Thursday, August 20

अपराध

प्रतिकार गरेपछि लुटेरा समूहबाट मारिए रोहित
अपराध, समाचार, समाज

प्रतिकार गरेपछि लुटेरा समूहबाट मारिए रोहित

नेपालअखबार, विराटनगर । विराटनगर – ५ का २८ वर्षीय रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीय पर्वत भन्ने दीपक तिमिल्सिना र धरान उपमहानगरपालिका १४ का  ३४ वर्षीय अनसन तामाङलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरूलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बुधवार  पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । पक्राउ परेका मध्ये दीपक घटनाको मुख्य अभियुक्त हुन् । उनैले रोहितलाई सुनसरी धरान–इटहरी सडक खण्डको सेउती पुल नजिकैको जङ्गलमा साउन ५ गते गोली प्रहार गरेका थिए । होहल्ला गर्दै प्रतिकार गरेपछि रोहितलाई लुटेरा समूह मध्येका मुख्य नाइके दीपकले गोली प्रहार गरेको अनुसन्धानबाट खुलेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी दिनेशनाथ बास्तोलाले जानकारी दिए । ‘खुकुरी गर्धनमा र पेस्तोल छातीमा ...
तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या
अपराध, समाचार, समाज

तनहुँमा भरूवा बन्दुकले हानेर श्रीमतीको हत्या

नेपालअखबार, तनहुँ । तनहुँको व्यास नगरपालिका-५ मानुङमा भरूवा बन्दुकले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मानुङका ५६ वर्षीय श्रीप्रसाद आलेले भरुवा बन्दुकको गोली हानेर ४७ वर्षीया श्रीमती गीता आलेको हत्या गरेका हुन् । मंगलबार राति ११ बजे श्रीप्रसादले आफ्नै घरमा सामान्य विवाद हुदा श्रीमतीलाई गोली हानेका थिए । गोली लागेर घाइते भएकी गीतालाई उपचारको लागि दमौली अस्पताल ल्याइएकोमा उनको राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाँणले जानकारी दिए । श्रीप्रसादलाई राति नै प्रहरीले पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खाँणले बताए ।...
प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राखेपछि….
अपराध, समाचार, समाज

प्रेमिकाको भिडियो ‘पोर्न’ साइटमा राखेपछि….

नेपालअखबार, काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन) को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दी साबिक अर्मन गाविस–२ का २७ वर्षीय प्रकाश विक र म्याग्दीकै २३ वर्षीय रस्मिलाबिच नेपालमा हुँदा बसेको प्रेम दुई फरक देशमा पुगेपछि थप प्रगाढ बन्छ । उच्च शिक्षाका लागि जापानमा पुगेकी रस्मिला र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका प्रकाशबिचको इन्टरनेट फोनमा हुने कुराकानी अक्सर नग्न अवस्थामै हुन थाल्छ । प्रकाशले रस्मिलाका नग्न तस्बिर र भिडियो झुक्याएर मोबाइलमा सुरक्षित राख्छन् । जापानमा रहेकी रस्मिला अध्ययन र विदेशको रहनसहनमा बिस्तारै घुलमिल हुँदै जान्छिन् र प्रकाशसँगको कुराकानी बिस्तारै कम हुँदै जान्छ । प्रकाशले यसलाई अनेक शङ्क...
बुढानीलकण्ठमा हतियार प्रहार गरेर युवतीको हत्या
अपराध, समाचार

बुढानीलकण्ठमा हतियार प्रहार गरेर युवतीको हत्या

नेपालअखबार, काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–४ स्थित भसुन्थलीमा युवतीको हत्या भएको छ । धारिलो हतियार प्रहार गरेर सप्तरी घर भएर बुढानीलकण्ठ बस्ने २८ वर्षीया अनिता चौधरीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हत्यामा संलग्न आरोपमा ५२ वर्षीय गौरासिंह बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए । साउन १४ मा बोहराले अनितालाई चक्कु प्रहार गरेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको हो । छिमेकमा बस्ने बोहराले राति साढे ९ बजेतिर चक्कु प्रहार गरेको अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले जानकारी दिए ।...
नेदरल्याण्ड पठाइदिने भन्दै ४४ लाख ठग्ने प्रहरीको फन्दामा
अपराध, समाचार, समाज

नेदरल्याण्ड पठाइदिने भन्दै ४४ लाख ठग्ने प्रहरीको फन्दामा

नेपालअखबार, काठमाडौँ । नेदरल्याण्ड पठाइदिने भन्दै ६ जनासँग ४४ लाख ५० हजार रुपैयाँ ठग्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १३ स्थायी घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने कपिल बर्मालाई पक्राउ गरेको हो । उनले विक्रम कार्की समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड पठाईदिने भन्दै  जनही १२ लाख रुपैयाँ लाग्ने बताएका छन् । यस्तै नेदरल्याण्ड पुगेपछि प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक २ लाख रुपैयाँ तलब हुने विश्वास दिलाएका थिए । सोही अनुसार उनले पीडितहरूबाट पटकपटक गरी चवालिस लाख पचास हजार रुपैयाँ उठाएर सम्पर्क विहीन भएपछि पीडितहरुले ठगीको उजुरी दिएका थिए । जसअनुसार वैदेशिक रोजगार विभागले गरेको पत्राचारको आधारमा बर्मालाई मण्डिखाटारबाट पक्राउ गर...
भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ
अपराध, विदेश, समाचार

भारतमा पाँच वर्षीय बालिकाको शव फेला : बलात्कार पछि हत्या गरेको आरोपमा युवक पक्राउ

नेपालअखबार, काठमाडाैं। भारतको केरलामा पाँच वर्षीय बालिकाको शव भेटिएको छ । हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार केरलाको एरनाकुलम जिल्लामा बालिकाको शव भेटिएपछि २९ वर्षका व्यक्तिलाई बलात्कार र हत्याको आरोपमा पक्राउ गरिएको छ । स्थानीय अदालतले अभियुक्तलाई १४ दिनको हिरासतमा पठाएको छ । प्रहरीका अनुसार अभियुक्त अशफाक आलक मूल रूपमा बिहारका हुन् र घटनामा उनी एक्लैको संलग्नता छ । रिपोर्टका अनुसार आइतबार बालिकाको शव अन्तिम संस्कारभन्दा अघि स्कुलमा राखियो जहाँ नेता र सामाजिक कार्यकर्तासमेत सयौँ जम्मा भए । बालिकाको परिवारले शुक्रवार बालिका हराएको उजुरी दर्ता गरेका थिए, त्यसपछि अभियुक्त अशफाकलाई पक्राउ गरिएको थियो । प्रहरीले भनेको छ, ‘यस्ता प्रत्यक्षदर्शी भेटिएका छन् जसले घटनाभन्दा एक घण्टा अघि अभियुक्तलाई बालिकासँग देखेका थिए ।’...
भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु
अपराध, समाचार

भारतमा चलिरहेको रेलमा गोली प्रहार, ४ जनाको मृत्यु

नेपालअखबार, काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ)का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।...
एनएमबि बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ
अपराध, समाचार

एनएमबि बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

नेपालअखबार, महोत्तरी । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार-पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए । साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसकेको प्रहरीले जनाएको छ । चाँडै नै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए । पक्राउ परेका अजय माथ...
१९ राउण्ड गोलीसहित वीरगन्जमा भारतीय युवक पक्राउ
अपराध, समाचार

१९ राउण्ड गोलीसहित वीरगन्जमा भारतीय युवक पक्राउ

नेपालअखबार, पर्सा । शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोलीसहित एक जना भारतीय युवक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका-८ भानुचोकबाट भारत बिहार पश्चिम चम्पारण लगुन्नाह बस्ने २२ वर्षीय मुरारी कुमारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई जाँच गर्न खोज्दा उनले बोकेको झोला फाली भागे पश्चात् झोला तलासी गर्दा उक्त गोली फेला परेको थियो । तत्कालै जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले उनको खोजी गर्ने क्रममा सोही महानगरपालिकास्थित प्रभु अस्पताल नजिकै भाग्दै गरेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या
अपराध, समाचार

नेपाल-भारत सीमा क्षेत्रमा महिलाको गोली हानी हत्या

नेपालअखबार, धनुषा । नेपाल-भारत सिमाना नजिक भारतीय क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित रहेको दशगजा पारी महिलाको हत्या भएको प्रहरीले जनाएको छ। पहिचान खुल्न नसकेको अन्दाजी ३५ वर्षीया महिलालाई गएराति सवा ८ बजे मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको प्रयक्षदर्शीले बताएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ती महिला भारतीय नै रहेको आशंका गरिएपनि यकिन हुन नसकेको धनुषाका एसपी विश्वराज खड्काले जानकारी दिए। ‘घटनास्थल छेउछाउका टोलतर हामीले फोटो देखाइ देखाई शवको बारेमा सोधपुछ गरिरहेका छौँ तर अहिलेसम्म कसैले चिनेको भनेका छैनन्।ती महिलाले हातमा घडी लगाएकी छिन्।घडीको समय हेर्दा भारतीय समय नै देखिन्छ।त्यसले उनी भारतीय नै हुनसक्ने हाम्रो आशंका छ,’ उनले भने। घटना दशगजा पारी भए पनि सीमा क्षेत्र नजिक भएकाले धनुष...