Sunday, May 31

अपराध

सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ
अपराध, समाचार

सुर्खेतमा श्रीमतीको घाँटी रेटी हत्या गर्ने श्रीमान् पक्राउ

नेपालअखबार, सुर्खेत। सुर्खेतमा आफ्नै श्रीमतीको टाउको रेटेर भागिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको पञ्चपुरी नगरपालिका ३ तोक्माका बस्ने ३८ वर्षीय अम्मर आले मगरले मंगलबार दिउँसो ३ बजे धारिलो हतियारले आफ्नै श्रीमती अन्दाजी ३० वर्षिय मिना आलेको घाँटी रेटेर टाउको प्लाष्टिकको थैलोमा राखेर भागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई इलाका प्रहरी कार्यालय बावियाचौरबाट खटिएको ३ जनाको प्रहरी टोलीले सोही ठाउँको पलैटे स्वास्थ्य चौकी पछाडिबाट पक्राउ गरेको हो । उक्त घटना स्थलमा इलाका प्रहरी कार्यालय वावियाचौरवाट १३ जनाको प्रहरी टोली खटिएको थियो । उनको घरमा छोरा छोरी र आमा रहेको बताइएको छ ।  घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आले मगरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।...
युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ
अपराध, प्रशासन, समाचार

युवतीको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

नेपालअखबार, बैतडी। बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । ​कोलीलाई कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले  जानकारी दिएको छ । हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । कोलीलाई पक्राउ गर्न केन्द्रबाट समेत सीआईबीको टोली खटिएको थियो । मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । उनी पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा रक्ताम्य अवस्थामा फेला परेक...
काठमाडौंमा शृंखलाबद्ध मोटरसाइकल चोरी गर्ने एक पक्राउ
अपराध, समाचार

काठमाडौंमा शृंखलाबद्ध मोटरसाइकल चोरी गर्ने एक पक्राउ

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा मोटरसाइकल चोरी हुने गरेको तथ्य प्रहरीले फेला पारेको छ। एकै व्यक्तिले पटकपटक मोटरसाइकल चोरी गरी बिक्री गर्ने तथ्य फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक कृष्णप्रसाल कोइरालाले जानकारी दिए। उनका अनुसार खोजी अभियानमा संलग्न प्रहरी टोलीले मोटरसाइकल चोरी गर्ने व्यक्तिलाई  मोटरसाइकलसहित पक्राउ गरेको थियो। ‘विभिन्न स्थानमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको सूचनाका आधारमा अनुसन्धानका लागि खटिएको टोलीले भक्तपुरको राधेराधेबाट एकजनालाई पक्राउ पनि गरेको छ', उनले भने। पक्राउ पर्नेमा सुपरमार्केटको पार्किङस्थलबाट चोरीको मोटरसाइकलसहित सुर्खेत घर भएका भूपेन्द्रबहादुर बुढा मगर रहेका छन्। प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्कि...
प्रहरीको भेषमा सुनको गहना बनाउने कारखानामा डकैत
अपराध, समाचार

प्रहरीको भेषमा सुनको गहना बनाउने कारखानामा डकैत

नेपालअखबार, काठमाडाैं । प्रहरी हौं भनेर सुनका गरगहना बनाउने कारखानामा डाँका मारेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-१८ नरदेवीस्थित पाँच तले घरको पहिलो तलामा डकैती भएको हो। दुई जना भारतीय नागरिकले सञ्चालन गरेको उक्त कारखानामा कात्तिक २९ गते डाँका मारेको थियो। यस घटनामा संलग्न ५ जनालाई प्रहरीले गत ७ गते पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनीहरूलाई पक्राउ गरी बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरू तीन जना धादिङ र दुई जना धनकुटाका छन्। २६ वर्षीय सुमन राई, २८ वर्षीय देविराज राई, ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीया मनिला तामाङ छन्। उनीहरूले प्रहरीको पोशाक लगाएर उक्त कारखानामा पुगेका थिए। आफूहरू हनुमानढोका प्रहरी कार्यालयबाट आएका हौं भनेर बिल नभएको बता...
विवाहको दबाबपछि लिभ इन पार्टनरद्वारा गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा फाले
अपराध, विदेश, समाचार

विवाहको दबाबपछि लिभ इन पार्टनरद्वारा गर्लफ्रेन्डको हत्या, शवको ३५ टुक्रा पारेर जंगलमा फाले

नेपालअखबार, एजेन्सि। दिल्ली पुलिसले सोमबार हृदय विदारक हत्याकाण्डको खुलासा गरेको छ । करिब ६ महिनाअघि मे २२ तारिखमा लिभ इन पार्टनर अफताबले २६ वर्षीया प्रेमिका श्रद्धाको निर्ममतापूर्वक हत्या गरेका थिए । उनले श्रद्धाको शव आराले टुक्राटुक्रा परेका थिए । ती टुक्राहरू राख्न भनेर उनले नयाँ फ्रिज ल्याएका थिए भने गन्धलाई कम गर्न धूप बाल्ने गर्थे । १८ दिनसम्म हरेक रात २ बजे उठेर उनले शवका टुक्रा जंगलमा फालेका थिए । प्रहरीले शनिबार अफताबलाई पक्राउ गरेपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण कथा सुनाएका थिए । अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ । प्रहरीका अनुसार अफताब एक फुड ब्लगर थिए । दुई जनाको भेट मुम्बईको एक कल सेन्टरमा काम गर्दा भएको थियो । त्यहाँ काम गर्दा उनीहरु प्रेममा परे तर परिवारले सम्बन्ध स्वीकार नगरेपछि उनीहरु दिल्लीमा सरेर लिभइनमा बस्न थालेका थिए । श्रद्धाले विवाहका लागि...
हेटौंडामा फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु
अपराध, समाचार

हेटौंडामा फोहर फाल्ने ठाउँमा भेटियो सालनाल सहितको शिशु

२५ कात्तिक, हेटौडा उपमहानगरपालिकाले फोहोर जम्मा गरि फाल्ने स्थानमा बोराभित्र प्याक गरिएको अवस्थामा सालनाल सहितको मृत शिशु फेला परेका छन् । ना ४ त २६९८ नम्बरको ट्याक्टरले हेटौंडाको विभिन्न स्थानहरुबाट जम्मा गरि ल्याएको फोहरमा मृतक शिशु फेला परेको प्रहरीले जनाएको छ ।हेटौंडा–१० राप्ति खोला छेउमा कुहिने फोहर र नकुहिने फोहर छुट्याउने क्रममा आज बिहान ८ बजेको समयमा नगरपालिकाको कर्मचारीले बोरा भित्र प्याक गरिएको अवस्थामा शिशुको शव भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । शिशुको शबलाई हेटौंडा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...
श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या
अपराध, समाचार, समाज

श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

नेपालअखबार दाङ। दाङको घोराहीमा श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेका छन्। घोराही उपमहानगरपालिका वडा नं. १३ डुमरगाउँका ३६ वर्षीय नवीन रोकाले ३७ वर्षीया निरु रोकाको हत्यापछि आफैले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार उच्च रक्तचापका बिरामी नवीनलाई श्रीमतीले बिहीबार बेलुका घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगेकी थिइन्। चिकित्सकले शुक्रबार बिहान ८ बजेको समय दिएको थियो। बिहान फेरि अस्पताल नै जानुपर्ने भएकाले उनीहरू घर फर्किएनन्। उनीहरू घोराही-१५ स्थित निरूको फुपुको घरमा गएका थिए। बिहीबार बेलुकी खाना खाएपछि उनीहरू सुत्न गएका थिए। श्रीमती निरुले राति नवीनको हातखुट्टा मालिस गरिदिने भनेर तेल पनि लगेका थिए। तर बिहान उनीहरू दुबै जना मृत फेला परेका हुन्। निरू एउटा कोठामा मृत फेला परेको र अर्को को...
हालोविनको रात अमेरिकामा १४ जनाको हत्या
अपराध, विश्व, समाचार

हालोविनको रात अमेरिकामा १४ जनाको हत्या

नेपालअखबार, एजेन्सि। अमेरिकाको तेस्रो ठूलो शहर शिकागो पश्चिमी भागमा हालोविनको रात चौध जनाको हत्या भएको छ । सवारी साधनबाट अन्धाधुन्ध गोली हानेर भागेका आक्रमणकारीलाई सुरक्षाकर्मीले खोजी रहेका छन् । सोमबार राति भएको उक्त घटनामा तीन वर्षको शिुशुसहित ११ र १३ वर्षका किशोर किशोरी पनि मारिएका छन् । अन्य मृतकको विस्तृत विवरण प्राप्त नभएको  प्रहरीलाई उद्धृत गर्दै सिकागो ट्रिब्युनले जनाएको छ । आक्रमणकारीबाट ज्यान जोगाउन भागेकी एक महिलालाई आक्रमणकारी सवार गाडीले ठक्कर दिएको थियो । आक्रमणकारीको एक समूहले सडकको एक किनारमा बसेर आक्रमणकारीलाई सघाएको थियो भने अर्को समूहले गाडीबाटै गोली हानेको थियो । हालसम्म कसैलाई पक्राउ नगरिएको र घटनाको अनुसन्धान तथा अपराधीको खोजी भइरहेको प्रहरीले बताएको छ ।(रासस/सिन्ह्वा)...
बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ
अपराध, समाचार

बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

नेपालअखबार, बझाङ। बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो । पीडितहरूले गत भदौ ९ गते सार्कीले ती बालिकालाई चक्लेट, बिस्कुट दिन्छुँ भन्दै ललाई फकाई गरी ३ पटक लगातार बलात्कार गरेको बताएका छन् । खेतमा जाँदा बालिका सार्कीलाई देखेर डराउँदै लुकेपछि उनलाई किन डराएको भनी सोध्दा बालिकाले घटनाबारे बताएको बताइएको छ । लिकाकी आमा माइती घर गएको मौका छोपी सार्कीले बालिकालाई आफ्नै घरमा ल्याएर करणी गरेको पीडित बालिकाको परिवारले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले सार्कीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ । कार्यालयका अनुसार बालिकाको स्वास्थ्य परीक्षण भइसकेको जनाएको छ ।...
छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या
अपराध, समाचार

छठ हेर्न आएका बालकको छुरा प्रहार गरी हत्या

नेपालअखबार, मोरङ । मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो। छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का  धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो। उनीमाथि कसले छुरा प्रहार गर्‍यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ।  उनीमाथि राति १०:२५ बजेतिर छुरा प्रहार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए। छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो।  झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको कोइराल...