Tuesday, August 18

अपराध

घुस रकमसहित प्रहरी चौकीका प्रमुख नै पक्राउ
अपराध, प्रशासन, समाचार

घुस रकमसहित प्रहरी चौकीका प्रमुख नै पक्राउ

नेपालअखबार, रूपन्देही। रूपन्देहीमा एक प्रहरी नायब निरीक्षक (सइ)लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३० हजार घुस रकमसहित पक्राउ गरेको छ । रूपन्देहीको हाटीबनगाई (दुर्गौलिया) प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्कालाई ३० हजार घुसको रकमसहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले जनाएको छ। बिहीबार दिउँसो भन्सार छली र चोरी तस्करी गर्न सहजीकरण गरीदिने भन्दै घुस रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले प्रहरी नायब निरीक्षक खड्कालाई पक्राउ गरेको अख्तियारको बुटवल कार्यालय प्रमुख बिनिता भट्टराईले जानकारी दिए। कार्यालय प्रमुख भट्टराईका अनुसार, रुपन्देहीको मर्चवार क्षेत्रस्थित मायादेवी गाउँपालिका–६ मकरीचोकबाट घुस रकमसहित पक्राउ परेका प्रनानि खड्कालाई घुस प्रकरणमा आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको छ । पक्राउ परेका खड्का हाटीबनगाई (दुर्ग...
घुस लिएर दोहोरो जन्मदर्ता बनाएको आरोप लागेका वडासचिवविरुद्ध मुद्दा दायर
अपराध, समाचार

घुस लिएर दोहोरो जन्मदर्ता बनाएको आरोप लागेका वडासचिवविरुद्ध मुद्दा दायर

नेपालअखबार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो जन्मदर्ता बनाई २ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोप लागेका पोखरा महानगरपालिका २७ का तत्कालीन वडासचिव प्रभाव लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ ।अख्तियारले बिहीबार लामिछानेविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको हो । उनले सेवाग्राहीसँग २ लाख ५० हजार रुपैयाँ घुस लिई सो रकम उनको बैंक खातामा जम्मा गरेको भेटिएको अख्तियारको भनाइ छ । उनीविरुद्ध अख्तियारले २ लाख ५० हजार बिगो मागदाबी तीन महिनादेखि एक वर्षसम्म कैद सजाय माग गरेको छ । यस्तै दोहोरो जन्मदर्ता बनाउने दिनेश लामिछानेलाई पनि सोही सजायको मागदाबी गरिएको छ ।...
पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’
अपराध, विदेश, समाचार, समाज

पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

नेपालअखबार,इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।उक्त संगठनले रेलमा रहेका सुरक्षाकर्मीसहित यात्रीलाई नियन्त्रणमा लिइएको दाबी गरेको छ । उक्त रेल क्वेटाबाट पेशावरतर्फ जाँदै गरेको अवस्थामा लडाकु समूहले नियन्त्रणमा लिएको बताइएको छ । प्रान्तीय सरकारले स्थानीय प्रशासनलाई आपत्कालीन उपाय अवलम्बन गर्न निर्देशन दिएको समाचार एजेन्सीहरूले जनाएका छन् । बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिन्दले लडाकु समूहले रेलमा हमला गरेको पुष्टि गरे । यद्यपि, यस विषयमा उनले थप विवरण आउन बाँकी रहेको जनाएका छन् भौगोलिक विकटताका कारण सो क्षेत्रमा सरकारी अधिकारी तथा सुरक्षाकर्मी पुग्न समय लाग्ने उनको भनाइ छ । रेलवे विभागले सो क्षेत्रमा उ...
अनलाइन जुवा खेलाएको आरोपमा ४ भारतीय पक्राउ
अपराध, समाचार

अनलाइन जुवा खेलाएको आरोपमा ४ भारतीय पक्राउ

नेपालअखबार,काठमाडौं । २ अर्ब रुपैयाँ भन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा चार भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेश गोरखपुरका २२ वषीृय एमडी आरिफ हुसेन, उत्तर प्रदेश फत्तेपुरका ४२ वर्षीय अब्दुल कलाम, गोरखपुरकै २५ वर्षीय अभिशेष मदेसिया र फत्तेपुरका ४० वर्षीय इरफान पठान छन् । उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले पक्राउ गरेको हो । बूढानीलकण्ठको तौलुङमा घर भाडामा लिएर नउीहरुले अनलाइन जुवा तथा सट्टेबाजी खेलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।उनीहरूविरुद्ध पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।...
बेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ
अपराध, समाचार

बेलायत पठाउने भन्दै ३७ लाख ठगी आरोपमा एक जना पक्राउ

नेपालअखबार,काठमाडौं । वैदेशिक रोजगारीमा युके (बेलायत) पठाउने भन्दै साढे ३७ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–२ घर भएका ३२ वर्षीय मदन भण्डारी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाखुसीबाट पक्राउ गरेको हो । उनले एक व्यक्तिलाई युके पठाउने भन्दै उक्त रकम ठगी गरेको आरोप छ । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।...
इरानमा दुई न्यायाधीशको गोली हानी हत्या
अपराध, विदेश, समाचार

इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

नेपालअखबार,तेहरान । इरानको राजधानी तेहरानमा दुई न्यायाधीशको गोली हानी हत्या गरिएको छ । सरकारी मिडियाका अनुसार इरानको सर्वोच्च अदालतबाहिर दुई वरिष्ठ न्यायाधीशको गोली हानी हत्या गरिएको हो । यस आक्रमणमा अर्का न्यायाधीशसँगै एक अंगरक्षक पनि घाइते भएको मिडियाले जनाएको छ । अज्ञात आक्रमणकारीले गोली चलाउने लगत्तै आफैँलाई गोली हानेको पनि बताइएको छ । आक्रमण कुन प्रयोजनका लागि गरिएको हो भन्ने अहिलेसम्म खुलेको छैन । मारिएका दुवै न्यायाधीशहरू ८० र ९० को दशकमा इस्लामिक शासनका विरोधीहरूको उत्पीडन र हत्यामा उनीहरूको भूमिकाका लागि परिचित थिए।...
पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ
अपराध, प्रशासन, समाचार, समाज

पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

नेपालअखबार,पोखरा । पोखरामा अवैध लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। बिहीबार बेलुका ६ बजे पोखरा महानगरपालिका– १ सिद्धनाथ टोलबाट सोही स्थान बस्ने वर्ष ३७ कानिसद बाबु श्रेष्ठ र पर्वत कुश्मा नगरपालिका– १० स्थायी वतन भई हाल पोखरा– ८ नयाँबजार बस्ने वर्ष ३२ को दीपक वि.क.लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। प्रहरीले उनीहरुको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो देखिने पदार्थ ०.४९० ग्राम, लागू औषध डाईजापाम– ३ एम्पुल, नाम उल्लेख नभएको सादा एम्पुल २ एम्पुल गरी जम्मा ५ एम्पुल, डिजिटल तराजु १ थान र मोवाईल २ थानसमेत बरामद गरिएको जनाएको छ। यस्तै, बिहीबार राति ९ बजे पोखरा महानगरपालिका–२५ हेम्जाबाट सोही स्थान बस्ने वर्ष २८ कोलगिन थापालाई पनि प्रहरीले पक्राउ गरेको छ। थापाको घरकोठा खानतलासी गर्दा लागूऔषध खैरो हिरोईन (ब्राउन सूगर) जस्तो दे...
म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ
अपराध, प्रशासन, समाचार

म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

नेपालअखबार ,काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई छिन् । उनलाई मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई ठगी गरेको आरोप छ । रकम लिएपछि सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।...
श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गर्ने, गराउने फ्रान्सका पुरूषसहित ५० जनालाई सजाय
अपराध, विदेश, समाचार, समाज

श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गर्ने, गराउने फ्रान्सका पुरूषसहित ५० जनालाई सजाय

नेपालअखबार,काठमाडौँ । श्रीमतीलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका र दर्जनौं अरू पुरूषलाई समेत बोलाएर बलात्कार गराउन लगाएका एक फ्रान्सेली पुरूषलाई बीस वर्ष कैद सजाय सुनाइएको छ। फ्रान्सेली नागरिक ७२ वर्षीय डोमिनिक पेलिकोलाई बिहीबार दक्षिण फ्रान्सको एभिन्यो सहरको अदालतले यो सजाय तोकेको हो। डोमिनिकको आमन्त्रणमा आएर उनकी श्रीमतीलाई बलात्कार र यौन दुर्व्यवहार गर्ने ५० जना अरू पुरूषलाई पनि तीनदेखि १५ वर्षसम्म कैद सजाय सुनाइएको छ। अदालतले तीमध्ये ४६ जनाले बलात्कार गरेको ठहर गरेको छ। त्यस्तै दुई जनालाई बलात्कार प्रयास गरेको र अरू दुई जनाले यौन उत्पीडन गरेकोमा दोषी ठहर गरेको छ। डोमिनिक अवकाशप्राप्त इलेक्ट्रिसियन र जग्गाको कारोबार गर्ने व्यक्ति हुन्। उनले श्रीमती जिजेल पेलिकोलाई बेहोस पारेर वर्षौंसम्म बलात्कार गरेका थिए। समान उमेरका उनीहरूले सन् १९७३ मा बिहे गरेका थिए। आर्थिक कारण...
नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा
अपराध, समाचार, समाज

नक्कली अपाङ्गताको नक्कली सिफारिस लिँदा

नेपालअखबार, खोटाङ। बोल्न नसक्ने र कानसमेत नसुन्ने जनाउँदै सहयोग मागेर हिँडिरहेका अवस्थामा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले दुई युवालाई पक्राउ गरेको छ। शहीद लखन गाउँपालिका गाउँकार्यपालिका गोरखाले दीपेन्द्रकुमार शर्मा र सन्तोषकुमार शर्मालाई आर्थिक सहयोग गरी दिन भनी उपलब्ध गराएको नक्कली पत्रका आधारमा ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीसँग चन्दा माग्दै हिँड्ने दुई युवालाई प्रहरीले सोमबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–५ गढीमाईका १९ वर्षीय अजयराम चमार र  जितेन्दरराम चमार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मोहन पोखरेलले जानकारी दिए। ‘शहीद लखन गाउँपालिकामा जम्मा नौवटा मात्रै वडा छ। उनीहरुले प्रयोग गर्दै आएको आर्थिक सहयोगको पत्रमा ११ नं वडा लेखिएको छ,’ उनले भने, ‘पत्रमा उनीहरू जन्मदेखि लाटो र कान नसुन्ने भनेर लेखिएको रहेछ। तर, उनीहरू मजाले बोल्ने र...