कोरोना कहर : चिया बुझ्न आएनन् विदेशी
नेपाल अखबार, इलाम। विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग/कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे ।
प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ ।
कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउँछन् । दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् । “धेरैले फोनमार्फत आउन सकिन है ...
