Thursday, October 22

Blog

भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ
राजनीति, समाचार

भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

नेपालअखबार,काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन् । उनी केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् । बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) मा सहभागी हुन भारत जान लागेका हुन् । बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् । नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।...
साउदी अरबमा हुथीको लगातार हमला
राजनीति, विश्व, समाचार

साउदी अरबमा हुथीको लगातार हमला

नेपालअखबार,काठमाडौँ।  साउदी अरबमा हुथी विद्रोहीले लगातार हमला गरिरहेका छन्। पछिल्लो एक सातामा पाँचवटा विमानस्थलमा कम्तीमा १० पटक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै पटकपटक आक्रमण भएको छ। पूर्वी सहर दमामको विमानस्थल र साउदी अरबको प्रमुख तेल कम्पनी अराम्कोका केन्द्र पनि निशानामा परेको हुथी समूहको दाबी छ। आइतबार रियाद विमानस्थलको टर्मिनल ४ मा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ। आक्रमणमा ११ जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। त्यसको अघिल्लो दिन शनिबार भएको आक्रमणमा १३ जनाको मृत्यु र ३०० भन्दा बढी घाइते भएको साउदी अधिकारीहरूले जनाएका थिए। एक साताभित्र रियाद विमानस्थलमा भएका आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको रोयटर्सले जनाएको छ। आक्रमणको जिम्मेवारी यमनका इराननिकट हुथी व...
आज सुनको मूल्य घट्यो
कर्पोरेट, समाचार

आज सुनको मूल्य घट्यो

नेपालअखबार,काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, सोमबार १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार १० ग्राम चाँदीको मूल्य ३ हजार ७८५ रुपैयाँ कायम भएको छ ।...
कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु
राजनीति, समाचार

कांग्रेस सहमहामन्त्री : रामहरि खतिवडाको अग्रता कायमै र दोस्रोमा अजयबाबु

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला तर्फको सहमहामन्त्री पदमा जारी मतगणनामा रामहरि खतिवडाले अग्रता कायमै राखेका छन्। हालसम्म गणना भएको मतपरिणामअनुसार खतिवडाले ९१७ मत प्राप्त गरेका छन् । अजयबाबु सिवाकोटी ६५३ मतसहित दोस्रो स्थानमा रहँदा डिल्लिराज सुवेदीले ५०० मत प्राप्त गरेका छन्। त्यस्तै, देवेन्द्रराज कँडेलले ३९५, विकास कोइरालाले ३३०, राजीव ढुंगानाले २९३, रमेशप्रसाद धमलाले २४४, अमृतकुमार अर्यालले २०४ र विमलराज क्षेत्रीले ७२ मत प्राप्त गरेका छन्। खुला तर्फ सहमहामन्त्री पदमा दुई जना निर्वाचित हुने व्यवस्था छ।...
शुक्लाफाँटामा जङ्गल सफारी खुला
प्रशासन, समाचार, समाज

शुक्लाफाँटामा जङ्गल सफारी खुला

नेपालअखबार,कञ्चनपुर । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ । दसैँ–तिहारका बेला घुमफिरका लागि पर्यटक आउने पर्यटकका लागि मङ्गलबारदेखि निकुञ्जमा जङ्गल सफारी खुला गरिएको हो । बर्सातका कारण सबै रुट खुलाउन नसकिए पनि दसैँ–तिहारमा आउने पर्यटकलाई लक्षित गरेर मुख्य रुट खुला गरिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । “पर्यटकका लागि जङ्गल सफारी खुला गरिएको छ, दसैँमा पर्यटकहरुले शुक्लाफाँटाको अवलोकन गर्न सक्नेछन्,” उनले भने, “मझगाउँदेखि बाबाताल, रानीताल हुँदै शुक्लाफाँटा घाँसे मैदानसम्म र त्यहाँबाट बर्कौला हुँदै मझगाउँसम्मको रुट सफारीका लागि खुला गरिएको छ ।” पर्यटकले शुक्लाफाँटाको विशाल घाँसे मैदानसम्म पुगेर वन्यजन्तु अवलोकन गर्न सक्ने उनले बताए । वर्षा रोकिए एक साताभित्रै निकुञ्जका भित्री रुट पनि सञ्च...
प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिमा छलफल जारी
राजनीति, समाचार

प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि सुनुवाइ समितिमा छलफल जारी

नेपालअखबार,काठमाडौं । १३ जना प्रस्तावित राजदूतविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिमा छलफल सुरु भएको छ । प्रस्तावित सबै राजदूतविरुद्ध उजुरी परेको छ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध व्यक्तिगत रूपमा तीन वटा उजुरी छ । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध दुई वटा उजुरी परेको छ । २ असोज २०८३ मा मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो । जसमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरनजंग थापा, संयुक्त अधिराज्य (यूके) का लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा रहेका छन् । जापानका लागि थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुडामणि खरेल, दक्षिण कोरियाका ...
चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ
समाचार, समाज

चोरी भएको प्राचीन मूर्तिसहित एक युवक पक्राउ

नेपालअखबार,विराटनगर। नेपालको मन्दिरबाट चोरी भएको प्राचीन मूर्ति भारत लैजाँदै गर्दा सीमावर्ती जोगबनी क्षेत्रबाट एक नेपाली पक्राउ परेका छन्। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ५६औँ वाहिनी, बथनाहा अन्तर्गतको ‘एफ’ कम्पनी जोगबनीले उनलाई सीमा स्तम्भ नम्बर १८० नजिकै रहेको बीसीपी गेटबाट नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भोजपुर जिल्ला निवासी २० वर्षीय सुरज विश्वकर्मा रहका छन् । उनलाई शनिबार दिउँसो जोगबनी सीमामा खटिएको एसएसबीको बोर्डर इन्टिग्रेसन टिम (बीआईटी)ले नियन्त्रणमा लिएको हो । नेपालको सशस्त्र प्रहरी बल (एपीएफ)ले लिखित सूचना दिएपछि उनलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । एक मन्दिरबाट ‘माता रानी’ (देवी)को प्राचीन मूर्ति चोरी भएको र उक्त मूर्ति लिएर अभियुक्त भारत प्रवेश गर्न सक्ने आशङ्का सशस्त्र प्रहरीको थियो । उक्त सूचनाका आधारमा एसएसबीले सीमा क्षेत्रमा निगरानी कडा बनाएको थ...
पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त
समाचार, समाज

पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त

नेपालअखबार, काठमाडौँ। गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ । बाढीले गोरखाका धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा व्यापक भौतिक, संरचनागत तथा आर्थिक क्षति पुर्‍याएको छ । दर्जनौँ घर, विद्यालय र महत्त्वपूर्ण पक्की पुलहरू बाढीको भेलमा बगेका छन् । स्थानीय जनप्रतिनिधि र प्रशासनले बिहान सबेरैदेखि माइकिङ गर्दै ‘अलर्ट’ गराएका कारण यति ठुलो विपद्मा पनि मानवीय क्षति भने टरेको छ । सर्वस्व गुमाएर रित्तो हात भागेका विस्थापितहरूको दैनिक जीवन भने अत्यन्तै कष्टकर बनेको छ । विपद्को सुरुवात चुमनुब्री गाउँपालिकाको वडा नम्बर ६ स्थित खारोङ र उङजुलुङको बीचमा खसेको सुक्खा पहिरोबाट भएको थियो । पहिरोले थुनिएको स्यार खोला एक्कासि फुटेर बुढीगण्डकीमा मिसिएपछि तटीय क्षेत्रका ब...
प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात
अर्थ, प्रशासन, समाचार

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ५४ करोड मौज्दात

नेपालअखबार,काठमाडौँ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा आजसम्म मौज्दात रकम रु १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ पुगेको हो।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा मैज्दात रु १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका डलर खातामा रु दुई करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर पुगेको छ । सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि रु एक अर्ब बाढी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ।...
बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न नेकपाका संयोजक प्रचण्डको आग्रह
राजनीति, समाचार

बूढीगण्डकी बाढी प्रभावितको सहयोगमा जुट्न नेकपाका संयोजक प्रचण्डको आग्रह

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका छन् । गोरखा जिल्लामा पर्ने बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ । कालो लेदोसहित आएको बाढीले पक्की पुल, झोलुङ्गे पुल, घर तथा बजार क्षेत्रमा क्षति पुर्‍याएको छ । चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्‍याएको क्षति तथा पुल र घरहरू बगाएको छ । यस अवस्थाबारे सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले बूढीगण्डकी बाढी प्रभावितको उद्धार, राहत र सुरक्षामा जुट्न आग्रह गरेका हुन् ।‘प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैमा हार्दिक आग्रह गर्दछु । साथै बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस विपद्क...