Monday, August 3

अर्थ

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी
अर्थ, कृषि, समाचार, समाज

कृषि पेसाबाट वार्षिक १२ लाख आम्दानी

नेपालअखबार, दमौली । तनहुँको भिमाद नगरपालिका–३ शेर्का आपस्वाँराका धनबहादुर थापाको दैनिकी कृषिमा बितिरहेको छ । पचास वर्षीय थापाले मौरी, कुखुरा र बाख्रापालनबाट वार्षिक रू १२ लाख आम्दानी गरिरहेका छन् । विसं २०७५ मा ‘सप्तरङ्गी कृषि तथा पशु फार्म’ दर्तापछि भीमाद बजारबाट सात किलोमिटरमाथि सुरुङमार्गको किनारामा उनले उक्त फार्म सञ्चालन गरेसँगै व्यावसायिक रुपमा कृषि पेसा सुरु गरेका हुन् । “बारीका ढिस्कामा मौरीका घार लहरै बनाएको छु । बारीका वरपर बुट्यान भएकाले मौरीलाई फूलका रस ल्याउन सजिलो हुन्छ”, थापाले भने । पाँच वर्षदेखि कृषि पेसा गर्दै आएका उनले यसवर्ष रू १२ लाख आम्दानी गरेको बताए । उनका अनुसार फार्ममा हाल ४० वटा मौरीसहितका घार रहेका छन् । यसवर्ष मौरीको गोला र मह उत्पादनबाट मात्रै रू चार लाख आम्दानी भएको थापाले जानकारी दिए । उनका अनुसार एक गोला मौरीसहितको घार रू दश हजार र महको माना...
दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ
अर्थ, समाचार, समाज

दसैँ नजिकिएसँगै आन्तरिक उडान भरिभराउ

नेपालअखबार, काठमाडौँ । दसैँ नजिकिएसँगै आन्तरिकतर्फ हवाई यात्रुको चाप बढेको छ । दसैँ मनाउन हवाई मार्गबाट थातथलो फर्कनेको सङ्ख्या बढेसँगै ८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ भइसकेका छन् । काठमाडौँबाट उडान हुने गन्तव्यमध्ये केही गन्तव्यमा दसैँसम्मका सबै टिकट बुक भइसकेका छन् भने उपलब्ध टिकटमध्ये महँगो हवाई भाडा भएका गन्तव्यका मात्रै टिकट उपलब्ध छन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हवाई यातायाततर्फ सार्वजनिक यातायात जस्तो ठ्याक्कै यो दिन टिकट खुल्ने भन्ने व्यवस्था नरहेकाले यात्रुले सस्तो दरका सबै टिकट काटिसकेका छन् । उनले भने, “बुद्ध एयरको सुर्खेत र तुम्लिङटारको टिकट दसैँसम्मलाई नै प्याक भइसकेको छ । अन्य गन्तव्यतर्फ दसैँसम्मका २० प्रतिशत टिकट बाँकी नै छन् ।” अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना ...
जिराको मूल्य आकासियो
अर्थ, समाचार

जिराको मूल्य आकासियो

नेपालअखबार, काठमाडौँ ।  एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ । जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँचरछ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । थोक बिक्रेता सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भारतमै जिराको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढ्न गएको बताए । “भारत वा विश्वबजारमा जिराको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्ने नै हो किनभने हामीकहाँ यसको खेती छैन,” उनले भने, “नेपालमा उपभोग हुने जिराको कुल परिमाणमध्ये झन्डै ९० प्रतिशत भारत र आठ प्रतिशत टर्कीब...
भोलिदेखि दसैँ लक्षित ‘सुपथ मूल्य पसल’ सञ्चालन हुने, कुन-कुन ठाउँमा खुल्छन्?
अर्थ, समाचार

भोलिदेखि दसैँ लक्षित ‘सुपथ मूल्य पसल’ सञ्चालन हुने, कुन-कुन ठाउँमा खुल्छन्?

नेपालअखबार, काठमाडाैं। सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ।सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन गर्नेछन्। आम उपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। यस्ता पसलबाट बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपलब्ध गराउने उद्देश्य सरकारले राखेको छ। सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पश...
घट्यो सुनको मूल्य
अर्थ, समाचार

घट्यो सुनको मूल्य

नेपालअखबार, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्यमा समेत उच्च अंकको गिरावट आएको छ । आज तोलामा ३० रुपैयाँले घटेसँगै चाँदीको कारोबार मूल्य १३ सय १० रुपैयाँ तोकिएको छ । हिजो सोमबार चाँदीको कारोबार मूल्य तोलामा १३ सय ४० रुपैयाँ थियो । यससँगै, पछिल्लो ९ दिनमा सुनको मूल्य प्रतितोला ५ हजार ६०० ले घटिसकेको छ । गत साताको आइताबर छापावाल सुनको म...
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
अर्थ, राजनीति, समाचार

पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय

नेपालअखबार, काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यान दिँदै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको जानकारी गराएका हुन्। नेपाल आयल निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो। चाडबाडको मुखमा मूल्यवृद्धि भएको भन्दै सरकारको विरोध भएको थियो। आइतबार बसेको मन्त्रिपरिषद बैठकमा पनि यसबारे छलफल भएको थियो। प्रधानमन्त्री दाहालले निगमलाई मूल्यवृद्धि फिर्ता लिन निर्देशन दिएर फिर्ता भइसकेको जानकारी गराएका छन्।  ...
पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो
अर्थ, समाचार

पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ सिलिण्डरमा २१५ ले बढ्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ । आन्तरिकतर्फको हवाइ इन्धनको...
भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने
अर्थ, प्रशासन, समाचार

भारतमा थप आठ सय मेगावाट बिजुली निर्यात गर्न सकिने

नेपालअखबार, काठमाडौँ । नेपाल र भारतबीचका प्रसारण संरचना र पूर्वाधारलाई अधिकतम क्षमतामा उपयोग गरेर थप आठ सय मेगावाट बराबरको बिजुली निर्यात गर्न सकिने भएको छ । सो विषयमा दुई देशका उच्च अधिकारीबीच प्रारम्भिक समझदारी भएको छ । नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीचमा भएको द्विपक्षीय छलफलका क्रममा हाल सञ्चालनमा रहेका प्रसारण पूर्वाधार र निर्माण सम्पन्न हुने चरणमा रहेका पूर्वाधार प्रयोग गरेर विहार, उत्तर प्रदेशलगायत भारतीय राज्यमा बिजुली निर्यातका लागि थप सहज हुने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा पाँच सय २२ मेगावाट र एनभिभिएनलाई एक सय १० मेगावाट गरी कूल छ सय ३२ मेगावाट विद्युत् हाल निर्यात भइरहेको छ । त्यसमध्ये पाँच सय ६२ मेगावाट विद्युत् ढल्केबर–मुजफ्फपुर, चार सय केभी क्षमताको अन्तरदेशीय प्रसारण लाइन र ७० मेगावाट महेन्द्रन...
निक्षेप र कर्जा घट्यो
अर्थ, समाचार

निक्षेप र कर्जा घट्यो

नेपालअखबार,काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोडले घटेको छ । नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको २०८०/८१ को पहिलो महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार साउनमा निक्षेप परिचालन २.३ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड (२.० प्रतिशत) ले घटेको थियो । चालु आर्थिक वर्षको साउन मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.० प्रतिशत, २६.७ प्रतिशत र ६१.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.२ प्रतिशत रहेको छ । २...
उच्च महँगीको सामना गरिरहेको बेलायतमा घट्यो महँगी दर
अर्थ, समाचार

उच्च महँगीको सामना गरिरहेको बेलायतमा घट्यो महँगी दर

नेपालअखबार, काठमाडौँ । उच्च मूल्यवृद्धिको सामना गरिरहेको बेलायतमा अगस्ट महिनामा महँगी दरमा गिरावट आएको छ । समाचार संस्था बीबीसीले अगस्ट महिनामा महँगी दर सामान्य गिरावट आएको उल्लेख गरेको हो । बेलायतको सरकारी आँकडाअनुसार अगस्ट महिनामा महँगी दर ६.७ प्रतिशत छ । जुन, जुलाई महिनामा ६.८ प्रतिशत थियो । बेलायतको तथ्याङ्क कार्यालयका अनुसार बजारमा खाद्यान्नको माग घट्दा महँगी समेत ओरालो लागेको हो । बेलायती बजारमा महँगी खस्किएको यो तेस्रो महिना हो । उच्च मूल्यवृद्धि मारमा परेको दूध, चिज र अन्डाको मूल्य तथा माछा र तरकारीको मूल्यमा समेत उच्च गिरावट आएको छ । समाचार संस्थाका अनुसार मूल्यवृद्धिको दर घट्नु वस्तुको मूल्य नै घट्नु भने होइन । तर, मूल्यवृद्धिको गतिलाई कम भने यो दरले गराइदिन्छ । अगस्ट महिनाको महँगी दर घट्दा बेलायती सरकारी निकाय समेत आश्चर्यमा परेको समाचारमा उल्लेख गरिएक...