साउदी छाडेर गाई-भैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
नेपालअखबार,म्याग्दी । वैदेशिक रोजगारीबाट फर्किएर गाईभैँसीपालन गर्दा के–कति आम्दानी होला? भन्ने जिज्ञासा मनमा थियो।
मिहिनेत गरे फल कसो प्राप्त नहोला त भनेर सुरु गरेको कामबाट आज पर्वतको जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीलाई नाम र दाम दुवै प्राप्त भएको छ।
उनले दूध बेचेर मासिक एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्।
तेह्र वर्ष साउदी अरबमा सवारी चालकका रूपमा काम गरेर फर्किएका क्षेत्रीले विसं २०७३ देखि ‘गोमा गाईभैँसी फार्म’ सञ्चालन गर्दै आएका छन्।
साउदीमा बिरामी भएपछि स्वदेश फर्किएका उनले अन्य रोजगारीको विकल्प नदेखेपछि तीनवटा गाईभैँसीबाट पशुपालन सुरु गरेका थिए।
हाल १४ वटा गाईभैँसी रहेका उनको फार्मबाट दैनिक दुई हजार ७०० मूल्य बराबरको ९० लिटर दूध बिक्री हुने गरेको छ।
पशुको दाना, औषधि, व्यवस्थापनलगायत खर्च कटाएर मासिक एक लाखभन्दा बढी बचत हुने गरेको उनको भनाइ छ।
क्...










