Monday, August 3

अर्थ

अर्थमन्त्री भन्छन्- पुँजीगत खर्च र राजस्वमा गत वर्षभन्दा सुधार
अर्थ, राजनीति, समाचार

अर्थमन्त्री भन्छन्- पुँजीगत खर्च र राजस्वमा गत वर्षभन्दा सुधार

नेपालअखबार, काठमाडौं । अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको पुँजीगत खर्च र राजस्वको संकलन गत वर्षभन्दा सुधार भएको दाबी गरेका छन् । बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले पुँजीगत खर्च गत वर्ष भएको भन्दा ६ प्रतिशतले बढेको जनाएका हुन् । २६ मंसिरसम्म सरकारले ३४ अर्ब ३५ करोड रुपैयाँ पुँजीगत खर्च गरेको छ । गत वर्षको यही अवधिमा ३२ अर्ब ४३ करोड पुँजीगत खर्च भएको थियो । गत वर्षभन्दा यो अवधिमा भएको पुँजीगत खर्च ५ दशमलव ९ प्रतिशतले बढी हो । त्यस्तै, समग्र राजस्वमा ७ दशमलव ५७ प्रतिशत वृद्धि भएको पनि अर्थमन्त्री महतले जनाए । भन्सार महसुलतर्फ करिब १३ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ करिब ७.१९ प्रतिशत, आयकरतर्फ करिब १२ प्रतिशत वृद्धि भएको उनले बताए । अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु दे...
मेयर-उपमेयरको टकरावले ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
अर्थ, प्रशासन, समाचार

मेयर-उपमेयरको टकरावले ९ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट

नेपालअखबार, काठमाडाैं । आर्थिक वर्ष २०८०/०८१ सुरू भएको ५ महिना बित्नै लाग्यो। तर अझै पनि देशभरका नौ वटा पालिकाहरूले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन्। देशभरका ९ वटा स्थानीय तहमा गाउँ सभा र नगर सभा हुन नसकेकाले बजेट आउन नसकेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट ल्याउन नसक्नुमा प्रमुख/उपप्रमुख वा वडाका अध्यक्ष र सदस्यहरूको विमति रहेको बताएको छ। मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमलप्रसाद भट्टराईले बजेट निर्माणको कानुनी प्रक्रियाअनुसार बजेट नल्याएका ९ वटा पालिका रहेको बताए। न्युज एजेन्सी नेपालसँगको कुराकानीमना उनले बजेट ल्याउन नसकेको अधिकांश स्थानीय तह मधेस प्रदेशका रहेको बताए। उनले स्थानीय पालिकाले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने र असारको मसान्तभित्रमा पारित गरिसक्नुपर्ने प्रावधान रहे पनि ९ वटा पालिकाहरूले भने कानुनको पालना नगरेको बताए। उनले ...
२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त
अर्थ, चलचित्र, समाचार

२ अर्ब भारुभन्दा बढी पारिश्रमिक लिन्छन् ७३ वर्षका रजनीकान्त

नेपालअखबार, हैदराबाद । दक्षिण भारतीय फिल्म उद्योगमा रजनीकान्तलाई भगवान् जसरी पुज्ने गरिन्छ । यिनै रजनीकान्त आजदेखि ७३ वर्षका भए । उमेरको साथमा रजनीकान्तको फ्यान फलोइङ र रेकर्ड वर्षेनी बढिरहेको छ । यही वर्ष रिलिज भएको रजनीकान्तको जेलरले ६ अर्ब भारुभन्दा धेरै कमाएर तमिल सिनेमा उद्योगमा इतिहास रच्यो । ५ अर्ब भारुभन्दा धेरै कलेक्शन गर्ने २ तमिल फिल्म हुने रजनीकान्त दक्षिण भारतका एक मात्रै सुपरस्टार हुन् । रजनीकान्तको उमेरमा अन्य अभिनेताहरु हिरोको बाउ वा हजुरबाको भूमिका खेलिरहेका छन् । तर यति बुढो उमेरमा पनि रजनीकान्त नायकका रुपमा फिल्म खेलिरहेका छन् । उनका फिल्मले रेकर्ड पनि बनाइरहेको छ । रजनीकान्तले जेलरका लागि २ अर्ब १० करोड भारु पारिश्रमिक लिएका थिए । यिनी दक्षिण भारतको मात्रै होइन भारतकै सबैभन्दा धेरै पारिश्रमिक लिने एक्टर हुन् । दक्षिण भारतमा रजनीकान्तको फिल्म रिलिज हुने दिन कयौँ...
सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार
अर्थ, कृषि, समाचार, समाज

सङ्खुवासभामा ४० किलो अलैंचीको मूल्य ७० हजार

नेपालअखबार,  किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही सुधार आएको छ । अलैँचीको मूल्य हाल प्रतिमन (४० किलो) रु ७० हजार पुगेको छ । झन्डै १० वर्षअघि प्रतिमन रु एक लाख २० हजारसम्म कारोबार हुँदै आएको अलैँचीको मूल्य घटेर प्रतिमन रु २५ हजारसम्म झरेको थियो । पछिल्लो समय नेपालबाट भारत, पाकिस्तानलगायत देशमा अलैँची निर्यात हुन थालेपछि यसको मूल्य बढेको हो । जिल्लाका किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैँचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको अलैँची व्यवसायी महासङ्घका जिल्ला अध्यक्ष कुमार श्रेष्ठले बताए । उत्पादन कम, माग बढी भएका कारणले अलैँचीको मूल्य वृद्धि भएको उनको भनाइ छ । यहाँ उत्पादित ९८ प्रतिशत अलैँची नेपालबाहिर निर्यात हुने गरेको तथ्याङ्क छ । अलैँचीको मूल्य वृद्धि भए पनि यसबाट किसानले भने प्रत्यक्ष फाइदा लिन स...
भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने
अर्थ, प्रशासन, समाचार

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

नेपालअखबार, काठमाडौँ । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भएको छ । हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको भारतले थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ । यससँगै भारततर्फ नेपालबाट भारतले कूल ६७० मेगावाट बिजुली किन्नेछ । नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको समाचारमा उल्लेख छ ।...
गोदाममा थन्कियो एक करोड किलो चिया!
अर्थ, समाचार, समाज

गोदाममा थन्कियो एक करोड किलो चिया!

नेपालअखबार, इलाम। कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ। ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्। इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन्। झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन ग...
पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार
अर्थ, समाचार, समाज

पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार

नेपालअखबार, पोखरा । पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुँदै छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३२ औँ संस्करणको मेला नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । मेला पुस १ गतेसम्म हुने आयोजकले जनाएको छ । मेलामा २५० स्टल रहनेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी छुट्टै स्टल छन् भने महिला उद्यमशीलता तथा अन्य उद्यमहरूको पनि स्टल छन् । मेला अवधिभर ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने अनुमान छ । मेला भर्न आउने दर्शकले टिकट काट्दा पाउने कुपनबाट एक जनालाई स्कुटर उपहार प्रदान गरिने अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलाको आम्दानीले उद्यमशीलता प्रबद्र्धनमा खर्च गरिने छ । पोखरा उद्योग वाणिज्य सङ्घले २०४२ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला गरेको थियो । मेलाको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।...
वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !
अर्थ, प्रशासन, समाचार

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

नेपालअखबार, काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ । ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेक...
मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न
अर्थ, समाचार, समाज

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो । सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाई थियो । सहकारीका अध्यक्ष मिनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अगाडी बढिएको बताए । शेयर सदस्यको विश्वासलाई ...
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
अर्थ, कृषि, समाचार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

नेपालअखबार,कञ्चनपुर । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान समेत पाएका छैनन्। उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड रूपैयाँ अनुदान रकम पाउन बाँकी रहेको बताए। ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन,’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्।’ सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो। सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल  ७० रूपैयाँ पुर्‍याइएको थियो। कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौर...