Saturday, May 30

अर्थ

८० हजार नाघ्यो सुनको भाउ
अर्थ, समाचार, हाइलाइट-समाचार

८० हजार नाघ्यो सुनको भाउ

काठमाण्डौ - सुनको भाउ तोलाको ८० हजार नाघेको छ ।आज तोलामा १५ सय रुपैयाँ बढेर ८० हजार ३ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।  यो अहिलेसम्मकै उच्च भाउ हो । चीनलगायतका देशमा कोरोना भाइरस फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा भाउ आकासिएको महासंघअन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताए ।  यस्तै चाँदी आज ५ रुपैयाँ बढेर तोलाको ९ सय २५ रुपैयाँ पुगेको छ । ...
बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार
अर्थ, प्रदेश ४, समाचार

बाइक ¥यालीमा सन्तोषले पाए १ लाख उपहार

शनिबार र आइतबार गोरखा बजारदेखि बारपाकसम्म आयोजना गरिएको मोटरसाइकल ¥यालीमा सन्तोष श्रेष्ठले एक लाख रुपैया उपहार पाएका छन् । आइतबार जिल्ला सदरमुकाममा आयोजित ¥यालीको समापन कार्यक्रममा गोलाप्रथाबाट सन्तोष प्रथम घोषित भएका हुन् । उनले नगद एक लाख रुपैया जितेका छन् । त्यस्तै प्रबिन श्रेष्ठ र आशकाजी श्रेष्ठ क्रमश दोश्रो र बिजेता घोषित भए । उनिहरुले नगद ७५ हजार र ५० हजार रुपैया पुरस्कार पाएका छन् । त्यस्तै गोला प्रथाबाटै ¥यालीमा सहभागी ५ जनालाई मोबाइल र १० जनालाई हेलमेट उपहार स्वरुप प्रदान गरिएको आयोजकले जनाएको छ । आयोजक गोरखा युथ क्लबका अध्यक्ष सुमन गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, कार्यक्रम संयोजक रञ्जितकुम...
गण्डकी प्रदेशमा बढ्याे मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब । कसकाे कति ?
अर्थ, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा बढ्याे मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब । कसकाे कति ?

गाेरखा । गण्डकी प्रदेश सरकारले विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको छ । मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको हाे । गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा ९ हजार ७ सय ६० रुपैयाँ थप गरेर ७० हजार ७ सय ३० रुपैयाँ बनाइएको छ। यस्तै, ६ जना मन्त्रीहरूले पाउँदै आएको ५२ हजारमा ८ हजार ३ सय २० रुपैयाँ थप गरेर ६० हजार ३ सय २० पुर्याइएकाे छ भने २ जना राज्य मन्त्रीले पाउँदै आएको ४९ हजारमा ७ हजार ८ सय ४० रुपैयाँ थप गरेर ५६ हजार ८ सय ४० बनाइएकाे छ । यस्तै २ जना सहायक मन्त्रीहरूले पाउँदै आएको ४७ हजारमा ७ हजार ५ सय २० थप गरेर ५४ हजार ५ सय २० रुपैयाँ बनाइएको छ। यस्तै, प्रदेशसभाका पदाधिकारीहरू अन्तर्गत सभामुखले पाउँदै आएको ५३ हजारमा ८ हजार ४ सय ८० रुपैयाँ थपेर ६१ हजार ४ सय ८०, विपक्षी दलको नेता र उपसभामुखले पाउँदै आ...
सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा
अर्थ, समाचार, हाइलाइट-समाचार

सञ्चार मन्त्रालयका कागजात अख्तियारको नियन्त्रणमा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन लेनदेनको विषयमा गरेको अडियो सार्वजनिक भएपछि थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयका काजगात नियन्त्रणमा लिएको छ । सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको भन्दै पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियारले कागजातहरू नियन्त्रणमा लिएको हो।...
मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम
अर्थ, समाचार, समाज, हाइलाइट-समाचार

मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम

काठमाडौं– पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित निर्माण भइरहेको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन । आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो । तत्कालीन समयमा आर्थिक वर्ष ०७४/०७५ मा निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय गुज्रेपनि आधासम्म काम भएको छैन् । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो मार्गलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । पूर्व–पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो मार्ग हो । कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ । याे समाच...
परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा
अर्थ, कृषि, प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

परदेशमा भोगेको दुःखले मिल्यो स्वदेशमै उद्यमी गर्ने उत्प्रेरणा

गोरखा । विष्णु मग्राती २०५६ साल ताका गाउँकै नवज्योती माध्यामिक विद्यालयमा शिक्षक थिए । गोरखा नगरपालिका–७ डण्डीडाँडाको उक्त विद्यालयको नीजि स्रोतमा झण्डै साढे ३ बर्ष पढाउदा उनलाई मनमा कत्ति सन्तोष मिलेन । सँगैका साथीभाई विदेश गएर कमाउन थालेपछि मग्रातीलाई प्रावि तहको तलब आँखा लाग्नै छाड्यो । त्यसपछि उनि पनि मलेशिया हानिए । धेरै पैसा कमाउने सपना बोकेर २०५९ सालमा मलेशिया गएका मग्रातीलाई विदेश पुगेपछि मात्र थाहा भयो प्रदेशीको पिडा । ‘न भाषा बुझ्ने, न काम जानेको, सुरुमा त लाटो जस्तै भइयो’ उनि सम्झनछन् ‘सुरुका केहि महिनाका रात त रोएरै कटाए, अहँ आँखा झिमिक्कै नलाग्ने ।’ बिस्तारै वातावरण सहज बन्दै त गयो तर जुन सपना बोकेर गएका थिए त्यहाँ पनि उनले त्यो सम्भावना देख्न छाडे । तर के गर्नु, जादाँ ऋण गरेका गएका उनलाई जसो तसो साहुको ऋण तिर्नुपर्ने बाध्यता पनि थियो । त्यति मात्रै होइन विदेश गएका छ...
पेट्रोल र डिजेलको मुल्य घट्यो
अर्थ, समाचार, हाइलाइट-समाचार

पेट्रोल र डिजेलको मुल्य घट्यो

काठमाडौं-  नेपाल आयल निगमले  पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २-२ रुपैयाँ घटाएको छ । सोमबार राती १२ बजेदेखि लागू हुने गरी मुल्य घटाएको नेपाल आयल निगमले जनाकारि दिएको हो । निगमले यस अघि पनि पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको थियो । यता, एलपी ग्याँसको मुल्य भने यथावत रहेको निगमले जनाएको छ । यसअघि २५ रुपैयाँ बढाएर अहिले ग्याँसको मुल्य १४ सय पुगेको छ ।...
भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न
अर्थ, प्रदेश ४, समाचार

भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न

गाेरखा । सदरमुकाममा भ्याट सहितको दोहोरो लेखा प्रणाली तालिम सम्पन्न भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजनामा तिन दिने तालिम भएको हो । जिल्लाका बिभिन्न पालिकामा ब्यवसाय संचालन गरिरहेका तथा सेवा मूलक संघसंस्थामा आवद्ध ४१ जनालाई तालिम दिइएको हो । भ्याट सहितको दोहोरो लेखा प्रणालीको अभिलेख राख्न, ब्यवसाय वा फर्महरुको लेखा प्रणाली चुस्त दुरुस्त बनाउनुका साथै क्षमता अभिबृद्धि, वर्तमान आर्थिक नीति नियमको जानकारी गराउने लगायतका उदेश्यले तालिमको आयोजना गरिएको संघका अध्यक्ष जीवनज्योती श्रेष्ठले बताए । तालिममा गोरखा नगरपालिका, पालु्ङटार नगरपालिका आरुघाट, सिरानचोक, अजिरकोट, शहिद लखन, भिमसेन थापा, वारपाक सुलिकोट र धार्चे गाउँपालिकाका प्रमुख व्यापारिक केन्द्रहरुका विभिन्न व्यवसायमा आबद्ध ४१ जनाको सहभागीता रहेको थियो । शुक्रबारदेखि सुरु भएको तालिमको आइतबार समापन गरिएको संघका कार्यालय ...
सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित
अर्थ, समाचार, हाइलाइट-समाचार

सम्पत्ति शुद्धीकरणको पत्रले व्यवसायी आतंकित

काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही उद्योगी–व्यवसायीसँग आर्थिक कारोबारको विवरण मागेको छ। यसबाट उद्योगी–व्यवसायी त्रसित बनेका छन्। विभागले केही उद्योगी–व्यवसायीलाई पठाएको पत्रमा उनीहरूका कम्पनीले हालसम्म चुक्ता गरेको करको विवरण, कर कार्यालयमा पेस गरेको वासलात, नाफा–नोक्सासहित सबै आर्थिक विवरण उपलब्ध गराउन भनिएको छ। अर्थ मन्त्रालय अन्तर्गत रहेको विभागलाई गत वर्षदेखि प्रधानमन्त्री कार्यालय मातहत राखिएको छ। उद्योगी–व्यवसायीका व्यापारिक प्रतिष्ठान तथा कम्पनीले आर्थिक वर्षभरिको सम्पूर्ण खर्च र आम्दानीको विवरण अर्थ मन्त्रालय मातहतका विभिन्न निकायमा पेस गर्नुपर्ने कानुनी व्यवस्था छ। निजी क्षेत्रका व्यापारिक प्रतिष्ठान र कम्पनीहरूको सम्पूर्ण आर्थिक विवरण सरकारका विभिन्न निकायमा भएको अवस्थामा सम्पत्ति शुद्धीकरण विभागले पनि आर्थिक कारोबारका सम्पूण कागजात मागेपछि उद्योगी–व्यवसायी ...
चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी
अर्थ, प्रविधि, विदेश, समाचार, समाज, हाइलाइट-समाचार

चौधरी ग्रुपले किन्यो युरोपमा टेलिकम कम्पनी

काठमाडौं । चौधरी ग्रुप नेपालमा टेलिकम्युनिकेशन उद्योगका लागि लाइसेन्स नपाएपछि यूरोपमा यो व्यवसाय गर्नेगरी अगाडी बढेको छ। नेपालका एकमात्र बिलिनियर ब्यवसायी विनोद चौधरीले यूरोपको ‘मोल्डसेल’ टेलिकम्युनिकेशन कम्पनी किन्ने सम्झौता गरेका हुन्। विनोद चौधरीको स्वामित्व रहेको सिजी सेल टेक्नोलोजी र यूरोपको ‘मोल्डसेल’ टेलिकम कम्पनीबीच गत शुक्रबार खरिदविक्री सम्झौता भएको छ। सीजी टेलले नेपालमा कम्युनिकेशन व्यवसया गर्न सरकारसँग यूनिफाइड लाइसेन्स मागेको थियो। तर, सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले २० अर्व राजश्व बुझाए लाइसेन्स पाउने बताएका थिए। त्यसपछि चौधरी ग्रुपले पत्रकार सम्मेलन नै गरेर मन्त्रीले भनेको २० अर्व एकमुष्ट नभई नवीकरण शुल्क १० वर्षसम्म तिनुपर्ने कानूनी प्रावधान रहेको जनाएको थियो। यसरी सरकार र चौधरी ग्रुपबीच दोहोरी चलिरहेकै बेला सीजी टेलले यूरोपको मो...