वैदेशीक रोजगारमा ७ वर्ष बिताएर फर्केपछि सुरू गरे च्याउखेती, कमाउँछन् महिनामै डेढ लाख
नेपालअखबार,सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन्।
दाजु रोशन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजु भाई कृषि फर्म दर्ता गरी गाउँमै च्याउखेती गरी राम्रो आम्दानी गरिरहेका छन्।
सात वर्षसम्म वैदेशिक रोजगारीमा जीवन विताएर स्वदेश फर्किएपछि आफूहरुले व्यावसायिक च्याउखेती सुरु गरेको रोशन गुप्ताले बताए।
पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए।
उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख सजिलै बचत हुने गरेको छ।
हाल उनीहरुले पाँच वटा टनेलमा च्याउ खेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकेजी १७० रूपैयाँमा र फर्ममै किन्न आउने व्यापारीलाई १५० रूपैयाँमा बिक्री गर्ने गरेको उनले बताए।
'च्याउ बिक्रीका लागि बजारको समस्या छैन। उत्पादन भएको च्याउ धरान, इटहरी, इनरूवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थ...










