Thursday, September 24

Blog

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि
प्रदेश ४, समाज, हाइलाइट-समाचार

अवसरबाट बञ्चित भयौ ः महिला जनप्रतिनिधि

गोरखा । स्थानीय तहको निर्वाचन भएको झण्डै साढे २ बर्ष बितिसकेको छ । नयाँ संबिधानले स्थानीय तहको हरेक वडामा महिला तथा दलित समुदायबाट प्रतिनिधत्व सुनिश्चित ग¥यो । तर निर्वाचनबाट हरेक वडामा निर्वाचित भएर आएका महिला तथा दलित सदस्यहरुले भने आफुहरु अवसरबाट बञ्चित बन्नुपरेको दुखेसो पोखेका छन् । ‘हाम्रो भुमिका कार्यक्रममा आसन ग्रहण बन्ने मात्रै हो ?’ प्रश्न गर्दै गोरखा नगरपालिका ३ कि महिला सदस्य सिता दानीले भनिन् ‘हैन भने खोई के हो हाम्रो अधिकार, कहाँ हुन्छ हाम्रो भुमिका ।’ सोमबार नगरप्रमुख राजनराज पन्तले एक कार्यक्रमका बिच महिला र दलित जनप्रतिनिधिसंग गरेको अन्तरकृया कार्यक्रममा उनिहरुले यस्तो दुखेसो गरे । ‘वडामा के हुन्छ हामीलाई थाहै हुदैन’ वडा नम्बर ८ कि सदस्य राधिका कट्टेलले भनिन् ‘अवसर पाउने ठाउँमा पुरुषलाई नै अघि बढाउछन्, हामी हेरेको हे¥यै ।’ त्यस्तै नगरकार्यपालिका सदस्य समेत रहेकी...
नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?
प्रदेश ४, राजनीति, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठलाई प्रश्‍न : उमेदवारी अर्थमन्त्री बन्‍न हो ?

०७४ प्रतिनिधीसभाको निर्वाचनमा पराजय भइसकेपछि पाँच वर्षे कार्यकालमा फेरि संसद नछिर्ने बताउँदै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार गण्डकी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको लागि अन्य सदस्य पदमा उमेदवारी दिए । उनको उमेदवारीलाई भावी अर्थमन्त्रीको रुपमा लिइएको चर्चा नेकपा वृत्तमा नै हुने गरेको छ । सचिवालय सदस्य समेत रहेका श्रेष्ठले उमेदवारी दर्ता गरेपछि प्रेस संगठन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा गए । त्यहाँ उनलाई पत्रकारले प्रश्‍न सोधे, "अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि तपाई अर्थमन्त्री बन्‍ने भनेर उमेदवारी दिनु भएको हो ?" घुमाउरो तरिकाले जवाफ दिँदै श्रेष्ठले भने, “आज मनोनयन मात्रै गरिएको हो, के बन्‍ने हो भनेर सोचेर अगाडि बढ्ने होइन्, पार्टीले दिएको भूमिका अनुसार उमेदवारी दिइयो, मतदाताले मत दिए राष्ट्रियसभा...
गोरखा उद्योग बाणिज्य संघको मनकामना इकाइमा हरि कुमार श्रेष्ठ
अर्थ, प्रदेश ४, समाचार

गोरखा उद्योग बाणिज्य संघको मनकामना इकाइमा हरि कुमार श्रेष्ठ

गोरखा उधोग बाणिज्य संघ मनकामना बजार ईकाईमा हरि कुमार श्रेष्ठ अध्यक्षमा सर्वसमत चयन भएका छन् । इकाईको सोमबार सम्पन्न बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । जसको उपाध्यक्षमा लिलाम्बर थापा, सचिबमा दिपेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ र सह–सचिबमा खड्क नारायण श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरु ओम माया श्रेष्ठ, अमृत थापा, खोलमान श्रेष्ठ, नुर बहादुर थापा, कलाकार थापा, रमेश मल्ल, बशन्त मल्ल, राजु प्रसाद न्यौपाने, राम जोशी र राज थापा चयन भएको इकाईले जनाएको छ । इकाईका कार्यवाहक अध्यक्ष राजन जोशीको अध्यक्षतामा भएको अधिवेशनमा शहिद लखन गाउँपालिकाका प्रमुख रमेशबाबु थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गोरखा उधोग बाणिज्य संघ मनकामना बजार ईकाईको महिला उद्यमी विकास समितिका अध्यक्ष निर्मला श्रेष्ठ, वडा नम्बर ३ का वडाध्यक...
कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार (सूचीसहित)

नेपाली कांग्रेसले राष्ट्रियससभाको आशन्न निर्वाचनका लागि आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । जसअनुसार प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र घिमिरे (झापा) अन्य, प्रदेश नं २ बाट नगिना यादव (महोत्तरी) महिला, भोला पञ्जियार (धनुषा) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ३ बाट हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक) अन्य, छलीकुमारी शर्मा उपाध्याय (चितवन) लाई उम्मेदवार चयन गरेको छ । यसैगरी प्रदेश नं ४ बाट सूर्यप्रसाद रेग्मी (स्याङ्जा) अन्य, विमला गौचन (म्याग्दी) महिला, प्रदेश नं ५ बाट बालकृष्ण पाण्डे (अर्घाखाँची) अन्य, गिरिजा न्यौपाने (दाङ) महिला, मेराज हलवाई (बाँके) अल्पसङ्ख्यक/अपाङ्गता, प्रदेश नं ६ बाट डिल्लीराम पाठक (सुर्खेत) अन्य, सावित्री पौडेल (सुर्खेत) महिला र प्रदेश नं ७ बाट प्रताप ठगुन्ना (बैतडी) अन्य, तुलसी देवकोटा (कैलाली) चयन भएका छन् । कां...
काँग्रेसमा एकताको खाँचो ः नेता विश्वकर्मा
प्रदेश ४, राजनीति, समाचार

काँग्रेसमा एकताको खाँचो ः नेता विश्वकर्मा

गाेरखा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य मिन विश्वकर्माले काँग्रेस अब एक ढिक्का हुने बेला आएको बताएका छन् । नेपाली काँग्रेस सिरानचोक गाउँपालिका स्तरिय क्रियाशिल सदस्यहरु एक दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेकपाको ज्याजती अन्त्य गर्न काँग्रेस एक हुनुको बिकल्प नभएको बताए । गाउँपालिका सभापती कृष्ण पोखरेलको अध्यक्षता तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री विश्वकर्मा, जिल्ला सभापती हरिबहादुर घले, नेपाल मुस्लिम संघका राष्ट्रिय अध्यक्ष अब्दुल सत्तार, महासमिति सदस्य मोहन पोखरेल, क्षेत्रिय सभापती गोबिन्द गुरुङ, गोरखा नगर सभापती चन्दनबाबु खत्री, पालुङ्टार नगर सभापती दिपक कंडेल, सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देबकोटा, शिक्षक संघ सिरानचोकका अध्यक्ष रामकाजी श्रेष्ठ, वडा नम्बर ६ का सभापती बलराम मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण दानी, महिला संघकी सदस्य सर्मिला...
अनेरास्ववियुको केन्द्रमा गोरखाबाट पाँच जना चयन
प्रदेश ४, राजनीति, समाचार

अनेरास्ववियुको केन्द्रमा गोरखाबाट पाँच जना चयन

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विधार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रमा गोरखाबाट पाँच जना चयन भएका छन् । जसमध्ये पूर्व माओवादीका ४ र पूर्व एमालेबाट १ जना परेका छन् । अनेरास्ववियुको केन्द्रिय सदस्यमा राजन आले मगर, रामकृष्ण भट्ट र प्रविन श्रेष्ठ चयन भएका हुन् । आले र भट्ट पूर्व माओवादी निकट र श्रेष्ठ पूर्व एमाले निकट हुन् । त्यस्तै अनेरास्ववियुको केन्द्रिय निर्वाचन आयोग सदस्यमा विकास भट्टराई र लेखा समिति सदस्यमा बाबुराम नेपाली चयन भएको नेकपाका जिल्ला कार्यालय सचिव अंकुर तिमल्सिनाले जानकारी दिए । उनिहरु दुवै पूर्व माओवादी निकट हुन् । त्यस्तै केन्द्रिय सदस्यमा टक्सार घर भएकी मुना काप्री समेत चयन भएकी छिन् । उनलाई प्रदेश नम्बर ३ बाट मनोनित गरिएको बताइएको छ ।...
लेखापढी एशोसियशन गोरखाको अध्यक्षमा मग्राती
प्रदेश ४, समाचार, समाज

लेखापढी एशोसियशन गोरखाको अध्यक्षमा मग्राती

गोरखा । नेपाल लेखापढी कानून ब्यवसायी एशोसियशन गोरखाको २३ औ बार्षिक साधारणभा तथा बिशेष अधिवेशन सम्पन्न भएको अधिवेशनले केदारबाबु मग्रातीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा ठाकुरप्रसाद लामिछाने, सचिव राजेन्द्र गान्धारी, कोषाध्यक्षमा विष्णुबहादुर कुवँर, सहसचिवमा भोजराज पाठक, सहकोषाध्यक्षमा रामशरण अर्याल चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा टिकाराम अधिकारी, मार्जिन गुरुङ, शुष्मा कट्टेल, हरिमाया रोका, जंगबहादुर नेपाली चयन बताइएको छ । उपाध्यक्ष नारायण श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा एशोसियशनका केन्द्रिय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक मायादेवी सोतीको प्रमुख आतिथ्यता रहेको थियो ।...
काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट
कृषि, प्रदेश ३, समाचार, समाज, स्वास्थ्य

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट

गोरखा । काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुलाई नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाँईले न्यानो ज्याकेट वितरण गरेका छन् । चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि सरकार गुहार्न काठमाडौं आएका उखु किसानहरु जाडोमा कठ्यांग्रिएको समाचारहरु बाहिरीएपछि नेता बजगाँईले आन्दोलन भइरहेकै स्थान माइतीघर पुगेर ज्यकेट प्रदान गरेका हुन् । पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दै गएपछि उनिहरु काँप्दै आन्दोलन गरिरहेका छन् । जिउमा एकसरो लुगा लगाएर राजधानी छिरेका किसानहरुको माग २ हप्ता बित्दा समेत सम्बोधन हुन सकेको छैन । शुक्रबार काँग्रेस नेता बजगाँईले माइतीघर पुगेर उनिहरुको आन्दोलनमा समेत ऐकेवद्धता जनाएको बताएका छन् । ‘उखुको पैसा नपाएर काठमाण्डौं आएका किसान चिसोले मर्न नपरोस भनेर मैले ५० जनालाई न्यानो डाउन ज्याकेट दिएको हुँ’ सिभिलखबरसंग कुरा गर्दै नेता बजगाँईले भने ‘दुई हप्ता भइसक्यो किसानको आवाजलाई सरकारले सुने...
नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)
राजनीति, समाचार, हाइलाइट-समाचार

नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको उम्मेदवार, अरु को–को छन् ? (लिष्ट सहित)

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले माघ ९ गते हुने राष्ट्रिय सभा उम्मेदवारको टुंगो लगाएको छ। राष्ट्रिय सभाका १६ उम्मेदवारमध्ये पूर्वएमालेले ९ र पूर्वमाओवादीले ७ सिट राखेका छन्। गण्डकी प्रदेशबाट अन्यमा नारायणकाजी श्रेष्ठ उम्मेदवार छन्। उनी पूर्वमाओवादी हुन् भने अहिले नेकपाका सचिवालय सदस्य छन्। महिलामा भगवती न्यौपाने पूर्वएमालेकी तर्फबाट उम्मेदवार भएकी छिन्।  प्रदेश १ मा रिक्त ३ सिटमध्ये पूर्वएमालेले २ सिट राखेको छ। महिलातर्फ इन्दु गौतम र अन्यबाट देवेन्द्र दाहाल पूर्वएमालेका हुन्। दलिततर्फका गोपी अच्छामी पूर्वमाओवादीका हुन्।  त्यस्तै, प्रदेश २ बाट महिलातर्फकी उम्मेदवार तुलसा दाहाल पूर्वएमालेकी हुन् भने दलिततर्फका राधेश्याम पासवान पूर्वमाओवादी हुन्।  त्यस्तै, प्रदेश ३ बाट महिलातर्फकी उम्मेदवार गंगा बेलबासे पूर्वमाओवादीकी हुन्। उनी नारायणकाजी श्रेष्ठ निकट पूर्वशिक्ष...
फिनाममा खानेपानीले ल्याएको खुसी
समाचार, समाज

फिनाममा खानेपानीले ल्याएको खुसी

मोहसिन अलि मियाँगोरखा । गोरखा नगरपालिका ४ फिनामकी विन्दा घर्ति मगरलाई बर्षौदेखि खानेपानी कै पिरलो थियो । झण्डै आधा घण्टा उकालो ओरालो बाटो हिडेर पहरेपानी खोला पुगेर पानी ल्याउनुुपर्ने बाध्यता उनको दैनिकी थियो । तर अहिले उनको दैनिकी फेरिएको छ । केहिदिन यता घरमै पानी आउन थालेपछि उनमा खुसीको सिमा छैन । ‘अहिलेसम्म भिरको बाटो हिडेर खोलाबाट पानी ल्याएर खादै आएका थियौ’ उनले भनिन् ‘अहिले घरमै पानी आउछ, बल्ल सुखको सास फेर्न पाएका छौ ।’ खोलाको किनारसंगै खोचमा रहेको धाराबाट फिनामको पुतली बगैचाका स्थानीयले पानी उपभोग गर्दै आएका थिए । खानदेखि बस्तुभाउ र नुहाइधुवाईलाई समेत खोलाकै भर पर्नुपर्ने उनिहरुको बाध्यता थियो । तर हाल फिनामका बिभिन्न गाउँलाई लक्षित गर्दै निर्माण भएको दुई खानेपानी आयोजना सम्पन्न भएपछि उनिहरुको समस्या हटेको हो । ‘५०/६० घरले गाउँमा भएको एउटा धाराको भर पर्नुपर्ने बाध्यता थियो’ ...