Thursday, July 9

अर्थ

सुनको भाउ प्रतितोला लाख नाघ्यो
अर्थ, समाचार

सुनको भाउ प्रतितोला लाख नाघ्यो

नेपाल अखबार, पाेखरा। सुनको भाउ पुनः तोलामै एक लाख नाघेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला दुई  हजार दुई सय रुपैयाँले बढेर सुनको भाउ एक लाख चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावल सुनको कारोबार प्रतितोला मूल्य  ९८ हजार दुई सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय मूल्यमा आएको परिवर्तनसँगै सुनको भाउ बढेको महासंघले जनाएको छ । मंगलबारका लागि तेजाबी सुनको प्रतितोला मूल्य ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ एक हजार तीन सय ८० रुपैयाँ पुगेको छ । सोमबारको तुलनामा चाँदीको प्रतितोला भाउ ६५ रुपैयाँले बढेको हो ।...
बढ्यो पेट्रोलियम पदार्थको मुल्य
अर्थ, समाचार

बढ्यो पेट्रोलियम पदार्थको मुल्य

नेपाल अखबार, पोखार । नेपाल आयल निगमले भोलिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्यमा वृद्धि गरेको छ । आयल निगमका अनुसार पेट्रोल, डिजल र मट्टीतेल सबैमा १-१ रुपैयाँले वृद्धि भएको हो । नयाँ मुल्य अनुसार अब पेट्रोल लिटरको १ सय ५ रुपैयाँ पर्नेछ भने डिजल र मट्टीतेल लिटरको ९१ रुपैयाँ पर्नेछ । इन्डियन आएल कर्पोरेसनले मूल्य बढाएका कारण नेपालमा मुल्यवृद्धि भएको निगनले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मुल्य भने साविककै कायम राखिएको छ ।...
खुलेको दुई सातामै सौराहाका होटल बन्द
अर्थ, समाचार, हाइलाइट-समाचार

खुलेको दुई सातामै सौराहाका होटल बन्द

नेपालअखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुलेको दुई सातामा नै पुनः बन्द भएका छन् । साउन १५ गतेदेखि खुलेका होटल बुधबारबाट बन्द भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल बन्द गर्ने भनेसँगै पुनः बन्द भएका हुन् । त्यसअघि चैत ११ गतेबाट बन्द भएका होटल चार महिनापछि सञ्चालनमा आएका थिए । कर्मचारी बोलाएर सरसफाइ, मर्मतसम्भार, रङरोगन, इन्टरनेट जडानलगायत काम सकिन नपाउँदै पुनः होटल बन्द भएको उनको गुनासो छ । उनले भने, “हामीले कति दुःख पाउने कर्मचारी बोलायौँ, खर्च ग¥यौँ, फेरि बन्द गर्नुप¥यो ।” रोगको सङ्क्रमणका कारण बन्द गर्नु बाध्यता भए पनि खोल्ने र बन्द गर्ने गर्नुपर्दा नोक्सान बढी भएको उनको भनाइ छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो दशैँअघि होटल खोल्नुको औचित्य नहुने बताउँछन् । सङ्क्रमण बढ्दै गएकाले जिल्ला लकडाउनसँगै...
कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै
अर्थ, प्रशासन

कम्पनी रजिष्ट्रारको काम भदौ १ गतेदेखि अनलाइनबाटै

नेपाल अखबार, काठमाडौं । कम्पनी दर्ता सम्बन्धी सबै काम अब घर तथा कार्यालयबाटै गर्न सकिने भएको छ । अनलाईनमार्फत कम्पनी दर्ता गर्न सकिने व्यवस्थासहितको प्राविधिक तयारी पुरा भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । भदौ एक गतेबाट नयाँ कम्पनी दर्ताको लागि कम्पनीले अनलाइनमार्फत पेश गरेका कागजातलाई नै आधिकारिक मानी कार्य गरिने निर्णय भएको कम्पनी रजिष्ट्रार कार्यालयका प्रवक्ता एवं उपरजिष्ट्रार तुल्सीराम गैरेले जानकारी दिए । अनलाईन प्रणालीपछि नयाँ कम्पनीको प्रवन्धपत्र र नियमावलीको दुई प्रतिबाहेक अन्य कागजी विवरण कार्यालयमा पेश गर्न नपर्ने प्रवक्ता गैरेले बताए । यसरी दर्ता हुने नयाँ कम्पनीको छुट्टै कागजी फायल तयार नगरिने  र ती कम्पनीको पुनः काम गर्नु पर्दा अनलाईन अभिलेखलाई नै अधार मानिने कार्यालयले जनाएको छ । पुराना कम्पनीले बुझाउनुपर्ने सबै विवरण पनि भाद्र १ गतेदेखि अनलाईनमार्फत नै बुझाउन मिल्...
भक्तपुरको केमिकल उद्योगमा आगलागी
अर्थ, समाचार

भक्तपुरको केमिकल उद्योगमा आगलागी

नेपाल अखबार, काठमाडौं । भक्तपुरको मध्यपुर थिमिमा रहेको निकोसेरामा एक केमिकल उद्योगमा आगलागी भएको छ । युनाइटेड नेपाल केमिकल प्रा.लि.मा आगलागी भएको हो । भक्तपुर प्रहरीका डीएसपी दीपक गिरीका अनुसार अहिले आगो नियन्त्रणका लागि भक्तपुरको दुई र ललितपुरको एउटा दमकल परिचालन गरिएको छ । साथै, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी पनि आगो नियन्त्रणका लागि खटिएका छन् ।...
सौराहामा होटल खुले, ग्राहक आएनन्
अर्थ, समाचार, हाइलाइट-समाचार

सौराहामा होटल खुले, ग्राहक आएनन्

नेपाल अखबार, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल खुले पनि ग्राहक नआएपछि व्यवसायी निराश भएका छन् । होटल खुलेसँगै एक दुई दिन चहलपहल भए पनि बस्ने र खाने गरी ग्राहक नआएको व्यवसायीले जनाएका छन् । विदेशी पर्यटक नआउने भए पनि स्थिति सहज हुने र आन्तरिक पर्यटक आउने व्यवसायीको चाहना थियो तर विभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेपछि व्यवसायीको चाहना पूरा हुन सकेन । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे उत्साहका साथ होटल खोलिएको भए पनि ग्राहक नआएको बताउँछन् । होटल खुलेको भोलिपल्ट आफ्नो होटलमा तीन कोठा बुक भएको तर पछि स्थगन गरिएको उनले जानकारी दिए । जङ्गल सफारी लजका सञ्चालक घिमिरेले भने, “होटलमा सात जना कर्मचारी कार्यरत छन्, सात दिन भयो आजसम्म ग्राहक छैनन् ।” सौराहाका सबै होटलको अवस्था यस्तै रहेको उनले बताए । घिमिरेले थपे, “हाम्रो अपेक्षा पर्यटक नभए पनि मानिसको...
सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो
अर्थ, समाचार

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

नेपाल अखबार, पाेखरा । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको कारोबार प्रतोतोला मूल्य एक लाख दुई हजार पाँच सय रुपैयाँ तोकेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ । बिहीबारका लागि चाँदीको खरिद बिक्री मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ छ । बढ्दो मूल्यका कारण सुन चाँदीको बिक्र अत्यन्तै न्यून रहेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ ।...
सुन तोलाको १ लाख १ हजार चार सय
अर्थ

सुन तोलाको १ लाख १ हजार चार सय

नेपाल अखबार,  पाेखरा । बुधबार नेपाली बजारमा सुनको मूल्य १ लाख नाघेको छ । नयाँ रेकर्ड राखिरहेको छापावाल सुनको मूल्य बुधबार १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ । एकैदिन १६ सय रुपैयाँले बढेर सुनको मूल्य एक लाख नाघेको हो । मंगलबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँका कारोबार भएको थियो । तेजावी सुन आज मूलय बढेर १ लाख ९ स रुपैयाँ पुगेको छ ।...
कोभिड महामारीमा अर्थतन्त्र वृद्धि हुने विश्वका १८ देशमा नेपाल पनि एक
अर्थ, प्रशासन

कोभिड महामारीमा अर्थतन्त्र वृद्धि हुने विश्वका १८ देशमा नेपाल पनि एक

नेपाल अखबार, काठमाडौं  ।  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले कोरोना भाइरस (कोभिड–१९) महामारीका बीच पनि नेपालको अर्थतन्त्रमा २.३ प्रतिशत आर्थिक वृद्धि हुनु सुखद भएको बताएका छन् । मन्त्री पुनले बजेट खर्च हुने समयमा भएको लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा २।३ प्रतिशत आर्थिक वृद्धि हासिल हुनु सरकारको उपलब्धी भएको उल्लेख गरे । संसारका ठूला अर्थतन्त्र भएका मुलुकको अर्थतन्त्रसमेत ऋणात्मक अवस्थामा पुगेका बेला नेपालको अर्थतन्त्रमा थोरै भए पनि वृद्धि हुनु धेरै सकारात्मक पक्ष रहेको उनको भनाइ थियो । मन्त्री पुनले कोभिड–१९ महामारीमा आर्थिक वृद्धि हासिल गर्ने संसारका १८ मुलुकमध्ये नेपाल पनि एक भएको चर्चा गरे । ठूला अर्थतन्त्र भएका अमेरिका, युरोजोन तथा छिमेकी मुलुकहरु ऋणात्मक अर्थतन्त्रको शिकार भएका बेलासेमत नेपालमा आर्थिक वृद्धि हुनु चानहुने नभएको उनले बताए । ‘कोभिड–१९ महामारीको च...
निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
अर्थ, प्रशासन

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

नेपाल अखबार, काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ । अगष्ट एकमा भारतीय आयल कर्पाेरेसनबाट प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलियमको मूल्य बढेर प्राप्त भएकाले स्वचालित मूल्य समायोजन कार्यविधि अनुसार मूल्य बढाइएको निगमको स्पष्टीकरण छ । जुलाई १६ मा प्राप्त मूल्यअनुसार नै निगमलाई पाक्षिक ६ करोड बढी घाटा रहेको प्रवक्ता उपाध्यायले बताए । अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको भाउले निगमलाई हाल पेट्रोलमा एक रुपैयाँ २३ प...