Tuesday, September 8

कृषि

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय
कृषि, समाचार, समाज

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

नेपालअखबार, बाँके । “मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद मुराउ भन्छन्, “तर मेरा छोराहरुले अझै ऋण तिर्दैछन् ।” वीरेन्द्रको यो भनाइले वैदेशिक रोजगारी र स्वदेशमै गरिएको व्यावसायिक कृषि बीचको आर्थिक अन्तर स्पष्ट देखाउँछ । तीन पुस्तादेखि निरन्तर टमाटरखेती गर्दै आएको मुराउ परिवारले आज आधुनिक प्रणाली अपनाएर खेतीलाई आम्दानीको बलियो आधार बनाएको छ । वीरेन्द्रले यस वर्ष चार बिघा जग्गामा व्यावसायिक रुपमा टमाटरखेती गरे । उनका अनुसार यसका लागि प्रारम्भिक लगानी करिब सात लाख रुपैयाँ पुगेको छ । “बीउ, मल, प्लास्टिक, सिँचाइ, मजदुरी र विषादीमा लगानी हुन्छ,” उनले भने, “तर बजार राम्रो भयो भने दुई–...
रौतहटमा धान उत्पादन घट्यो
कृषि, समाचार, समाज

रौतहटमा धान उत्पादन घट्यो

नेपालअखबार,रौतहट । गत १७ देखि १९ असोजसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो । गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कुल २१ हजार ५७८ मेट्रिकटन धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिए । उनका अनुसार गत वर्ष जिल्लामा एक लाख १६ हजार ७०८ मेट्रिकटन धान उत्पादन भएकामा यस वर्ष ९५ हजार १३० मेट्रिकटन उत्पादन भएको छ । यस वर्ष जिल्लामा ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो भने प्रतिहेक्टर उत्पादन ३ दशमलव ०२ मेट्रिकटन रहेको निमित्त प्रमुख कुर्मीले जानकारी दिए । गत वर्ष रौतहटमा ३५ हजार आठ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । प्रतिहेक्टर उत्पादन ३ दशमलव २६ रहेको थियो । गत वर्षको तुलनामा यस वर्ष प्रतिहेक्टर ...
दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला
कृषि, समाचार, समाज

दश करोड बढीमा बिक्री भए भीरकोटका सुन्तला

नेपालअखबार,स्याङ्जा । स्याङ्जाको भीरकोट–७ बाट यस वर्षमात्रै रु दश करोड बढीको सुन्तला बिक्री भएको छ । वडाका विभिन्न टोलमा रहेका सुन्तला बगैँचाबाट गाउँमा रु दश करोड बढी भित्रिएको हो । वडाभित्रका सुन्तला उत्पादक कृषकहरूसँग लिइएको तथ्याङ्कका आधारमा यस वर्षमात्रै ७ नं वडाबाट रु दश करोड बढीको सुन्तला बिक्री भएको वडाध्यक्ष ताराप्रसाद अर्यालले जानकारी दिए । वडाका जिमिरे, लोलुङ्गा, बलमाटा, तिलाहार, पाङसाङ, पासिन्डाँडा, कोलडाँडा, धोवादीलगायत टोलका स्थानीय सुन्तला व्यावसायी कृषकहरूले न्यूनतम रु एक लाखदेखि अधिकतम रु ३५ लाखसम्म आम्दानी गर्न सफल भएका उनले बताए । सुन्तला उत्पादक कृषकले ठेक्का तथा प्रतिकेजी किलोको रु ७० का दरले बोटबाटै बिक्री गरेका हुन् । “सुन्तला उत्पादक कृषकहरूले बिक्री गरेको परिमाण, मूल्यका आधारमा जानकारी लिँदा सुन्तला बिक्रीबाट रु दश करोड बढी आम्दानी भएको पाइयो”, उनले भने, “वडाम...
आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती
अर्थ, कृषि, समाचार

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

नेपालअखबार,धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आएका छन् । उनीसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् । अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न पाइन्छ । मकै, कोदोलगायत खेतीभन्दा कफीबाट आम्दानी बढी हुने भएकाले थोकरले कफीखेतीलाई निरन्तरता दिँदै आएको बताए । उनी अहिले कफी टिप्ने, पल्पिङ गर्ने र सुकाउने काममा व्यस्त छन् । यस वर्ष करिब रु २५ लाखसम्म आम्दानी हुने अनुमान गरिएको थोकरले उल्लेख गरे । “गत वर्षभन्दा यो वर्ष प्रशस्त मूल्य पाइएको छ”, उनले भने, “खाना, लाउन र छोराछोरीलाई पढाउन सबै खर्च व्यवस्थापन हुँदै आएको छ ।” गाउँमा थोकरको परिवारले पहिलोपटक व्यावसायिक कफीखेती सुरु गरेकाे हाे । सोही ठाउँका ज्ञा...
अण्डाको मूल्य घट्यो
अर्थ, कृषि, समाचार

अण्डाको मूल्य घट्यो

नेपालअखबार,चितवन । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्यमा कटौती गरेको छ। सङ्घले भोलिदेखि लागू हुने गरी अण्डाको मूल्यमा प्रतिक्रेट ९० रुपैयाँ घटाएको हो। नयाँ दररेट अनुसार ठूलो अण्डाको मूल्य प्रतिक्रेट ५६५ बाट घटेर ४७५ रुपैयाँ कायम भएको छ। यस्तै, मिडियम अण्डाको मूल्य पनि प्रतिक्रेट ५५० बाट घटेर ४६० रुपैयाँमा झरेको सङ्घले जनाएको छ। उपभोक्ताले अब प्रतिगोटा २० रुपैयाँमा अण्डा पाउनेछन्, जबकि यसअघि उपभोक्ता मूल्य २५ रुपैयाँ तोकिएको थियो। बढ्दो जाडोका कारण विद्यालयहरू बन्द हुनु, पर्यटकीय गतिविधि कम हुनु र बजारमा मागभन्दा उत्पादन बढी हुनुले मूल्य घटाउनुपरेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए। उनका अनुसार धेरै किसानले अण्डाको राम्रो मूल्य पाउने आशामा पुराना कुखुरा बिक्री नगरी उत्पादन जारी राख्दा बजारमा अण्डाको थुप्रो लागेको छ। यद्यपि, अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा ...
एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?
अर्थ, कृषि, समाचार, समाज

एक वर्षमै १ अर्ब ३२ करोडको सुन्तला उत्पादन, कसरी भयो सम्भव?

नेपालअखबार,स्याङ्जा । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकिलो ५७ का दरले बिक्री भएको छ। गत वर्षको तुलनामा यस वर्ष २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो। गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ। यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो। स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छ भने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेक...
विश्व बजारमा फैलिँदै लाओ कफीको सुगन्ध
कृषि, समाचार

विश्व बजारमा फैलिँदै लाओ कफीको सुगन्ध

नेपालअखबार, काठमाडौँ । लाओ कफीले स्थानीय उपभोक्ताहरू माझ मात्र नभई अन्तर्राष्ट्रियस्तरमा पनि आफ्नो लोकप्रियता बढाउँदै लगेको छ । यसको विशिष्ट स्वाद र लाओसको मौलिक संस्कृति तथा सम्पदा झल्काउने गुणस्तरले गर्दा यसले बिस्तारै विश्वव्यापी पहिचान बनाउँदैछ । सिनोक कफीका संस्थापक तथा लाओ कफी एशोसिएसनका पूर्वअध्यक्ष सिनोक सिसोम्ब्याट बोलाभेन पठारमा कफी खेतीको अध्ययनबाट आफ्नो यात्रा शुरु गरेको बताए । लाओसको प्रमुख कृषि निर्यात वस्तुमध्ये एक रहेको कफीले त्यहाँका नागरिकहरूका लागि रोजगारी र आयको मुख्य स्रोत प्रदान गरेको छ । सन् २०२४ मा लाओसले ५० हजार टनभन्दा बढी कफी निर्यात गरी १० करोड अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको छ ।...
निबुवा र कागतीको भाउ घट्यो
कृषि, समाचार, समाज

निबुवा र कागतीको भाउ घट्यो

नेपालअखबार,काठमाडौं । स्थानीय बजारमा निबुवा र कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार निबुवा र कागतीको भाउ घटेको देखाएको हो । सोमबार निबुवाको भाउ प्रतिकिलो थोकमा १० रुपैयाँ घटेको छ । हिजो आइतबार निबुवा प्रतिकिलो औसत ६५ रुपैयाँमा किनबेच भएको थियो । सोमबार भने किलोको ५५ रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै कागतीको भाउ पनि प्रतिकिलो ५ रुपैयाँ घटेको छ । हिजो प्रतिकिलो ९० रुपैयाँमा किनबेच भएको कागती आज प्रतिकिलो ८५ रुपैयाँ कायम छ ।...
खरबारी सुन्तला बगैँचामा परिणत
कृषि, समाचार, समाज

खरबारी सुन्तला बगैँचामा परिणत

नेपालअखबार,म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ भेडाबारी र भोर्लेनीका किसानले भिरालो पाखो खरबारीलाई सुन्तला बगैँचामा परिणत गरेका छन् । कोदो, मकैलगायत परम्परागत खाद्यबाली खेती हुने बारीलाई सुन्तला बगैँचामा रुपान्तरण गरिएको हो । सुन्तलाखेतीले पाखो र खरबारीको रूप मात्र नभएर किसानको जिवनस्तरमा समेत सुधार ल्याएको छ । अगुवा किसान ओम गिरीले विगतमा खाद्यबाली लगाउने र पशुका लागि खरघाँस पाइने खरबारी रहेको पाखोमा स्थापना गरेको सुन्तलाले उत्पादन दिन थालेपछि अवस्था फेरिएको बताए । “पाँच सय सुन्तलाका बोट भएको मेरो बगैँचाबाट यसपालि करिब रु ११ लाखको सुन्तला बिक्री भयो”, उनले भने, “पहिले एक पाथी कोदो फल्ने बारीको पाटामा लगाएको सुन्तलाबाट रु एक लाख आम्दानी भयो ।” गिरीका अनुसार सुन्तलाले बजार पाउन थालेपछि पछिल्लो समय घरवरपरको पाखोमा खरबारीमा झाडी फाडेर पनि बगैँचा विस्तार गर्ने क्रम बढेको छ । भेडाबा...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव
कृषि, समाचार, समाज

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

नेपालअखबार, मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु हुने भएको छ । चितवन उद्योग सङ्घ इच्छाकामना समिति र होटल व्यवसायी सङ्घ इच्छाकामना एकाइको संयुक्त आयोजनामा मुग्लिन बजारमा सुन्तला महोत्सव तथा फुड फेस्टिबल हुने भएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न टेवा पुग्ने विश्वासका साथ महोत्सवको आयोजना गरिएको चितवन उद्योग सङ्घ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले बताए । प्रदर्शनीमा ५० भन्दा बढी स्टल रहने उनले जानकारी दिए । महोत्सवमा इच्छाकामनाका १०० जना सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने तथा स्थानीयस्तरमा आपसी भाइचारा र व्यावसायिक सञ्जाल निर्माण हुन गई सम्बन्ध विस्तार हुने लक्ष्य लिइएको छ । महोत्सवमा सुन्तलाविज्ञ किसान र जनप्रतिनिधिहरुबीच अन्तक्र्रिया...