाबाटै सुरू गरौं'

गत मंसिर ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा उपप्रधानमन्त्री रहेका  समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव भारतमा थिए। दीगो विकाससम्बन्धी कार्यक्रममा स्वास्थ्य मन्त्रीका हैसियतले भाग लिन नयाँ दिल्ली पुगेका यादव फर्किने बेला कानुन मन्त्री बनिसकेका थिए। यादवलाई स्वास्थ्यबाट कानुनमा पठाइयो भने राज्यमन्त्री सुरेन्द्र यादव बर्खास्तीमा परे। सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको मन्त्रालय यथावत् रहे पनि प्रधानमन्त्री ओलीले नेकपाका रामवीर मानन्धरलाई राज्यमन्त्री बनाए। मंसिर ६ गते राति नेपाल फर्किएका यादवले ७ गतेको पार्टी बैठकअगाडि नै मन्त्री निवास छोड्ने तयारी गरिसकेका थिए। आफूलाई अपमान भएको भन्दै सरकारबाट बाहिरिने यादवको सोच थियो। साँझ ४ बजे बस्ने बैठकमा सरकारबाट बाहिरिने निर्णय हुन्छ भन्ने यादवलाई लागेको थियो। त्यसैले उनले बैठकमा पार्टीको निर्णय मान्ने भनेर धारणा...
सुनको भाउ बढ्यो, कति छ आजकाे रेट ?
अर्थ, समाचार

सुनको भाउ बढ्यो, कति छ आजकाे रेट ?

छिल्लो दुई दिन स्थिर रहेको सुनको मूल्य तोलाको रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० निर्धारण गरेको छ । आइतबार प्रतितोला रु ७१ हजार ६०० मा खरिदबिक्री भएको सुन सोमबार र मङ्गलबार रु ७१ हजार ४०० मा कारोवार भएको थियो । तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ९०० निर्धारण गरेको छ । आइतबार रु ७१ हजार ३०० मा खरिदबिक्री भएको तेजाबी सुन सोमबार र मङ्गलबार प्रतितोला रु ७१ हजार १०० मा खरिदबिक्री भएको थियो । स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ । सोमबार र मङ्गलबार प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको चाँदीको मूल्य बुधबार प्रतितोला रु ८६५ पुगेको छ ।...
सागमा नेपालको सय स्वर्ण
खेलकुद, समाचार, हाइलाइट-समाचार

सागमा नेपालको सय स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा नेपालले एक सयवटा स्वर्ण पदक हात पार्न सफल भएको छ। सक्षम कार्कीले तेक्वान्दोमा स्वर्ण जितेसँगै नेपालले साग खेलकुद प्रतियोगितामा सय स्वर्ण जितेको हो। ८७ केजीमाथिको तौल समूहमा उनले पाकिस्तानका अक्वर अली शाहलाई २७–९ ले पाखा लगाउँदै स्वर्ण जितेका हुन्। सन् १९८४ देखि सुरुवात भएको सागमा नेपालले १२ औं सागसम्म आइपुग्दा ७१ वटा स्वर्ण हात पारेको थियो। १३ औं सागमा बुधबार नेपालले २९ स्वर्ण जितेसँगै नेपालले स्वर्ण पदकमा सय पदक जितेको हो। नेपालमा जारी साग प्रतियोगिता मंसिर २४ गतेसम्म चल्नेछ। हाल विभिन्न विधाका खेलहरु जारी छन्। नेपालले स्वर्ण तथा अन्य पदक संख्या बढाउँदै गएको छ।...
नेकपामा दुई धार
राजनीति, समाचार

नेकपामा दुई धार

उपनिर्वाचनको परिणामको विश्लेषणमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र दुई धार देखिएको छ। सरकारमा रहेका नेताहरुले समग्र निर्वाचन परिणाममा नेकपाले प्राप्त गरेको सफलतालाई जोड दिएका छन् भने सत्ताबाहिर रहेकाहरुले लामो समयदेखिको वामपन्थी किल्ला भत्केको भन्दै चिन्ता व्यक्त गरेका छन्। खासगरी धरान उपमहानगरपालिका र भक्तपुर क्षेत्र १ क मा पार्टी पराजित भएको विषयलाई नेताहरुले उठाएका छन्।...
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग
राजनीति, समाचार

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीमा आयोग

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै निर्वाचन आयोग अहिले राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको छ। राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ । रिक्त सदस्यको पदपूर्ति गर्नका निम्ति सङ्घीय संसद्बाट पत्र प्राप्त गरिसकेपछि आयोगले आन्तरिक छलफल गर्दै तयारीको काम आरम्भ गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया भन्छन्  'हामीले आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन सक्नु पर्नेछ।' राष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ।...