ट्र्याक खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
नेपालअखबार,म्याग्दी। म्याग्दीको मंगला र बागलुङको ताराखोला गाउँपालिका जोड्ने पखेर–बरङ्जा–महेश–धापुङ–ताराखोला सडक मार्ग खुलेको १५ वर्षपछि स्तरोन्नति थालिएको छ। २०६६ सालमा मार्ग खुलेको मंगला गाउँपालिकाको ३, ४ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मत गरेर यातायात सञ्चालन हुँदै आएको थियो। बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो।
पूर्वाधार विकास कार्यालयले म्याग्दीका प्रमुख विष्णु पौडेलले मंगला गाउँपालिका वडा नम्बर ३ पखेरदेखि बरङ्जाखण्डको सडक स्तरोन्नति गर्न सञ्चालन गरेको योजना निर्माण सुरू भएको तीन महिनामा ४० प्रतिशत भौतिक प्रगति भएको बताए।
‘गत मंसिर महिनादेखि कार्यक्षेत्रमा परिचालित भएको निर्माण कम्पनीले यस वर्ष विनियोजन भएको एक करोड ६० लाख बजेट बराबरको काम तीन महिनामै गरेको छ,’ उनले भने, ‘विनियोजित बजेट सकिएपछि रकमान्तर गर्न म...










