उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
नेपालअखबार,कञ्चनपुर । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान समेत पाएका छैनन्।
उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड रूपैयाँ अनुदान रकम पाउन बाँकी रहेको बताए।
‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन,’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्।’
सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो। सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल ७० रूपैयाँ पुर्याइएको थियो।
कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौर...









