Saturday, August 1

अर्थ

खुवा बेचेरै मासिक एकलाख कमाइ
अर्थ, समाचार, समाज

खुवा बेचेरै मासिक एकलाख कमाइ

नेपालअखबार, हेटौंडा। हेटौंडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख कमाउँदै आएका उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका छन्। उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्छ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ। खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गरेका थिए। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेका हुन्। खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले हिजोआज दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन्। उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुनेगर्दछ। खुवा व्यवसायमा मनग्य आम्दानी देख्नुभएका उनले दूधको आपूर्तिका लाग...
पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला
अर्थ, कृषि, समाचार, समाज

पूर्वशिक्षक जगतको खेतमा लटरम्म सुन्तला

नेपालअखबार,म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए । ‘सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,’ खत्री भन्छन्, ‘यो वर्ष मात्रै  ४० लाख रुपैयाँको सुन्तला बेचिसके । सबै बगैंचाको बिक्री गर्दा ४५ लाख रुपैयाँ पुग्ने अनुमान छ ।’ खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा एक हजार पाँच सय ९३ बोट सुन्तलाका बिरूवा छन् । यस वर्ष चार सय ८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन् । सबै बोटमा फल लाग्दा वार्षिक एक करोड रुपैयाँ बढीको सुन्तला बिक्री हुने उनी बताउँछन् । प्रतिकिलो एक सय २० रुपैयाँका दरले बगैचाबाटै काठमाडौँका व्यापारीले सुन्तला किनेर लगेका छन् । यतीबेला खत्रीलाई सुन्त...
अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर
अर्थ, विश्व, समाचार

अमेरिकामाथि चीनले पनि लगायो १० प्रतिशत कर

नेपालअखबार,वाशिङटन डीसी । अमेरिकाले चीनबाट आयात गरिने सामानमा अतिरिक्त कर लगाएपछि चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाएको छ । जस्तालाई त्यस्तै गर्ने नीति अनुसार चीनले यो कदम चालेको हो ।चीनको पछिल्लो निर्णयले अमेरिकाबाट भित्रिने ठुला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीको आयातलाई असर गर्नेछ । चीन विरुद्ध कर लगाउन अमेरिकाले दिएको समयसीमा आज समाप्त हुँदै थियो । अमेरिकामा चीनबाट आउने सामानमा १० प्रतिशत अतिरिक्त कर कार्यान्वयनमा आएको छ । योसँगै चीनले पनि प्रतिरोधात्मक कर घोषणा गरेको हो । अमेरिकाले मेक्सिको र क्यानडा विरुद्ध लगाइएको २५/२५ प्रतिशत अतिरिक्त कर भने ३० दिनको लागि स्थगित गरेको छ ।...
नारायणघाट-बुटवल सडकको १८ ठाउँमा भइरहेको छ धमाधम काम
अर्थ, समाचार

नारायणघाट-बुटवल सडकको १८ ठाउँमा भइरहेको छ धमाधम काम

नेपालअखबार,नवलपुर। राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ। नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए। 'यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको छ,' उनले भने, 'पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ।' पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उनले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताए। दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उनको भनाइ छ। अब करिब २२ किमी सडक कालोपत्र गरेको अ...
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
अर्थ, कृषि, समाचार

‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग

नेपालअखबार,चितवन । भरतपुर महानगरपालिका–१ ठिमुरास्थित चितवन मिल्क उद्योग छ । यहाँ आज बिहान पनि दूध बोकेका ट्याङ्करको लामो लाइन लागेको थियो । सहकारी र निजी डेरी फार्महरूले सङ्कलन गरेको दूध बजारमा खपत हुन नसकेपछि ती ट्याङ्करहरू उद्योगमा दूध बोकेर आएका थिए । बजारमा दूध खपत नभएपछि प्रशोधन गरेर धुलो बनाउन ती ट्याङ्कर यहाँ आएका हुन् ।नेपाल डेरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजकुमार दाहाल यसरी आएको दूध उक्त उद्योगले प्रशोधन नगरेको भए दूध फाल्नुको विकल्प नहुने बताउँछन् । उनले भने, “चितवन मिल्क नभएको भए तपाईंले आज बिहान देखेको ट्याङ्करको दूध खोलामा फाल्नुको विकल्प थिएन ।” केही वर्षअघिसम्म दूध धेरै उत्पादन हुने समयमा मिल्क होलिडे गर्ने गरिएको थियो । अध्यक्ष दाहालका अनुसार पछिल्लो आँकडाअनुसार नेपालमा दैनिक ७५ लाख लिटर दूध उत्पादन हुने गर्दछ । त्यसमध्ये आधा दूध घर र बाँकी व्यावसायिक प्रयोजनमा प्रगो...
सुनको मूल्य घट्यो
अर्थ, समाचार

सुनको मूल्य घट्यो

नेपालअखबार ,काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।...
अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार
अर्थ, कृषि, समाचार

अलैँची उत्पादनमा वृद्धि, एकै वर्षमा छ करोडको कारोबार

नेपालअखबार ,बागलुङ । बागलुङमा अलैँची उत्पादनमा वृद्धि भएको छ । क्षेत्र विस्तारका कारण गत वर्ष बागलुङका किसानले ४८ मेट्रिक टन अलैँची उत्पादन गर्न सफल भएका छन् । कृषि ज्ञानकेन्द्रको तथ्याङ्कअनुसार यहाँ किसानले अलैँची बिक्रीबाट एक आर्थिक वर्षमा रु छ करोड भित्र्याउन सफल भएका छन् । राम्रो मूल्य पाउने आशामा प्रत्येक वर्ष अलैँचीखेती विस्तार भइरहेको जैमिनी नगरपालिका वडा नं २ का कृषक बलिभद्र सापकोटाले बताए। उनका अनुसार अन्य जिल्लाको तुलनामा बागलुङका कृषकले अलैँचीको मूल्य कम पाएका छन् । यहाँ प्रतिकेजी रु एक हजार २५० का दरले अलैँची बिक्री भएको छ । उत्पादनबाट राम्रो आम्दानी हुने भएकाले यहाँ हरेक वर्ष किसानको आकर्षण बढिरहेको छ । अलैँचीखेतीको विस्तारले यसलाई पुष्टि गरेको छ । यहाँ आर्थिक वर्ष ०७८/७९ मा एक सय २८ हेक्टर जमिनमा अलैँचीखेती गरिन्थ्यो । जसमा ४२ मेट्रिक टन उत्पादन भएको थियो । प्रतिकेजी रु नौ...
९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान
अर्थ, प्रशासन, समाचार

९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन आह्वान

नेपालअखबार ,काठमाडौँ । सरकारले भारतबाट गहुँ आयातका गर्न इच्छुक फर्म वा कम्पनीलाई आवेदन खुला गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतले दिएको कोटा बापतको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि नेपाली  कम्पनीलाई कोटा खुलाएको जनाएको छ । विभागका अनुसार उक्त गहुँ आयातको लागि इच्छुक नेपाली फर्म÷कम्पनीले आफूले आयात गर्न चाहेको परिमाण न्यूनतम १०० मेट्रिक टनदेखि बढीमा १० हजार मेट्रिक टनसम्म आयात गर्न सक्नेछन् । विभागले सोमबार सूचना जारी गर्दै उक्त गहुँ आयातका लागि ७ दिनभित्र निवेदन दिन आग्रह गरेको छ । विभागले आयातका लागी इच्छुक फर्म/कम्पनीको चुक्ता पुँजी कम्तीमा  एक करोड हुनु पर्ने उल्लेख गरेको छ । साथै आयातका लागी नेशनल को-अपरेटिभ एक्सपोर्ट लिमिटेड (एनसीइएल) लाई शत प्रतिशत अग्रिम भुक्तानी गर्नु पर्ने हुँदा वित्तीय श्रोतको सुनिश्चितता भएको हुनुपर्ने उल्लेख छ । यसैगरी कोटा प...
तीन सय बोटको सुन्तला बेच्दा २० लाख आम्दानी
अर्थ, कृषि, समाचार

तीन सय बोटको सुन्तला बेच्दा २० लाख आम्दानी

नेपालअखबार ,म्याग्दी । बेनी नगरपालिका–३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यस वर्ष रु २० लाख आम्दानी गरेका छन् । भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती सुरु गरेका खत्रीका बगैँचाका तीन सय बोटले उत्पादन दिन्छन् । हुर्किरहेका थप पाँच सय बोटले केही वर्षपछि उत्पादन दिनेछन् । “गत वर्ष रु १३ लाखको सुन्तला बिक्री भएको थियो”, उनले भने, “यसपालि उत्पादन बढेकाले रु २० लाखको सुन्तला बिक्री भएको हो ।” पोखराका व्यापारीलाई बगैचाबाट प्रतिकिलो रु ७५ का दरले सुन्तला बिक्री गरेको खत्रीले बताए । खत्री जिल्लामा सुन्तलाखेतीबाट धेरै आम्दानी गर्नेमध्ये एक हुन्। खत्रीसहित मरेकका किसानले यस वर्ष सुन्तला बिक्री गरेर रु एक करोड ५० लाख आम्दानी गरेका छन् । मरेकका रहेको २१ मध्ये २० घरपरिवारले सुन्तलाखेती गरेका छन् । प्रतिघर न्युनतम रु एक लाखसम्मको सुन्तला बेचेका छन् । “गत वर्ष रु ८० ल...
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
अर्थ, कृषि, समाचार

म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री

नेपालअखबार ,बेनी (म्याग्दी) । जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन बृद्धि हुँदा किसानले राम्रो आम्दानी गरेका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाका अनुसार सुन्तला पकेट क्षेत्रबाट बिक्री भएको सुन्तलाको विवरणअनुसार जिल्लामा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री भसकेको छ । उनका अनुसार, कार्यालयले क्रप कटिङ विधिबाट सुन्तला उत्पादनको अध्ययन गरेको थियो । यस वर्ष जिल्लाका छवटै स्थानीय तहमा चार हजार ७८१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष तीन हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियोभने सुन्तला बिक्रीबाट रु २४ करोड भित्रिएको थियो । जिल्लामा आठ सय २० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकामा चार सय २५ हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । बेनी नगरपालिका–३ र ४ नम्बर वडाबाट मात्र रु छ करोड बढीको सुन्तला बिक्री भएको केन्द्रले जनाएको छ । जिल्लाका अधिकांश ठाउँका सु...