Monday, October 19

Blog

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
राजनीति, समाचार

गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

नेपालअखबार,काठमाडौं । भारत भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेट भएको छ। भारतीय विदेशमन्त्री जयशंकरले गुरुङसँग भेटेको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन्। उनले भेट्दा खुसी लागेको पनि लेखेका छन्। ‘नेपालका गृहमन्त्री सुधन गुरुङसँग भेटेर खुसी लाग्यो’ जयशंकरले भनेका छन्।...
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका ५ हजार घर विद्युत्‌विहीन
प्रविधि, समाचार, समाज

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका ५ हजार घर विद्युत्‌विहीन

नेपालअखबार,गोरखा। बूढीगण्डकी बाढीका कारण उत्तरी गोरखाको करिब ५ हजार घर विद्युत्‌विहीन बनेका छन् । आइतबार चुमनुब्री गाउँपालिका–६ उङ्गिलुङ खोला तर्फबाट बूढीगण्डकीमा आएको बाढीले पालिकाको वडा नं ३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएको थियो । बाढीले जलविद्युत् आयोजना बगाएपछि चुमनुब्री गाउँपालिका वडा नं ३ र वडा नं ६ मा विद्युत् अवरुद्ध बनेको सिर्दिबास उहिया लघुजलविद्युत् आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। गुरुङका अनुसार चुमनुब्रीको लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन, सिर्दिबास रजगतमा विद्युत् अवरुद्ध भएको हो । जसका कारण ९७१ घरधुरी प्रभावित बनेको उनले भने। “बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरू पनि कता पुर्‍यायो, पुर्‍यायो । पावर हाउस चाँही सुरक्षित छ,” उनले भने “आइतबार बिहान ४ बजे बाढी आए...
दुर्गा पूजाका क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु
समाचार, समाज

दुर्गा पूजाका क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु

नेपालअखबार, उदयपुर । दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको निधन भएको छ। त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याइए पनि त्यसअघि नै उहाँको निधन भएको अस्पतालले  घोषणा गरेको थियो। प्रहरीका अनुसार, चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।...
साउदीको सरकारी तेल कम्पनी अरामकोको मुख्य प्रशासनिक भवनमा मिसाइल हमला
राजनीति, विश्व, समाचार

साउदीको सरकारी तेल कम्पनी अरामकोको मुख्य प्रशासनिक भवनमा मिसाइल हमला

नेपालअखबार, काठमाडौँ । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अरामकोको पूर्वी सहर धहरानस्थित प्रशासनिक भवनमा मिसाइल आक्रमण भएको छ। आक्रमणबाट भवनको केही भागमा आगलागी भएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ। घटनामा मानवीय क्षति भने नभएको साउदीको ऊर्जा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ऊर्जा मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा मंगलबार राति भएको घटनापछि अधिकारीहरूले आवश्यक कदम चालेको जनाएको छ। रोयटर्सका अनुसार अरामकोको मुख्य परिसरमा ब्यालिस्टिक मिसाइल प्रहार भएको थियो। कम्पनीका एक अधिकारीले परिसरमा रहेको कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताएका छन्। घटनाबारे जानकार अन्य दुई व्यक्तिले पनि भवनमा आगलागी भएको बताएका थिए। अरामकोको उक्त परिसरमा कम्पनीको प्रमुख सञ्चालन केन्द्र छ। यसले कम्पनीका स्थल तथा समुद्रमा रहेका तेल उत्खनन...
जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण
प्रशासन, समाचार

जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण

नेपालअखबार,काठमाडौं ।  जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको उनको भनाइ छ । सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले नेपाल चिनाउनका लागि यस्तो काम गर्ने गरेको बताए । पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उनले बताए । ‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न अप्लाइ गरेको’ उनले बताए । थापाले पीआर लिएको र राजदूत हुन उनी अयोग्य रहेको भनेर उजुरी परेको थियो । पीआरबारे सांसदहरूले पनि प्रश्न गरे । जवाफमा उनले जापानमा आफ्ना श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताए ।...
सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो
कर्पोरेट, समाचार

सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घट्यो

नेपालअखबार, काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँ घटेको छ । योसहित विगत तीन दिनमा सुनको मूल्य तोलामा ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य तोलामा २ लाख ८९ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यस्तै आइतबार सुनको मूल्य तोलामा २ लाख ९६ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ आज तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघले आजका लागि चाँदीको भाउ तोलामा ४ हजार २५५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ३५५ रुपैयाँ थियो । आइतबार चाँदीको भाउ ४ हजार ४४० रुपैयाँ थियो ।...
अमेरिकी विदेशमन्त्री मार्को रुबियो उज्बेकिस्तान र भारत भ्रमणमा जाँदै
राजनीति, विश्व, समाचार

अमेरिकी विदेशमन्त्री मार्को रुबियो उज्बेकिस्तान र भारत भ्रमणमा जाँदै

नेपालअखबार,काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियो १७ देखि २२ अक्टोबरसम्म उज्बेकिस्तान र भारतको भ्रमणमा जाने भएका छन्। अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुबियोले भारतको मुम्बई र जामनगरको भ्रमण गर्नेछन्। उज्बेकिस्तानमा विदेशमन्त्री रुबियोले ‘सीफाइव प्लस वन’ मन्त्रीस्तरीय बैठकमा भाग लिनेछन्। अमेरिकी विदेश मन्त्रालयका अनुसार, “उज्बेकिस्तानमा विदेशमन्त्री रुबियो ‘सीफाइव प्लस वन’ मन्त्रीस्तरीय बैठकमा सहभागी हुनुहुनेछ। यो कूटनीतिक मञ्चमार्फत हुने रणनीतिक सहयोगले अमेरिका र मध्य एसियाली देशहरूका लागि अझ शान्तिपूर्ण र समृद्ध भविष्यलाई प्रवर्द्धन गर्छ भन्ने कुरामा जोड दिनु यसको उद्देश्य हो।” रुबियोले उज्बेकिस्तान, काजाकिस्तान, ताजाकिस्तान, तुर्कमेनिस्तान र किर्गिजस्तानका वरिष्ठ अधिकारीहरूसँग द्विपक्षीय बैठकहरूमा पनि भाग लिनेछन्। यो ऐतिहासिक भ्रमणमा उनले २०० भन्दा बढी ...
पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने
राजनीति, समाचार

पिपलटारमा निर्माण गरिएको अस्थायी आवास ओलीले हस्तान्तरण गर्ने

नेपालअखबार, काठमाडौँ । नुवाकोटको पिपलटारमा बाढीपीडितका लागि निर्माण भइरहेको अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएको छ । एमाले निकट मजदुर संगठन (जिफन्ट)को नेतृत्वमा निर्माण गरिएका अस्थायी आवास बुधबार दिउँसो अध्यक्ष केपी शर्मा ओलीले हस्तान्तरण गर्ने एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार १८ अस्थायी आवाससहित प्रत्येक आवासका लागि शौचालय, बिजुली, पानी लगायतको समेत व्यवस्थापन गरिएको छ । अस्थायी आवास निर्माण अभियानमा जिफन्ट विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लामा ठुलो क्षति भएको थियो ।...
उदयपुरमा जंगली हात्ती मृत फेला
समाचार, समाज

उदयपुरमा जंगली हात्ती मृत फेला

नेपालअखबार, उदयपुर । बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जंगली भाले हात्ती मृत अवस्थामा फेलापरेको छ । ‘सानो दारे’ नामले चिनिने करिब २०–२५ वर्षे हात्ती धानखेतमा मंगलबार मृत अवस्थामा भेटिएको हो । कोशीटप्पु वन्यजन्तु आरक्षबाट करिब एक किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत भेटिएको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत हात्ती एक वर्षभन्दा बढी समयदेखि आरक्ष क्षेत्रमा बस्दै आएको थियो । हात्तीको मृत्यु प्राकृतिक कारणले भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । कोशी टप्पुवन्य जन्तु आरक्षबाट परीक्षण (पोस्टमार्टम)पछि हात्तीको मृत्युको वास्तविक कारण पत्ता लाग्ने छ । कोशीटप्पु वन्यजन्तु आरक्षको सीमा क्षेत्रमा हात्ती मृत भेटिएकाले त्यसको पोस्टमार्टम आरक्षले आज गर्ने उनले बताए ।...
भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका
समाचार, समाज

भारतको बिहारमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, अधिकांश बालबालिका

नेपालअखबार,काठमाडौं । भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मंगलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँनजिकै दुर्घटना भएको हो । डुंगामा २० जनाभन्दा बढी सवार थिए । मृतकमा अधिकांश बालबालिका रहेको बताइएको छ । डुंगामा सवार व्यक्तिहरू भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाएलगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए । दुर्घटनाको कारण भने खुलिसकेको छैन । मृतकका परिवारलाई चार–चार लाख भारतीय रुपैयाँ बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्य तीव्र बनाउन र घाइते...