कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ
नेपालअखबार,पाेखरा । प्रहरीले कास्कीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई १२ वर्षपछि पक्राउ गरेको छ।
कास्की पोखरा उपमहानगरपालिका-४ घर भई वडा नम्बर-१४ मझेरीपाटन बस्ने ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
उनका अनुसार मिजारले २०६४ साल कात्तिक १९ मा मादक पदार्थ सेवन गरेका थिए। सोही क्रममा विवाद हुँदा रवीन्द्रकुमार मल्ललाई बाँसको भाटाले हानेको प्रहरीले जनाएको छ।
मिजारले काठमाडौं महानगरपालिका-२९ गोंगबु मित्रनगर सडक-खण्डमा मल्ललाई बाँसको भाटा, लात्ती, मुक्का प्रहार गरेको प्रहरी उपरीक्षक महतोले जानकारी दिए।
उनका अनुसार घाइते भएका मल्लको उपचारको क्रममा मृत्यु भएको हो।
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत पाटनबाट मल्ललाई १० वर्ष कैद फैसला सुनाएको थियो। फैसलापछि उनी फरार भएको प्रहरीले जनाएको छ।
...




