Tuesday, April 21

प्रदेश ४

एउटै वडाका ६ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार

एउटै वडाका ६ जनामा कोरोना पुष्टि

नेपाल अखबार, तनहुँ। तनहुँको भानु नगरपालिकाको एउटै वडामा आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ मा थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये चार महिला र दुई पुरुष छन् । उक्त वडाका ४६ र ६३ वर्षीय पुरुष तथा ४५, ५२, १७ र २५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिएका सबै समुदायका व्यक्ति हुन् । तनहुँमा हालसम्म भानु नगरपालिकामा सबैभन्दा बढी समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भानु नगरपालिका–१ का ३४ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङबाट सोही वडाका २० जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि प्रहरी, इन्जिनियर र वडाध्यक्षलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको थियो आज थपिएका कोरोना सङ्क्रमित शुरुमा पहिचान भएकाहरुकै नजिकका व्यक्ति रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा...
कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

कास्की र तनहुँका थप १३ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। कास्की र तनहुँँ जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९०८ पुगेको सो प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये हालसम्म १६३९ जना संक्रमित निको भइसकेका छन्। सो निर्देशनालयले मंगलबार बिहान दिएको जानकारीअनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ७ जना र तनहुँ भानु नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित हुनेमध्ये पोखरा–४ का दुई पुरुष सुरक्षाकर्मी हुन् भने पोखरा–१० का पुरुष दुबईबाट स्वदेश फर्केका व्यक्ति हुन्।...
ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एकजना पक्राउ
प्रदेश ४, प्रशासन, समाचार

ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एकजना पक्राउ

नेपाल अखबार,लमजुङ  ।  लमजुङ मा  ठूलोमात्रामा अवैध जंगली जडिबुटी सहित एक जनालाई पक्राउ गरिएकाे  जिल्ला प्रहरी कार्यालय लमजुङले जनाकरी दिएकाे छ ।  लमजुङ बेसिशहर नगरपालिका वडा नं. ०७ बस्नेवर्ष ३८ कि सिद्धि माया तामाङ  पक्राउ । घरमा अवैध रूपमा जङ्गली जडिवुटी लुकाई छिपाई संकलन गरी राखेकोभन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाटखटिएको विशेष प्रहरी टोलीले निजको घरमा खानतलासी गर्दा विभिन्न प्रजातिको अवैध जंगली जडिबुटी फेला पारेको  छ ।   पक्राउ परेकी घरधनि सिद्धि माया तामाङको घरबाट प्रहरीले अवैध जडिबुटी डालिङ (गुरुङ भाषामा टलिट) ४७६.१ के.जी, वन लसुन १५४ के.जी, कुड्की २४.६ के.जी, जटामसी १४.९ के.जी, सुगन्धवाल १८.३ के.जी, सतुवा- ४.४ के.जी, वन आलु २.८ के.जी. गरी जम्मा ६९५.१ के.जी बरामद गरेको छ । पक्राउ परेकि निज सिद्धि माया तामाङ तथा बरामद भएका उक्त जडिबुटी आवश्यक कारवाहीका लागि ...
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट  थप एकजनाकाे  मृत्यु
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप एकजनाकाे मृत्यु

नेपाल अखबार, पोखरा। गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । गत असार १७ गते उपचारको क्रममा काठमाडौँमा मृत्यु भएका म्याग्दीको धवलागिरी गाउँपालिका–४ का ४७ दिनका नाबालकको मृत्यु समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिवेदनका अनुसार गण्डकी प्रदेशको तथ्याङ्कमा समावेश गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले आज विज्ञप्ती जारी गरी जनाएको छ । यसअघि गण्डकीका कास्की र स्याङ्जामा दुई÷दुई तथा तनहुँ, गोरखा र बाग्लुङमा एक÷एक जना संक्रमणबाट मृत्यु भएका थिए। त्यसैगरी आज पुनः गण्डकीमा दुई संक्रमित थपिएका छन् । पोखरा–२९ का २० वर्षीया महिला तथा नवलपरासीका ४७ वर्षीय पुरुष छन् ।...
गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशका पाँच जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पूर्वी नवलपरासी (नवलपुर), तनहुँ र बाग्लुङमा २–२ जना तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना पुष्टि भएको हो । नवलपुरको विनयत्रिवेणी–१ मा ६ वर्षीया बालिका र २८ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । तनहुँको ब्यास–५ र शुक्लागण्डकी–४ मा १–१ जनामा कोरोना पुष्टि भएको छ । बाग्लुङ नगरपालिका–२ मा २० र २२ वर्षका दुई जना पुरुषमा पनि कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयलले जनाएको छ । म्याग्दीको बेनीमा २० वर्षीय पुरुष र स्याङ्जाको पुतलीबजारमा ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि भएकाहरुको संख्या १ हजार ८ सय ८८ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्...
धनुषामा १४ गतेसम्म थपियाे निषेधाज्ञा
प्रदेश ४, प्रशासन, समाचार

धनुषामा १४ गतेसम्म थपियाे निषेधाज्ञा

नेपाल अखबार, जनकपुरधाम । धनुषामा जारी निषेधाज्ञा भदौ १४ गतेसम्म बढाइएको छ । आइतबार बसेको जिल्ला सुरक्षा समिति र जिल्ला संकट व्यवस्थापन केन्द्रको बठैकले निषेधाज्ञाको समय बढाएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । यसअघि ३२ साउनमा बसेको बैठकले भदौ ७ गतेसिम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको थियो । तर कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ बमोजिम जिल्ला भरि निषेधाज्ञा लगाउने निर्णय भएको उनले बताए । यसअघि जनकपुरधाममा १९ साउनदेखि २५ साउनसम्म र २६ साउनदेखि ३२ साउनसम्म निषेधाज्ञा जारी गरिएको थियो ।...
कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा
प्रदेश ४, प्रशासन, समाचार, हाइलाइट-समाचार

कास्कीमा १२ भदौसम्म थपियाे निषेधाज्ञा

नेपाल अखबार, पोखरा । कास्कीमा जारी निषेधाज्ञा १२ भदौसम्म  थपिएकाे छ । जिल्ला जिल्ला संकट व्यवस्थापन समितिले भदौ २ गतेदेखि जारी निषेधाज्ञा १२ भदौसम्म लम्ब्याउने निर्णय गरेको हो । समितिले थप ५ दिनका लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने छन् भने हिँडडुल गर्न समेत रोक लगाइएको छ । अत्यावश्यक सामाग्री ढुवानी गर्ने सवारी साधन, औषधि, खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल र सेवा भने खुला रहने छन् । बेलुका ५ बजेदेखि ८ बजेसम्म निर्माण सामाग्री ओसार पसार गर्ने सवारी साधनलाई भने चल्न दिने निर्णण भएको कास्कीका सहायक सिडिओ श्रीनाथ पौडेलले जानकारी दिए । पछिल्ला दिनमा ट्राभल हिस्ट्री भएकाहरूमा संक्रमण भेटिएको छ । समुदाय स्तरमा संक्रमण फैलिएको संकेत देखिएकाले निषेधाज्ञा राख्नुपर्ने पोखरा महानगरपालिकाका म...
नागरिकता नपाउँदाको चिन्ता
प्रदेश ४, समाचार, समाज, हाइलाइट-समाचार

नागरिकता नपाउँदाको चिन्ता

नेपाल अखबार, पाेखरा । असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा चिन्तित बनाउने गरेको छ । नेपालमै जन्मेर पनि बेवारिसे अवस्थामा वृद्धाश्रममा आएका ज्येष्ठ नागरिकमध्ये आठ जना अहिले पनि नागरिकताविहीन छन् । बुढेयौली उमेरसम्म पनि देशको नागरिक बन्न नसकेका यहाँका ज्येष्ठ नागरिकलाई पोखरा वृद्धाश्रमले अभिभावक बन्दै नागरिकता दिन प्रयास गरे पनि झन्झटिला नियम कानूनले समस्या पार्ने गरेको छ । सरकारी पक्षको उचित ध्यान नपुग्दा जीवनको उत्तराद्र्धमा आइपुग्दासमेत उनीहरूले नेपाली नागरिकता प्राप्त गर्न सकेका छैनन् भने कतिपय आमाबुवाको त नागरिकता प्राप्त गर्ने धोको पूरा नभई स्वर्गवास भइसकेको वृद्धाश्रमका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिए । ‘आफन्त नभई बेवारिसे एवं परिवारबाट अपहेलित समाजका ज्येष्ठ नागरिकलाई वृद्धाश्रमले से...
पोखराका  १३ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

पोखराका १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा  १३ जनामा संक्रमण पुष्टि भएको छ ।  पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् । यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।...
पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा ६ वर्षीया बालिका सहित थप ३ कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहान थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको वडा नं ९ मा छ वर्षीया बालिका र ६१ वर्षीया महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी वडा नं ४ मा ३५ वर्षीय पुरष संक्रमित भएका छन् । तनहुँमा दुई, बाग्लुङमा एक, नवलपरासीमा तीन तथा स्याङ्जामा दुई जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशमा हालसम्म संक्रमितको संख्या एक हजार ८५५पुगेको छ।...