Monday, October 19

Blog

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार
प्रशासन, समाचार

२ हजार बढी विद्यार्थी भएका १०९ स्कुलमा ६ अर्ब लगानी गर्दै सरकार

नेपालअखबार, काठमाडौँ । सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढाएको छ । उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठुला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ । शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ । निकासा भएको रकममार्फत अहिले विद्यालयहरूमा अत्याधुनिक १२ कोठे तीन तले भवन निर्माणको काम तीव्र गतिमा अघि बढाइन...
भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै
समाचार, समाज

भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै

नेपालअखबार, भोजपुर । गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन हराउँदै गएको छ । दसैँ नजिकिएसँगै विगतमा घरका भित्तामा सेतो, पहेँलो, रातो तथा कालो माटो लगाएर घर सजाउने गरिए पनि पछिल्लो समय बजारमा पाइने चुन तथा आधुनिक रङको प्रयोग बढेपछि भोजपुरका गाउँघरमा दशैँसँग जोडिएको यो परम्परा ओझेलमा पर्दै गएको हो । घर पोत्न खोला तथा खोल्सी तथा डाँडापाखाबाट माटो, कमेरो खोजेर ल्याउने र परिवारका सदस्य मिलेर लिपपोत गर्ने चलन अहिले भने क्रमशः हराउँदै गएको छ । पछिल्लो समय आधुनिक सामग्रीको प्रयोगले घर सफा र आकर्षक बनाउन सहज भए पनि परम्परागत कमेरो लगाउने चलनसँग जोडिएको मौलिकता भने लोप हुँदै गएको छ । नयाँ पुस्ताले पुरानो शैलीको लिपपोत र कमेरो लगाउने अभ्यास कम गर्दै जाँदा गाउँघरका यस्ता परम्परागत सीप र अनुभवसमेत ओझेलमा पर्ने चिन्ता बढेको भोजपुर नगरपालिका–६ भङ्गेरीका स्थानीयवासी भीमराज विष्ट बताए ।...
राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
राजनीति, समाचार

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

नेपालअखबार,काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले दुई अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ र भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने
प्रशासन, समाचार, समाज

राजमार्गमा खाना खाँदा बिरामी परे कारबाही हुने

नेपालअखबार,काठमाडौं । सरकारले सार्वजनिक यात्रुवाहक सवारीसाधनका यात्रुले राजमार्गमा खाना तथा खाजा खाने क्रममा बिरामी भए कारबाही गर्ने भएको छ । पूर्वाधार विकास मन्त्रालयमा मंगलबार बसेको सम्बन्धित निकायहरूको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, यात्रुले खाना तथा खाजा खाने होटल र रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना, न्यून गुणस्तरका खाद्य पदार्थ र चर्को मूल्य असुलीजस्ता गुनासो बढेपछि यस्तो निर्णय भएको हो । यात्राका क्रममा यस्ता समस्या भोग्नुपरेमा प्रहरी हेल्पलाइन नम्बर १०० मा सम्पर्क गर्न आग्रह गरिएको छ । सार्वजनिक यात्रुवाहक सवारी साधनको चालकले सफा, स्वच्छ र गुणस्तरीय खाना पाउने स्थानका (सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको खाद्य स्वच्छताको स्टिकर टाँसिएको) होटल तथा रेष्टुरेन्टहरूलाई उच्च प्राथमिकता दिई खाजा, नास्ता र खानाको...
रेसुङ्गा विमानस्थलबाट चार महिनापछि उडान सुरु
कर्पोरेट, समाचार

रेसुङ्गा विमानस्थलबाट चार महिनापछि उडान सुरु

नेपालअखबार,गुल्मी । प्रतिकूल मौसमका  कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको नियमित हवाई उडान पुन: सुरु भएको छ । मंगलबार बिहान मौसम अनुकूल भएसँगै नेपाल एयरलाइन्सले काठमाडौं–रेसुङ्गा उडान सञ्चालन गरेको हो । नेपाल एयरलाइन्सका रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख सुमन थापाका अनुसार गत २४ जेठदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको थियो । वर्षायाम सुरु भएसँगै बिहान बाक्लो बादल लाग्ने र मौसम खराब हुने क्रम बढेपछि निर्धारित तालिकाअनुसार उडान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए । उनका अनुसार वर्षायाममा हरेक वर्ष मौसम प्रतिकूलताका कारण रेसुङ्गा विमानस्थलको उडान करिब अढाइ महिनासम्म प्रभावित हुने गरेको छ । यस वर्ष भने मौसमको प्रतिकूलताले नियमित उडान लामो समयसम्म प्रभावित भएको हो । यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रे...
पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन
समाचार, समाज

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

नेपालअखबार, कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका छन् । हिमाली जिल्ला मुस्ताङसहित दार्चुला, बझाङ, बाजुरा र डोल्पाबाट व्यापारीले बिक्रीका लागि भेडाच्याङग्रा यहाँ ल्याएका हुन् । पोखरा महानगरपालिका–१ सिमपानी र पोखरा–२५ हेमजामा भेडाच्याङग्राको हाटबजार सञ्चालनमा छ । पोखरा महानगरपालिका पशु सेवा शाखाका पशु चिकित्सक नवराज अधिकारीका अनुसार मुस्ताङबाट नौ हजार, दार्चुलाबाट दुई हजार, बझाङबाट एक हजार ८०० तथा बाजुरा र डोल्पाबाट एक÷एक हजार भेडाच्याङग्रा पोखरा ल्याइसकिएको छ । अझै केही भेडाच्याङग्रा बाटोमै रहेकाले फूलपातीभन्दा एक–दुई दिन अगाडिसम्म बजारमा आइपुग्ने उनले जानकारी दिए । गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत स्थानीय भेडा बिक्रीका लागि पोखरा ल्याउने गरिन्छ । पशु चिकित्सक अधिकारीले भन्नुभयो“दशैँका लागि पोखरामा भेडाच्याङग्रा आइसकेका छन् । कतिपय व्यापारीले हाटबज...
हुथीको क्षेप्यास्त्र रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न, थालियो अनुसन्धान
राजनीति, विश्व, समाचार

हुथीको क्षेप्यास्त्र रोक्न नसकेपछि साउदीको हवाई प्रतिरक्षा प्रणालीमा प्रश्न, थालियो अनुसन्धान

नेपालअखबार,काठमाडौं । साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको घातक आक्रमणको विषयमा अनुसन्धान थालेको छ । हुथीले प्रहार गरेको क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले किन रोक्न सकेन भन्ने विषयमा अनुसन्धान केन्द्रित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । इरानसमर्थित हुथी विद्रोहीले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणबाट कम्तीमा १३ जनाको मृत्यु भएको छ । ३०० भन्दा बढी घाइते छन् । प्रारम्भिक अनुसन्धानले हुथी विद्रोहीले पहिले धेरै ड्रोन प्रहार गरेर त्यसपछि क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको देखिएको छ । यमनबाट प्रहार गरिएका ड्रोन र क्षेप्यास्त्रले एक हजार किलोमिटरभन्दा बढी दूरी पार गरेर रियाद विमानस्थललाई निशाना बनाएका थिए । अनुसन्धानले आक्रमणको पूर्वसूचना हवाई प्रतिरक्षा प्रणालीले किन दि...
विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्‍यौँ :  ओली
राजनीति, समाचार

विरोधीका षड्यन्त्र चिर्न नसकेर पछि पर्‍यौँ : ओली

नेपालअखबार, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विरोधीका षडयन्त्र चिर्न नसक्दा गत निर्वाचनमा पछि परेको बताएका छन् । सोमबार पार्टी कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन र क्रान्ति सीधा रेखाबाट नहिँडेर बक्र रेखाबाट हिँड्ने भएकाले विरोधीलाई टिक्नै नदिने गरी अघि बढ्न सक्नुपर्ने बताए । ‘यस पटक हामीले विरोधीका षड्यन्त्रलाई चिर्न सकेनौ, पराजित गर्न सकेनौ’, अध्यक्ष ओलीले भने,‘ त्यसकारण हामी पछाडि पर्‍यौँ ।’अध्यक्ष ओलीले विरोधीका षडयन्त्रहरुलाई टिक्नै नदिएर अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।...
भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ
राजनीति, समाचार

भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।...
साउदी अरबमा हुथीको लगातार हमला
राजनीति, विश्व, समाचार

साउदी अरबमा हुथीको लगातार हमला

नेपालअखबार,काठमाडौँ।  साउदी अरबमा हुथी विद्रोहीले लगातार हमला गरिरहेका छन्। पछिल्लो एक सातामा पाँचवटा विमानस्थलमा कम्तीमा १० पटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै पटकपटक आक्रमण भएको छ। पूर्वी सहर दमामको विमानस्थल र साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोका केन्द्र पनि निशानामा परेको हुथी समूहको दाबी छ। आइतबार रियाद विमानस्थलको टर्मिनल ४ मा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। आक्रमणमा ११ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यसको अघिल्लो दिन शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको साउदी अधिकारीहरूले जनाएका थिए। एक साताभित्र रियाद विमानस्थलमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको रोयटर्सले जनाएको छ। आक्रमणको जिम्मेवारी यमनका इराननिकट हुथी व...