Sunday, May 31

अर्थ

गोदाममा थन्कियो एक करोड किलो चिया!
अर्थ, समाचार, समाज

गोदाममा थन्कियो एक करोड किलो चिया!

नेपालअखबार, इलाम। कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ। ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया व्यवसायीले बताएका छन्। इलाम र झापाका व्यवसायीका अनुसार करिब ५१ लाख केजी अर्थोडक्स चिया र ५० लाख केजीभन्दा बढी सिटिसी चिया उद्योगका गोदाममा थन्किएको छ। भारतले समयमै चियाको मूल्य निर्धारण नगरिदिँदा र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच नहुँदा यति ठूलो मात्रामा चिया गोदामै थन्किएको उनीहरुको गुनासो छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बुधबार विर्तामोडमा आयोजना गरेको स्थानीय, प्रदेश सरकार एवं सरोकारवाला संलग्न चियासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा चिया व्यवसायीले सरकारले चिया उद्यमीका समस्यामा उचित ध्यान नदिँदा समस्या आएको गुनासो गरेका हुन्। झापाका चिया उद्योगी जेपी शर्माले १३ वटा उद्योगले उत्पादन ग...
पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार
अर्थ, समाचार, समाज

पोखरामा आजदेखि औद्योगिक व्यापार मेला, टिकट काट्ने दर्शकलाई स्कुटर उपहार

नेपालअखबार, पोखरा । पोखरामा आजदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु हुँदै छ । पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा ३२ औँ संस्करणको मेला नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा हुनेछ । मेला पुस १ गतेसम्म हुने आयोजकले जनाएको छ । मेलामा २५० स्टल रहनेछ । स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने गरी छुट्टै स्टल छन् भने महिला उद्यमशीलता तथा अन्य उद्यमहरूको पनि स्टल छन् । मेला अवधिभर ९० लाख आम्दानी हुने र १० लाख बचत गर्ने अनुमान छ । मेला भर्न आउने दर्शकले टिकट काट्दा पाउने कुपनबाट एक जनालाई स्कुटर उपहार प्रदान गरिने अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । उनका अनुसार मेलाको आम्दानीले उद्यमशीलता प्रबद्र्धनमा खर्च गरिने छ । पोखरा उद्योग वाणिज्य सङ्घले २०४२ सालमा पहिलो पटक औद्योगिक व्यापार मेला गरेको थियो । मेलाको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने छन् ।...
वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !
अर्थ, प्रशासन, समाचार

वीरगञ्ज भन्सारमा राजस्व छलीका सयौं ट्रक सुपारी !

नेपालअखबार, काठमाडौं । वीरगञ्ज भन्सारमा राजस्व छली गरेर ल्याइएका ठुलो परिमाणका सामान सुपारी, रक्सी, छोकडा र मरिच रहेको खुलासा भएको छ । केही व्यापारी र बिचौलियाले कर्मचारीसँग नै सेटिङ गरी ती सुपारी, रक्सी, छोकडा र मरिचहरू विभिन्न गन्तव्य स्थानतर्फ लैजान विभिन्न खाले प्रपञ्च गरिरहेको स्रोतको दाबी छ । उच्च स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर ल्याइएका ३ सय ट्रक सुपारी, १० कन्टेनर रक्सी, ठुलो परिमाणका छोकडा, मरिचलगायतका मालसामानहरू गोप्य रूपमा राखिएका छन् । सेटिङकर्ताहरूले अर्बौँ रुपियाँका ती सामानहरू कर्मचारीसँग सेटिङ मिलाएर राजस्व नै नतिरी बाहिर निकाल्ने प्रपञ्च गरिरहेको र त्यसो भएमा राज्य कोषमा करोडौंको राजस्व गुम्ने छ । ती सामानहरू भन्सारमा रहेका तीनवटा च्यानलमध्ये रेड (रातो) च्यानलबाट बाहिर ननिकाली ग्रीन (हरियो) तथा यल्लो (पहेलो) च्यानलबाट बाहिर निकाल्ने प्रयास भइरहेक...
मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न
अर्थ, समाचार, समाज

मयूर बहुउद्देश्यीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदन र भावि नीति तथा कार्यक्रमलाई पारित गर्दै शनिबार सहकारीको दोस्रो साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन सत्रमा पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकरात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो । सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाई थियो । सहकारीका अध्यक्ष मिनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अगाडी बढिएको बताए । शेयर सदस्यको विश्वासलाई ...
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
अर्थ, कृषि, समाचार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

नेपालअखबार,कञ्चनपुर । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान समेत पाएका छैनन्। उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड रूपैयाँ अनुदान रकम पाउन बाँकी रहेको बताए। ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन,’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्।’ सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो। सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल  ७० रूपैयाँ पुर्‍याइएको थियो। कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौर...
सुनको मूल्यमा नयाँ रेकर्ड,  तोलामा १ लाख १९ हजार नाघ्यो
अर्थ, समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा १ लाख १९ हजार नाघ्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार तेजाबी सुनको मूल्य १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि बढेर १५२० रुपैयाँ पुगेको छ । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य तोलामा १५ सय रुपैयाँ थियो ।...
मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने
अर्थ, समाचार, समाज

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने

नेपालअखबार, काठमाडौं । २२ वर्षमा लागत इस्टिमेटभन्दा चारगुणा बढीमा सम्पन्न भएको मेलम्चीको खानेपानी आउन यस वर्ष पनि अन्योलका साथ समय लाग्ने भएको छ । दुई वर्षअघिको मेलम्ची बाढीले प्रमुख सुरुङमार्ग थुनिएपछि अस्थायी संरचना बनाएर सञ्चालनमा आएको आयोजनामा यस वर्षको बाढीले पुनः क्षति पु¥याएपछि अन्योलता बढेको हो । सुरुङमार्ग सारेपछि मात्र स्थायी समाधान निस्किने जिकिर गरिए पनि सोको निर्माण गर्न चार वर्ष लाग्ने भएपछि यसपालि पनि अस्थायी रूपमा पानी ल्याउने तयारी मेलम्ची खानेपानी आयोजनाको रहेको छ ।बाढीले क्षति पु¥याएको मेलम्ची खानेपानीको मर्मत सक्न डेढ महिना लाग्ने भएपछि पानी आउन समय लाग्ने भएको हो । यद्यपि, खानेपानीमन्त्री महिन्द्र राय यादवले भने मर्मत सम्भार भई नै रहने र अस्थायी रूपमा भए पनि यसै महिनाभित्र पानी ल्याउने बताए ।मेलम्ची खानेपानी आयोजना विकास समितिले पनि अस्थायी रूपमा भए पनि पुनः पानी ल्...
चार महिनामा ४ करोडको अचार निर्यात
अर्थ, समाचार

चार महिनामा ४ करोडको अचार निर्यात

नेपालअखबार, काठमाडौँ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा ४ करोड १८ लाख रुपैयाँको अचार निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चार महिनाको अवधिमा नेपालबाट विदेशतर्फ उक्त मूल्यको अचार निर्यात भएको हो ।यस अवधिमा ५३ हजार किलोग्राम अचार बाहिरिएको छ । असोज महिनासम्मको अवधिमा नेपालबाट जम्मा २ करोड ८८ लाख रुपैयाँ बराबरको अचार निर्यात भएको थियो । त्यसयता एक महिनाको अवधिमै २ करोडले निर्यात बढेको हो । नेपालबाट मुख्यगरी विश्वका ९ वटा देशमा अचार बिक्री हुँदै आएको छ । सबैभन्दा धेरै अस्ट्रेलियामा २ करोड ५२ लाख रुपैयाँको अचार निर्यात हुँदा बेल्जियममा १९ लाख र क्यानडामा २२ लाखको अचार निर्यात भएको छ । यसबाहेक, इटालीमा ३२ लाखको निर्यात हुँदा अमेरिकामा १२ लाख, जापानमा ४३ लाख र बेलायतमा २६ लाख रुपैयाँको अचार निर्यात भएको छ ।...
कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
अर्थ, कृषि, समाचार, समाज

कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

नेपालअखबार, झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटा लगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु१ अर्ब २० करोड ८० लाख मूल्य बराबरको १ हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको थियो । ...
पर्वतको जलजला गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने
अर्थ, कृषि, समाचार, समाज

पर्वतको जलजला गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने

नेपालअखबार, पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ। पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ। छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो। स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ। कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र  यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो। मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसनाले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसनालाई प्रोत्साहन गर्न प्रतिगोरु दुई हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको ...