Friday, March 13

पत्रपत्रिका

सुन तस्करीको फेरियो शैली
अपराध, पत्रपत्रिका, प्रशासन, समाचार

सुन तस्करीको फेरियो शैली

नेपालअखार, काठमाडौं । राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी र भन्सार विभाग चनाखो हुन थालेपछि सुन तस्करले नयाँ रुटबाट सुन तस्करी गर्न थालेका छन् । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गरेपछि तस्कर अन्य उपायमा लागेका हुन् । विमानस्थलको भन्सार विभागमा कार्यरत कर्मचारी नै पक्राउ परेपछि तस्करको चेन पनि भत्किएको छ । मिलेमतोमा र घुस लेनदेन मिलाएर तस्करी हुँदै आएकोमा सरकारले कडाइ गरेपछि तस्करले हवाइ मार्ग छाडेर स्थलमार्गबाट तस्करी गर्न थालेका छन् । तस्करले चीनबाट नेपालमा सुन भित्र्याउन कुनै मालवाहक गाडीको प्रयोग नगरीकन सामान्य व्यक्तिलाई हिँडाएर सुन तस्करी गराउन थालेका छन् । सिन्धुपाल्चोकको गोसाइकुण्ड गाउँपालिका–५, स्याफ्रुबेंसीबाट प्रहरीले पैदलयात्री सुदीप शेर्पालाई बिस्कुट आकारको २ थानमा लुकाइछिपाइ ल्याएको सो धातुसहित फेला पारेपछि तस्करको नयाँ शैली बाहिरिएको हो । प्रहरीले ज...
ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा
पत्रपत्रिका, प्रशासन, समाचार

ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान पूरा

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन तयार पारेको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ। प्रधानमन्त्री निवास बालुवाटारसँगै जोडिएको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ । अनुसन्धान प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग...
दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !
पत्रपत्रिका, प्रशासन, समाचार

दावाको नागरिकता खारेजसम्बन्धी प्रतिवेदन गृहमै गायब !

नेपालअखबार, काभ्रे । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकता खारेज गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले पाँच वर्षअघि नै  गृह मन्त्रालयमा पठाएको प्रतिवेदनको बेवास्ताले दावालाई विभिन्न अपराधमा संलग्न हुन मनोबल बढेको पुष्टि भएको छ । त्यति नै बेला दावाको नागरिकता खारेज गरिदिएको भए उनले नेपाली आवरणमा थप अपराध कर्म गर्न सक्दैनथे । तर, दावालगायतका तस्कर र माफियाको जालोमा रहेको गृह प्रशासनले नागरिकता खारेजसम्बन्धी प्रतिवेदन थन्क्याइदिएपछि दावाले निरन्तर अपराध कर्म गरिरहेको स्रोतको दाबी छ । सो प्रतिवेदन पाँच वर्षदेखि गृह मन्त्रालयले गायब पार्दै आइरहेको स्रोतले जनाएको छ । तिब्बती मूलका दावाले फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको पुष्टि भइसकेको छ । तर, पनि गृहमन्त्रालय यस विषयमा बेखबरजस्तै देखिएको छ । भ्रष्टाचार ...
सुन तस्करीका लागि हङकङमा कार्यालय !
पत्रपत्रिका, समाचार

सुन तस्करीका लागि हङकङमा कार्यालय !

नेपालअखबार, काठमाडौं । नेपाल र भारतका सुन कारोबारी मिलेर हङकङमा कार्यालय खोली तस्करीलाई सहयोग गरिरहेको पाइएको छ। विगतदेखि अहिलेसम्म सुन तस्करीमा नाम जोडिएका केही व्यक्ति र नयाँ व्यापारीहरू मिलेर हङकङमा कार्यालय नै सञ्चालन गरेर सुन तस्करीमा लागेको उच्च सुरक्षा स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार हङकङका नेपाली र भारतीय व्यापारीहरूले कार्यालय खोलेर नेपालमा अनुकूल वातावरण तयार पारी सुन पठाउने गरेका छन्। ‘नेपाली र भारतीय व्यापारीहरूको हङकङमा संयुक्त कार्यालय रहेको छ, जहाँबाट सेटिङ मिलाएर मात्रै नेपालमा सुन पठाउने गर्छन्। कुनै बेला सेटिङ भत्कियो भने वा कमिसनमा कुरा मिलेन भने मात्रै सुन बरामद हुने गरेको छ,’ स्रोतले भन्यो। सुन तस्करीका लागि हङकङमा कार्यालय खोल्नेमा अधिकांश भारतीय नागरिक तथा भारतीय मूलका नेपाली व्यापारी छन्। उनीहरूले चिनियाँ एजेन्टमार्फत हङकङबाट सुन नेपाल पठाउने गरेका छन्...
तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने
पत्रपत्रिका, प्रशासन, समाचार

तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने

नेपालअखबार, काठमाडौँ । तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ नियमित उडान हुन लागेको हो । तिब्बत एयरलाइन्सले कोरोनाअघि चीनको छेन्दुबाट काठमाडौँमा चार्टर उडान गर्दै आएको थियो । कम्पनीले शनिबार पनि काठमाडौँमा चार्टर उडान गरेको छ । त्यस्तै कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले भदौको पहिलो सातादेखि पुनः उडान सुचारु गर्ने तयारी रहेको छ । हाल गौतम ब...
सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी
पत्रपत्रिका, प्रशासन, समाचार

सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

नेपालअखबार, काठमाडौं । मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार। सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन्। जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन। १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन्। सतर्कर्ता केन्द्रले  बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो। कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ। केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन्। यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्...
आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै
अर्थ, पत्रपत्रिका, समाचार

आयल निगमले पाइपलाइन र भण्डारण गृह बनाइँदै

नेपालअखबार, काठमाडौँ । दोस्रो चरणको पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण हुने भएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) को संयुक्त लगानीमा पाइपलाइन र भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनको लोथरमा एक लाख किलोलिटर र झापामा ४५ हजार किलोलिटर क्षमताको भण्डारण गृह निर्माण गर्न लागिएको हो । चितवनमा भण्डारण गृह निर्माण निगमको लगानीमा हुने छ । हाल निगमसँग एक हप्तालाई मात्र पुग्ने ६८ हजार किलोलिटर क्षमताको भण्डारण रहेको छ । डेढ लाख किलोलिटर क्षमताको दुई ठाउँमा भण्डारण गृह निर्माण गरिने भएको हो । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले दुई ठाउँमा भण्डारण गृह निर्माण भए एक महिनाको माग धान्ने गरी इन्धन भण्डारण पुग्ने जानकारी दिनुभयो । निगमको नौ अर्ब लागत चितवनको लोथरमा एक लाख किलोलिटर क्षमताको इन्धन भण्डारण गृह निर्माण गरिने उनले जानकारी दिए । आगामी पाँच वर्षमा निर्...
जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम
पत्रपत्रिका, प्रशासन, समाचार

जहाज बिक्रीका लागि ग्राहक खोज्दै निगम

नेपालअखबार, काठमाडौं । नेपाल वायु सेवा निगमले चीनबाट ल्याएका पाँच वटा जहाजको बिक्री प्रक्रिया अघि बढाएको छ। तीन वर्षदेखि ती जहाज भूमिस्थ (ग्राउन्डेड) छन्। निगमका प्रवक्ता रमेश पौडेलले भने, “बिक्री प्रक्रिया सुरु भएका पाँच वटा चिनियाँ जहाजमध्ये एमआई–६० र वाई–१२–ई जहाज चीन सरकारले अनुदानमा दिएको थियो। बाँकी चार वटा जहाज जिटुजी–मोडेल (सरकारद्वारा सरकारसँग खरिद प्रणाली) अन्तर्गत चीनको एक्जिम बैङ्कको सहुलियतपूर्ण ऋणमा सरकार जमानी बसेर खरिद गरिएको थियो।” पाइलट अभाव, मर्मतसम्भार र पार्टपुर्जा अभाव, बढी इन्धन खपत, नाफा दिन नसकेको लगायतका कारण निगमले यी जहाज बेच्ने प्रक्रियामा लगेको हो। ग्राउन्डेड गरिएका चिनियाँ जहाज बिक्री गर्न गत चैतको पहिलो सातामा अमेरिकाको एभियन एसेट म्यानेजमेन्ट कम्पनीका दुई जना प्रतिनिधि नेपाल आएर जहाजको मूल्याङ्कन गरेर फर्किसकेका छन्। मूल्याङ्कनको अन्तिम प्रतिवेदन आउन ...
भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार
अर्थ, पत्रपत्रिका, समाचार, समाज

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार

नेपालअखबार, काठमाडाैं। भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष (आव) २०८०र८१ को बजेटमा प्याजमा मूल्य अभिवृद्धिकर (भ्याट) लगाएसँगै अहिले बजारमा यसको अभाव देखिएको छ । भन्सार विभागको अनुसार चालू आवको १० महीनामै ५ अर्ब ७९ करोडको प्याज आयात भएको छ । उक्त अवधिमा १५ करोड ५७ लाख १४ हजार ६३१ किलो प्याज आयात भएको हो । गत आवको सोही अवधिमा ५ अर्ब ४० करोड रुपैयांको १४ करोड ५२ लाख ११ हजार ९७४ किलो प्याज आयात भएको थियो । अहिले भ्याटका कारण प्याज आयात गर्ने वातावरण नभएको व्यवासायीको गुनासो छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।...
बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु
पत्रपत्रिका, प्रशासन, समाचार

बल्खु–कलङ्की सडकको अनियमिततामाथि अख्तियारद्वारा छानबिन सुरु

नेपालअखबार, काठमाडाैं। चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए । चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो । सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्...