Sunday, May 31

अपराध

धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा
अपराध, समाचार

धारिलो हतियार प्रयोग गरी कुटपिट गरेको आरोपमा काठमाडौंबाट पक्राउ परे ३ युवा

नेपालअखबार, काठमाडाैं । काठमाडौँको बालाजुमा एक व्यक्तिलाई धारिलो हतियार प्रयोग गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। नुवाकोट विदुर नगरपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीय सुमन पण्डितलाई धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो। काठमाडौँ महानगरपालिका–१६ गङ्गाहल नजिक केही दिनअघि पण्डितमाथि धारिलो हतियार प्रयोग गरी कुटपिट भएको थियो। इलाम चुलाचुली गाउँपालिका घर भई काठमाडौँको तारकेश्वर बस्ने २० वर्षीय जेन राई, सोही स्थानका १८ वर्षीय निशान राई र नुवाकोट बेलकोटगढी नगरपालिका घर भई काठमाडौँको नेपालटार बस्ने २८ वर्षीय दिनेश तामाङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले फरार रहेका ३ जनालाई तारकेश्वर नगरपालिकाको फुटुङबाट पक्राउ गरिएको बताए। पक्राउ परेकासँग एक थान चुप्पी र एक थान छि...
छोरीको हत्या आरोपमा बुवा पक्राउ
अपराध, समाचार, समाज

छोरीको हत्या आरोपमा बुवा पक्राउ

नेपालअखबार, बागलुङ। बागलुङमा छोरीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका-४ सर्कुवाकी १८ महिनाकी अरिसा दिनको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। उनको हत्या आरोपमा बुवा २७ वर्षीय सायर दिन मियाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। ढुंगा प्रहार गरी हत्या गरी उनी फरार थिए। स्थानीयले घर रगताम्य देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरीले उनलाई पक्राउ गरेको डिएसपी थापाले बताए। उनका अनुसार सायरले घरमा आफ्नी श्रीमतीमाथि पनि कुटपिट गर्थे। घरेलु हिंसाकै कारण श्रीमती एक महिनादेखि माइतीमै बस्दै आएकी थिइन्। छोरी भने बुवा सँग थिइन्। त्यसैबीच उनको हत्या भएको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।...
पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ
अपराध, समाचार

पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा २ जना पक्राउ

नेपालअखबार, पोखरा । पोखराका विभिन्न बैंकका एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको गाईघाट घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने २१ वर्षीय सुशील चाम्लिङ राई र लमजुङ घर भई हाल छोरेपाटन बस्दै आएका २१ वर्षीय लुबहादुर गुरुङ ‘अर्जुन’ छन् । उनीहरुमाथि गएराति करिब १२ बजे पोखरा १०, रामबजारस्थित एनआईसी एसिया बैंक तथा साढे १ बजे पोखरा १५, वनक्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेड र ४ बजे सोही ठाउँकै सांग्रिला विकास बैंकको एटीएम मेसिन फोड्ने प्रयास गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर खड्काका अनुसार उनीहरुले एटीएम मेसिन तोडफोड गर्ने उद्देश्यले ढुंगामुढा, सीसीटीभी क्यामेरालाई समेत कागजले छोप्ने प्रयास गरेको सूचनाका आधारमा पक्राउ गरिएको हो । ‘निजहरुलाई चोरी तथा डाँका सम्बन्धी ...
सिराहामा मनी ट्रन्सफरका कर्मचारीबाट लुटियो ९ लाख
अपराध, समाचार

सिराहामा मनी ट्रन्सफरका कर्मचारीबाट लुटियो ९ लाख

नेपालअखबार, सिराहा । सिराहामा मनी ट्रान्सफरका कर्मचारीबाट लुटपाट भएको छ। मिर्चैयास्थित ग्लोबल आइएमई बैंकबाट कल्याणपुर नगरपालिकास्थित मनी ट्रान्सफरमा जाँदै गरेका एक कर्मचारीबाट ९ लाख रुपैयाँ लुटपाट भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिए। कल्याणपुर मिर्चैया सडकखण्डमा पर्ने कटहा पुलबाट रकम लुटिएको प्रहरीले जनाएको छ । उनका अनुसार चार जनाको समूहले  कर्मचारीबाट लुटेका हुन्। लुटपाट गरेर लुटेरा समूह फरार छ। लुटेराको खोज्ने काम भइरहेको डिएसपी पाण्डेले बताए।  ...
बुटवलमा लुटपाट गरेको आरोपमा ३ जना युवा पक्राउ
अपराध, समाचार

बुटवलमा लुटपाट गरेको आरोपमा ३ जना युवा पक्राउ

नेपालअखबार, बुटवल । बुटवलमा रातिको समयमा यात्रुलाई धम्क्याए लुटपाट गरेको आरोपमा ३ जना युवालाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई बुधबार पक्राउ गरेको हो पक्राउ पर्नेमा बुटवलको देवी नगरका आदर्श हमाल, पदम बहादुर पुन र अंकित बिक रहेका छन् । यस्तै प्रहरीले चक्कु, फलामको पन्च, लुटपाट गरेका मोबाइल र लुटेको रकमसहित उनीहरुललाई पक्राउ गरिएको जनाएको छ । उनीहरुविरुद्ध चोरी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
बलात्कार आरोपमा २ जना पक्राउ
अपराध, समाचार

बलात्कार आरोपमा २ जना पक्राउ

नेपालअखबार, काठमाडौँ । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई  प्रहरीले पक्राउ गरेको छ । अधिकारीले ती किशोरीलाई काठमाडौँ महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो । यस्तै  १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्साको ठोरी गाउँपालिका-१ दिपकनगर बस्ने ५९ वर्षीय रामचन्द्र क्षेत्रीलाई  प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती किशोरीलाई सोही ठाउँस्थित सिंङगे खोलाको बगरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।...
युवती हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ
अपराध, समाचार

युवती हत्या आरोपमा श्रीमानसहित ३ जना पक्राउ

नेपालअखबार, विराटनगर । विराटनगर महानगरपालिका–१९ कि २८ वर्षीया प्रियंका सुनार हत्या आरोपमा प्रहरीले ३ जना पक्राउ गरेको छ । यसअघि प्रहरीले प्रियंकाका श्रीमान रमेश साह र कटहरी गाउँपालिका–५ का रमानन्द रामलाई पक्राउ गरेको थियो । सोमबार दिउँसो कटहरी गाउँपालिका–५ का उमेश सरदारलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए । यीबाहेक अन्य व्यक्तिलाई पनि सोधपुछका लागि बोलाइएको उनले बताए । प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ ।घटनाको विभिन्न कोणबाट अनुसन्धान भइरहेको भन्दै उनले वास्तविकता पत्ता लाग्न समय लाग्ने बताए । प्रियंकाको शव मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीस्थित नरसिंह चौधरीको ग्वालीमा बोराभित्र फेला परेको थियो । आइतबार दिउँसो १२ ब...
रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ
अपराध, समाचार

रासस गण्डकी कार्यालयमा चोरी प्रयास, २ पक्राउ

नेपालअखबार, पाेखरा । राष्ट्रिय समाचार समिति (रासस) को गण्डकी प्रदेश कार्यालय तोडफोड गरी चोरी प्रयास गर्ने दुई जना पक्राउ परेका छन्। पोखरा–९ नयाँबजारस्थित कार्यालयमा शुक्रबार राति प्रवेश गरी चोरीको प्रयास गर्ने पोखरा–३ नदीपुर बस्ने १९ वर्षीय राजीव दास र पोखरा–७ चोरसाँघुका २६ वर्षीय रोशन मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। रासस कार्यालयले दिएको उजुरीका आधारमा घटनाको तत्काल अनुसन्धान गरी दोषीलाई पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक बेदप्रसाद जोेशीले बताए। घटनामा संलग्नमाथि चोरी तथा डाँका कसुरअन्तर्गत मुद्दा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सिसी क्यामेरा फुटेजमा देखिएको हुलियाका आधारमा उनीहरु पक्राउ परेका हुन्। शुक्रबार राति १ः३० बजे कार्यालयको ढोका फोडेर चोरी प्रयास भएको थियो।...
श्रीमतीको हत्या आरोपमा पक्राउ
अपराध, समाचार

श्रीमतीको हत्या आरोपमा पक्राउ

नेपालअखबार, दाङ । दाङमा कुटपीट गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा लुङग्री गाउँपालिका– ६ गुम्चालका ४९ वर्षका कृतिमान बुढाथोकी रहेका प्रहरीले जनाएको छ । माघ २१ गते शनिबार ४४ वर्षकी श्रीमती गोबिना बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले जानकारी दिए । डीएसपी गौतमका अनुसार सुरुमा उनले श्रीमती मुटु दुखेर विरामी परेको र उपचारको लागि दाङ लैजादै गर्दा बाटोमै मृत्यु भएको बताएका थिए । तर घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएका खुलेको थियो । पछि प्रहरीले पक्रउ गरेर सोधपुछ गरेपछि उनले माघ २१ गते राति नै दाङ घोराही उपहानगरपालिका–१९ स्थित दुईखोली खोलामा कुटपीट गरी श्रीमतीको हत्या गरेको स्वीकारेका गौतमले बताए । प्रहरीले जिल्ला अदालत दाङबाट म्याद थप गरी कारवाहीका लागि पक्रिया अघ...
धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार
अपराध, समाचार

धनुषामा हिरासत तोडेर ६ जना अभियुक्त फरार

नेपालअखबार, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना फरार भएका छन् । राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । भाग्नेहरूमा  दुईजना हातहतियार, तीनजना शान्तिसुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका हुन् । डीएसपी क्षेत्रका अनुसार हिरासतमा सात जना थिए । एक जना सवारी दुर्घटना मुद्दाका भने भागेका छैनन् ।  फरार भएकाहरूको खोजी भइरहेको डीएसपी क्षेत्रीले बताए । इलाका प्रहरीको भवन पुरानाे छ । हिरासतपट्टिको भाग कमजोर भएको कारण फोडेर उनीहरू भाग्न सफल भएको प्रहरीको भनाइ छ । ‘प्रहरी डिउटीमै थिए, अगाडि । अगाडिबाट भित्रको हिरासतभित्र देखिंदैन । भवन धेरै पुरानो रहेकाले पछाडिबाट फोडेर अभियुक्त भागेछन्’, डीएसपी क्षेत्रीले भने , ‘उनीहरुको तीव्र खोजी कार्य भइरहेको छ...