पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित
नेपालअखबार,इलाम । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दश वटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित भएका हुन् ।
पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताए । “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ”, उनले भने, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु ।”
निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपूरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ । “धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ”, उनले भने, “बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पार्यो ।”
खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । मा...









