Thursday, August 20

अपराध

भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ
अपराध, समाचार

भक्तपुरबाट २ थान कटुवा पेस्तोलसहित एकजना पक्राउ

नेपालअखबार, काठमाडौं । भक्तपुरबाट दुई थान कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर घइ हाल भक्तपुरको लोकन्थली बस्ने ४० वर्षीय जंगे माझी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । प्रहरीका अनुसार बुधबार बेलुका साढे ७ बजे लोकन्थलीको कखरा स्कुल नजिकै बाटोमा शंकास्पद क्रियाकलाप गरी बसेको अवस्थामा गस्ती प्रहरी टोली उनलाई फेला पारेको थियो । त्यसपछि उनलाई सोधपुछ गरी शरीर खानतलासी गर्दा दुई थान कटुवा पेस्तोल र एक थान गोलीसहित पक्राउ गरिएको प्रवक्ता पाठकले जानकारी दिए । प्रहरीका अनुसार उनलाई प्रहरी वृत्त ठिमीमा राखिएको छ । माझीसँगै भएका ठेगाना नखुलेका अन्दाजी २८/३० वर्षका अश्विन दाहाललाई चेकजाँचको क्रममा फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट उनीहरुले लुटपाटको योजना बनाइरहेको भन्ने खुलेको पनि प्रहरीले ज...
ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा
अपराध, प्रशासन, समाचार

ठग बहादुरविरुद्ध १८ लाखको भ्रष्टाचार मुद्दा

नेपालअखबार, काठमाडौँ । सेवाग्रहीबाट सुन समातेर पैसा र चेक लिएपछि मात्रै फिर्ता दिन खोज्ने तत्कालीन इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठकबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयको टोलीले केसीलाई कार्यालयमै सुन, नगद र चेकसहित नियन्त्रणमा लिएको थियो । रुपन्देहीस्थित बुटवल उप–महानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिएर गएका डिएसपी केसीले फिर्ता गरेका थिएनन् प्रहरी प्रधान कार्यालयको प्रतिवेदन र उजुरीका आधारमा आयोगले डिएसपीमाथि थप छानबिन गरेको थियो । केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका –५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन समातेर फिर्ता दिएका थिएनन् । १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैले सुन राखी फिर्ता नदिएर उनले सेवाग्रहीसँग १८ लाख मागेका थिए । सुन धनीले आठ ल...
तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
अपराध, समाचार, समाज

तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

नेपालअखबार, तनहुँ। तनहुँमा छात्रालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। ऋषिङ गाउँपालिका-६ स्थित ज्यामिरेमाई आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन्। उनी त्यहीँका स्थानीय हुन्। थापाविरूद्ध भदौ ३ गते सोही विद्यालयमा पढ्ने १२ वर्षीया छात्रालाई बलात्कार गरेको उजुरी प्रहरीमा आएको थियो। त्यसपछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले बताए। थापालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको एसपी विष्टले जानकारी दिए।...
सुन तस्करीको फेरियो शैली
अपराध, पत्रपत्रिका, प्रशासन, समाचार

सुन तस्करीको फेरियो शैली

नेपालअखार, काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् । सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले ज...
कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ
अपराध, समाचार

कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ

नेपालअखबार, काठमाडौँ । ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् । जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए । आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ ।...
जबरजस्ती करणी आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ
अपराध, समाचार

जबरजस्ती करणी आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

नेपालअखबार, विराटनगर । बलात्कारको आरोपमा प्रहरीले नेकपा (एमाले)को भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बेलबारी नगर कमिटी अध्यक्ष काशीराज तामाङलाई पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका-१० घर भएका ३४ वर्षीय तामाङलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । एक २० वर्षीया युवतीले किटानी जाहेरी दिएपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।युवतीले दिएको जाहेरीमा असार २ गते बलात्कार गरेको भन्ने उल्लेख छ । तामाङविरुद्ध साउन २४ गते किटानी जाहेरी परेको थियो । तामाङ पोललाइट रेस्टुरेन्टमा सञ्चालक पनि हुन् । सोही रेष्टुरेन्टमा बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ । तामाङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको डीएसपी दाहालले बताए ।  ...
काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या
अपराध, समाचार, समाज

काभ्रेमा श्रीमानले गरे श्रीमतीको हत्या

नेपालअखबार, काठमाडौं । काभ्रेको पाँचखाल नगरपालिका-१२ एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । देवीराज भेटवालको घरमा डेरा गरी बस्ने ३६ वर्षीय हरी माझीले २६ वर्षीया श्रीमती कुमारी माझीलाई टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरी चौकी बालुवाले जनाएको छ । कुमारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान २ बजेर ११ मिनेटमा मृत्यु भएको थियो । श्रीमतीको हत्यामा संलग्न हरी माझीलाई बालुवा प्रहरीले नियन्त्रणमा लिएको छ । उनले श्रीमतीलाई चिर्पट प्रहार गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी बालुवाबाट करिब तीन किलोमिटर पूर्वमा पर्दछ ।...
घाँस काट्दै गरेकी श्रीमतीको हत्या
अपराध, समाचार, समाज

घाँस काट्दै गरेकी श्रीमतीको हत्या

नेपालअखबार, बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या गरेका हुन् । घरबाट करिब पाँच सय मिटर टाढा धानखेतमा घाँस काटिरहेको बेला सुनारले पछाडिबाट धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए । प्रहरीले सुनारलाई नियन्त्रणमा लिएको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सय किलो सुन प्रकरणमा विमानस्थलबाट पक्राउ परे दुई जना चिनियाँ
अपराध, प्रशासन, समाचार

सय किलो सुन प्रकरणमा विमानस्थलबाट पक्राउ परे दुई जना चिनियाँ

नेपालअखबार, काठमाडाैं। त्रिभुवन विमानस्थल परिसरबाट बरामद गरिएको सय किलो सुन प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चिनियाँ नागरिकहरू ली जियालिङ र लिउ फुयान छन्। उनीहरूलाई शुक्रबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। उनीहरू हिमालय एअरको फ्लाइटबाट बिहान ९ बजे चीन जाँदै थिए। सिआइबीले यी दुई व्यक्तिहरूलाई कालोसूचीमा राख्न यसअघि नै अध्यागमनलाई पत्राचार गरेको थियो। उनीहरू चीन जान लागेको सूचना अध्यागमनबाट प्राप्त भएपछि सिआइबीले विमानस्थलबाटै पक्राउ गरेको हो। सय किलो सुन प्रकरणमा उनीहरूको भूमिकाको विषयमा भने खुलाइएको छैन। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २० पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्। भन्सार एजेन्ट रुक्मिना सुब्बा स्वास्थ्य अवस्थाका कारण हाजिरी जमानीमा रिहा भएकी थिइन्। वि...
धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ
अपराध, प्रशासन, समाचार

धनगढीबाट चितुवाको छालासहित दुई जना पक्राउ

नेपालअखबार, काठमाडौँ । धनगढीस्थित एक होटलबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  डडेलधुराको परशुराम नगरपालिका–१२ घर भएका १७ वर्षीय गोविन्द भट्टराई र कञ्चनपुर वेदकोटका ४८ वर्षीय बामदेव जोशी छन् । आरोपीतहरुलाई धनगढीको बोराडाँडीस्थित न्यु रोहन होटलबाट पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रज्वल महर्जनले जानकारी दिए । सुदूरपश्चिम प्रदेश कार्यालयबाट प्रनानि प्रकाश कडायतको कमाण्डमा खटिएको टोलीले अरोपीतहरुको साथबाट एकथान चितुवाको छाला बरामद गरेको छ । चितुवाको छाला कारोबारमा संलग्नहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।...