Wednesday, August 19

अपराध

मुस्ताङमा चोरी, काठमाडौँमा पक्राउ
अपराध, समाचार

मुस्ताङमा चोरी, काठमाडौँमा पक्राउ

नेपालअखबार, काठमाडौँ । मुस्ताङमा चोरी गरेर फरार रहेका एक जना युवक काठमाडौँमा पक्राउ परेका छन् । २०७९ साल पुस १२ गते मुस्ताङ वारागुङ गाउँपालिका–१स्थित छिरिङ खाजाघरबाट ५ लाख रुपैयाँ चोरी गरी फरार रहेका राजकुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो । मोक्तानलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट पत्राचार गरेको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गत वैशाख १७ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–५ जगातिबाट पक्राउ गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ पठाइएको छ ।...
गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ
अपराध, समाचार

गुल्मीमा जडीबुटी उद्यानमा आगजनी गर्ने व्यक्ति पक्राउ

नेपालअखबार, गुल्मी। गुल्मीमा जडीबुटी उद्यानमा आगो लगाउने एक व्यक्तिलाई पक्राउ गरिएको छ। इस्मा गाउँपालिका–५ इस्मा जडीबुटी उद्यानमा आगो लगाउने सोही ठाउँका कृष्णबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला वन अधिकृत जीवन पङ्गेनीले जानकारी दिए। उनले यही वैशाख १० गते जडीबुटी उद्यानमा आगो लगाएको प्रमाणित भएपछि पक्राउ गरिएको हो । गुल्मी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आगजनीमा संलग्न बस्नेतमाथि अनुसन्धान थालिएको छ। लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको एक करोडभन्दा बढी लगानीमा जडीबुटी उद्यान निर्माण गरिएको थियो। उक्त वन उद्यानमा रोपण गरिएका एक सयभन्दा बढी विभिन्न प्रजातिका बहुमूल्य जडीबुटी आगलागीबाट जलेर नष्ट भएको डिभिजन वन कार्यालयले जनाएको छ। आधा हेक्टर वन क्षेत्रमा आगलागी भएको थियो। वन ऐन, २०७६ अनुसार वन क्षेत्रमा आगजनी गर्ने व्यक्तिलाई रु ६० हजार जरिवाना वा तीन वर्...
श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
अपराध, समाचार

श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

नेपालअखबार, दाङ। दाङमा एक महिलाले बञ्चरो प्रहार गरी श्रीमानको हत्या गरेकी छन्। बंगलाचुली गाउँपालिका वडा नं. १ सिउजाडाँडामा ५७ वर्षीया केशरादेवी दमाइले ६४ वर्षीय श्रीमान रेशमबहादुर दमाइको हत्या गरेकी हुन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार बिहीबार बिहान ९ बजेतिर आपसी विवाद हुँदा श्रीमतीले श्रीमानमाथि बञ्चरोले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो। प्रहरीले हत्या आरोपमा केशरादेवीलाई पक्राउ गरेको छ। घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी सहायक निरीक्षक सहदेव योगीको कमाण्डमा टोली खटिएको थियो।  घटनाको कारण खुलिनसकेको कार्यालयले जनाएको छ।...
माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार
अपराध, समाचार

माओवादी नेता वर्षमान पुनकी आमामाथि गोली प्रहार

नेपालअखबार, काठमाडौँ । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमामाथि गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ । गए राति १० बजेतिर उनले गोली प्रहार गरेका हुन् । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको छ । अनन्तकी आमाको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार हुँदै छ ।...
अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
अपराध, समाचार

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ

नेपालअखबार, एजेन्सि । अमेरिका र कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ। काठमाडौं‌ महानगरपालिका–१४ घर भई बूढानीलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई प्रहरीले पक्राउ गरेको हो। राणाले सयौँ व्यक्तिलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाइदिन सक्छु भन्दै प्रलोभनमा पारी करोडौँ रकम लिएर सम्पर्कविहीन भएकाले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि प्रहरीले उनलाई बूढानीलकण्ठ कपनबाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका राणालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।...
ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर मोसो दले
अपराध, समाचार, समाज

ज्याला माग्दा मजदुरलाई ठेकेदारले चोकमा बाँधेर मोसो दले

नेपालअखबार, जनकपुर ।काम गरेको ज्याला माग्दा महोत्तरीमा एक निर्माण व्यवसायीले मजदुरलाई अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि दुर्व्यवहार भएको हो । स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । यही चैत २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर मिश्रले कुटपिट गर्दै चोकको विद्युत पोलमा पाता कसेर, मोसो दलेर केस मुण्डन गरिदिएका छन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यवहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताए । अमानवीय अपमानजनक व्यवहार कसुरमा पाँच वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ । मुस्लिम धर्माम्बलम्बीको अहिले रमजान (रोजा) चलिरहेको छ । पीडित परिवारका ...
न्यायाधीश भुवन गिरी पक्राउ
अपराध, प्रशासन, समाचार

न्यायाधीश भुवन गिरी पक्राउ

नेपालअखबार । बलात्कारको आरोप लागेका न्यायाधिश भुवन गिरी पक्राउ परेका छन्। गत साता जिल्ला अदालत कपिलवस्तुले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो। गिरीलाई प्रहरीले मंगलबार दिउँसो काठमाडौंको गोंगबुको पवित्रनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए। पक्राउ परेका गिरीलाई कपिलवस्तु पठाउने तयारी भइरहेको छ। पछिल्लो समय गिरी न्याय परिषदमा कार्यरत थिए। यसअघि उनी जिल्ला अदालत कपिलवस्तुमा न्यायाधीश थिए। गत फागुन दोस्रो साता उनलाई न्याय परिषदमा तानिएको थियो। न्यायाधीश गिरीले आफूमाथि बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। पीडितले मंसिर पहिलो साता नै जाहेरी दिएकी थिइन्। तर प्रहरीले उनको जाहेरी दर्ता गर्न मानेको थिएन। पीडितले राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानव अधिकार आयोग र न्याय परिषद‍मा पन...
एक तोला सुनको लोभमा पूर्वी रूकुममा २ बालिकाको हत्या
अपराध, समाचार, समाज

एक तोला सुनको लोभमा पूर्वी रूकुममा २ बालिकाको हत्या

नेपालअखबार, रूकुम । पूर्वी रूकुमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर ३ रन्मामा बिहीबार मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ। स्थानीय दुई किशोरी ती बालिकाहरूको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। स्थानीय ७ वर्षीया कालीमाया बुढा र उनकी ८ वर्षीया दिदी रिना बुढाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई किशारीलाई पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रमुख, डिएसपी अन्जना श्रेष्ठले बालिकाहरूको हत्यामा संलग्न २ जना किशोरी पक्राउ परेका र उनीहरूलाई आइतबार सार्वजनिक गर्न लागिएको बताइन्। गत बुधबार सिस्नो टिप्न हिँडेका दिदीबहिनी घर नफर्किएपछि परिवार र आफन्तले खोजी गरेका थिए। बिहीबार बिहान घरबाट २ किलोमिटर पर झुपा खोला भीरमा उनीहरूको शव भेटिएको थियो। डिएसपी श्रेष्ठका अनुसार हत्या भएका २ बालिकाले एक तोला बराबरको सुनका ...
धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा
अपराध, समाचार

धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा

नेपालअखबार, काठमाडाैं । काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो। काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक केही दिनअघि पण्डितमाथि धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो। इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले फरार रहेका ३ जनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको बताए। पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छि...
छोरीको हत्या आरोपमा बुवा पक्राउ
अपराध, समाचार, समाज

छोरीको हत्या आरोपमा बुवा पक्राउ

नेपालअखबार, बागलुङ। बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनका अनुसार सायरले घरमा आफ्नी श्रीमतीमाथि पनि कुटपिट गर्थे। घरेलु हिंसाकै कारण श्रीमती एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन्। छोरी भने बुवा सँग थिइन्। त्यसैबीच उनको हत्या भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।...