Monday, August 3

अर्थ

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य
अर्थ, कृषि, समाचार

८ दिनमा तेस्रो पटक बढाइयो ब्रोइलर कुखुराको मूल्य

नेपालअखबार,  काठमाडौं । बुधबारदेखि लागू हुनेगरी जिउँदो ब्रोइलर कुखुराको मूल्य पुनः बढाइएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो । २५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो । पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड ...
काँक्रो खेतीबाट मनग्य आम्दानी
अर्थ, कृषि, समाचार, समाज

काँक्रो खेतीबाट मनग्य आम्दानी

नेपालअखबार, कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका भरत चौधरीले व्यावसायिकरूपमा काँक्रो खेती गरी मनग्य आम्दानी गर्दै आएका छन् । मौसमी र बेमौसमी काँक्रो खेती गरी उनले वार्षिकरूपमा रु पाँच लाख बढी आम्दानी गर्ने गरेका छन् । स्थानीय जातका र वर्णशङ्कर (हाइब्रेड) जातका काँक्रो खेतमा उत्पादन गरेर उनले घर–व्यवहार सहजरूपमा चलाएका छन् । “एक दशकदेखि काँक्रो खेती गर्दै आएका छौँ”, उनले भने, “स्थानीय बजारमा बिक्री गरी सोचेजस्तै आम्दानी हुने गरेको छ ।” उनका अनुसार दुई महिनाको अवधिमै रु एक लाख ५० हजार जतिको काँक्रो बिक्री भइसकेका छन् । पहिलो खेपमा लगाएका काँक्रो बिक्री गरी दोस्रो खेपका काँक्रो बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । बजारको मागअनुसार काँक्रोका जात खेतमा रोप्ने गरेको उनले बताए । “अरु किसानभन्दा पहिला नै बजारमा काँक्रो पुर्याइसक्छौँ”, उनले भने, “त्यही भएर मूल्य अधिक पा...
असोजका लागि औसत ब्याजदर घट्यो
अर्थ, समाचार

असोजका लागि औसत ब्याजदर घट्यो

नेपालअखबार, काठमाडौं । बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् । ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल ...
नेपालसँगको व्यापार बढाउन बिहारमा १० भन्सार कार्यालय स्थापना गर्दै भारत
अर्थ, राजनीति, समाचार

नेपालसँगको व्यापार बढाउन बिहारमा १० भन्सार कार्यालय स्थापना गर्दै भारत

नेपालअखबार, काठमाडौं । भारतीय गृहमन्त्री अमित शाहले बिहारका विभिन्न १० स्थानमा भन्सार कार्यालय स्थापना गर्ने बताएका छन् । उनले नेपालसँगको अन्तर्राष्ट्रिय व्यापार सुदृढ बनाउने लक्ष्यसहित विहारमा १० स्थानमा भन्सार स्थापनाको योजना अघि बढाउँदै कार्यालय स्थापना गर्ने स्थान पहिचान गरिएको बताएका हुन् । भारतीय सञ्चार माध्यम ‘बिजनेस स्ट्याण्डर्ड’का अनुसार पहिचान गरिएका नयाँ ‘ल्याण्ड कस्टम स्टेसन’ (एलसीएस) ले ट्रान्जिट, भन्सार सेवा, अध्यागमन सेवा र कार्गो ह्याण्डलिङ गर्नेछन् । यस्तै, नेपाल–भारतबीच हुने वस्तु आयात–निर्यात र यात्रुको आवतजावतमा समेत ती कार्यालयले सेवा प्रदान गर्नेछन् । भारतले नेपाल–भारत सीमा नाकामा थपिन लागेका कूल १९ यस्ता कार्यालय स्थापनाको योजना अघि बढाएको छ । जसमध्ये १० कार्यालय बिहार राज्यमा मात्रै खोलिनेछन् । १० कार्यालयहरु बिहारको विभिन्न जिल्लामा स्थापना हुनेछन् ...
फेरि  बढ्यो डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ
अर्थ, समाचार

फेरि बढ्यो डिजलमा ३ र पेट्रोलमा १ रुपैयाँ

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार  मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ । यसअनुसार अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।...
कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो
अर्थ, प्रशासन, समाचार

कर्णालीमा उद्योग दर्ता र नवीकरण शुल्क बढ्यो

नेपालअखबार, भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले महिला, दलित र पिछडिएको वर्गलाई उद्योग व्यवसायतर्फ आकर्षण गर्न कर छुटको नीति लिएको छ । प्रदेश सरकारले जारी गरेको उद्योग नियमावलीअनुसार महिला, दलित र पछाडि पारिएका वर्गले उद्योग सञ्चालन गर्न चाहेको खण्डमा दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिइने छ । महिला, दलित, पिछडिएको वर्ग तथा अपाङ्गता भएका व्यक्तिलाई दर्ता दस्तुरमा ५० प्रतिशत छुट दिइने नियमावलीमा उल्लेख छ । शाखा दर्ता दस्तुरतर्फ दर्ता दस्तुरको ५० प्रतिशत शुल्क लाग्ने छ । तर उद्योगमा लगानी पुँजीको सीमा क्षेत्रमा हेरफेर गर्दै कर्णाली प्रदेश सरकारले उद्योग दर्ता र उद्योगको नवीकरण दस्तुर भने वृद्धि गरेको छ । पुँजीका आधारमा कर्णाली प्रदेश सरकारले उद्योगलाई पाँच तहमा वर्गीकरण गरेको छ । रु पाँच लाखसम्म, रु १० लाख, रु २० लाख, रु ५० लाख र रु ५० लाखभन्दा बढी पुँजी भएका उद्योगले फरक–फरक दर्ता...
आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार
अर्थ, समाचार

आयात गरेर प्रशोधन गरेको भरमा नेपालको निर्यात व्यापार

नेपालअखबार, काठमाडौं । नेपालले निर्यात व्यापारमा उल्लेखनीय प्रगति गरेको छैन । नेपालले गरिरहेको निर्यात व्यापार फुलेको बेलुनका रूपमा मात्र रहेको छ । नेपालको आफ्नै भूमिमा उत्पादन भएको सामग्री निर्यात गर्ने नभइकन आयात गरेर ल्याइएका सामानलाई नै प्रशोधन गरेर निर्यात गर्ने भएकाले नेपालको निर्यात व्यापार दिगो हुने खालको छैन । नेपालको आफ्नै उत्पादनको निर्यात नभएकै कारणले गत वर्ष नेपालबाट निर्यात हुने दर एकै आर्थिक वर्षमा २१ दशमलव ४ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७८–७९ मा २ खर्ब रुपैयाँको वस्तु नेपालबाट निर्यात भएकोमा गत वर्ष २०७९–८० मा ४३ अर्ब रूपैयाँले घटेर १ खर्ब ५७ अर्ब रुपैयाँको मात्रै निर्यात भएको तथ्यांक रहेको छ । निर्यात घट्नुको प्रमुख कारण नै खाने तेल हो । भारत र अन्य मुलुकबाट पाल्म, तोरी र भटमास आयात गरेर नेपालमा प्रशोधन गरी निर्यात ग...
दाङको तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति
अर्थ, समाचार

दाङको तेल मिलमा आगलागी, डेढ करोड बढीको क्षति

नेपालअखबार, दाङ । दाङको तुलसीपुर–६ स्थित गणपति तेल मिलमा आगलागी भएको छ । शनिबार बिहान करिब साढे २ बजे तेल मिलमा आगलागी भएको हो । आगलागी भएको जानकारी पाएलगत्तै स्थानीय र प्रहरीले पानी ट्यांकरहरुको सहयोगमा आगो नियन्त्रणमा लिएका थिए । बिहान साढे ४ बजे आगलागी नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिए । उनले आगलागीबाट दुईतले पक्की भवनमा पूर्णरूपमा क्षति पुगेको र दाल पिस्ने मेसिन तथा तेल मिलमा पनि क्षति पुगेको बताए । उनका अनुसार आगलागीबाट डेढ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । विद्युत् सट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।...
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो
अर्थ, समाचार

पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । हेर्नुहोस् निगमको निर्णय...
भारतमा प्रति सिलिन्डर २ सयले घट्यो ग्यासको मूल्य
अर्थ, समाचार

भारतमा प्रति सिलिन्डर २ सयले घट्यो ग्यासको मूल्य

नेपालअखबार, नयाँ दिल्ली । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिन्डरको मूल्यप्रति सिलिन्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताए । अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिन्डर ९०३ भारतीय रुपियाँमा उपलब्ध हुनेछ । यो निर्णयले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।...