Friday, May 22

प्रदेश

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए
प्रदेश ३, समाचार, स्वास्थ्य

चितवनमा कोरोनाबाट थप एक जनाको मृत्यु, ८७ संक्रमित थपिए

नेपाल अखबार, चितवन। चितवनमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ भने ८७ संक्रमित थपिएका छन्। अस्पतालले प्रेस विज्ञप्ति प्रकाशन गरी दिएको जानकारीअनुसार कोरोना संक्रमणबाट शुक्रबार साँझ ७ बजे चितवनको राप्ती नगरपालिका-५ बस्ने ६१ वर्षीय पुरुषको मृत्यु भएको हो। याे शुक्रबा दिउँसाे स्वास्थ्य मन्त्रालयले  पछिल्लाे २४ घण्टा काे जानकारी दिएपछिकाे घटना हाे। यही भदाै २४ गते संक्रमण पुष्टि भएका उनमा उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशका समस्या थिए। भदाै २५ देखि काेभिड  आईसीयूमा भर्ना गरिएका उनकाे स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि भेन्टिलेटर पनि प्रयाेग गरिएकाे थियाे। तर सबै उपाय अपनाउँदा पनि निमोनियाँका कारण उनकाे मृत्यु भएकाे चिकित्सकले बताएका छन्। साथै साेही अस्पतालकाे प्रयाेगशालामा गरिएकाे पीसीआर परीक्षणका क्रममा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालकी प्रमुख डा. नीतु अधिकारी...
जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ
प्रदेश ७, प्रशासन, समाचार

जबरजस्ती करणीको आरोपमा दुई जना पक्राउ

नेपाल अखबार, बैतडी । बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणीको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सुर्नया गाउँपालिका–८ का ३१ वर्षीय अर्जुन साउद र कैलालीको गोदावरी नगरपालिका–२ का ३० वर्षीय वासुदेव पन्तलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अर्जुनले जिल्लाको पुर्चौडी नगरपालिकाकी १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको र वासुदेवले त्यसमा अर्जुनलाई सहयोग गरेको आरोप लागेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए । शुक्रबार इलाका प्रहरी कार्यालय पाटन पुगेर किशोरीकी आमासहित आफन्तले जबरजस्ती करणीको जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । जाहेरीपछि प्रहरीले प्रारम्भिक अनुसन्धान थालेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए। घटनामा सङ्लग्न दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट शुक्रबार नै पाँच दिन म्याद थप ...
एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु
Uncategorized, प्रदेश ४, समाचार, स्वास्थ्य

एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु

नेपाल अखबार, पाेखरा। स्याङ्जाका कोरोना संक्रमित एक बृद्धको पोखरामा उपचारको क्रममा आज विहान मृत्यु भएको छ । गत भदौ २४ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भई सघन उपचार कक्षमा उपचाररत स्याङ्जा पुतलीबजार नगरपालिका–१ का ८५ वर्षीय पुरुषको आज विहान मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिए । सो अस्पतालमा हालसम्म उपचारका क्रममा १० जना सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । यस सँगै  गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३  पुगेको छ । Fa...
बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ
प्रदेश २, प्रशासन, समाचार

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

इरफान अलि, बारा । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् । कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले  जानकारी दिए । लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’ कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।...
राष्ट्रिय जनगणनाको तयारी हुँदै
प्रदेश ३, समाचार

राष्ट्रिय जनगणनाको तयारी हुँदै

नेपाल अखबार, बाग्मती । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो । नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ९ मा, थाहा नगरपालिकाको २ नम्बर वडामा र इन्द्रसरोवर गाउँपालिकाको ५ नम्बर वडामा नमूना जनगणना भएको थियो । एक सुपरिवेक्षकसहित चार गणकद्वारा चार गणना क्षेत्रका ६३८ घरको जनगणना भएको थियो । असारमा भएको नमूना जनगणनामा मकवानपुरको ...
मल नपाउदा किसान चिन्तामा
अर्थ, प्रदेश ७, समाचार

मल नपाउदा किसान चिन्तामा

नेपाल अखबार,  सुर्खेत ।  सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो की भन्ने चिन्तामा किसानहरु छन् ।. धान बालीमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकि नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्...
ढोरपाटनको राहतकोषमा  दिपक मनाङ्गेको सहयोग
प्रदेश ४, समाचार

ढोरपाटनको राहतकोषमा दिपक मनाङ्गेको सहयोग

नेपाल अखबार, बागलुङ । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङ्गे) ले ढोरपाटन नगरपालिकाकोे दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गरेका छन् । गुरुङले राहत कोषमा पचास हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । भदौ १७ गते बागलुङको ढोरपाटन नगरपालिकाको भुजीखोलाको बाढीले घरबारविहिन परिवारको पुनस्थापनामा सहयोग पु¥याउनको लागि सहयोग गरेको गुरुङले बताए । गुरुङले पठाएको सहयोग रकम प्रतिनिधि योगेश भण्डारीले नगरप्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन तथा प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेललाई हस्तान्तरण गरेका थिए । गुरुङ मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्यमा प्रतिनिधित्व गर्छन् । राहत रकम बुझ्दै नगरप्रमुख देवकुमार नेपालीले तत्कालको लागि खाद्य सामग्री, लत्ताकपडा धेरै संघसस्थाबाट प्राप्त भएकोले सकेसम्म राहत कोषमा आर्थिक सहयोग जुटाउने अभियानमा आफुहरु लागेको जानकारी गराएका थिए । साथै, मनाङ जिल्लाबाट...
छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  जना र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । वडा नं ६ र १४ मा दुई÷दुई तथा ७,,१३,१७,८ र वडा नखुलेकोमा एक गरी पोखरामा नौ जना छन् । बाग्लुङको तनामखोलामा एक र नवलपरासीको गैँडाकोटमा एक जना संक्रमित थपिएसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको छ ।...
नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु
प्रदेश २, समाचार

नारायणी अस्पतालको चरम लापरवाहीका कारण एक युवकको मृत्यु

इरफान अली,वीरगञ्ज  । नारायणी अस्पतालका चिकित्सकको चरम लापरवाहीका कारण एक युवकको मृत्यु भएको छ । उपचारका लागि नारायणी अस्पताल पुगेका बाराका विक्रम चौधरीको चिकित्सकहरुको गम्भीर लापरवाहीकै कारण मृत्यु भएको उनका परिवार स्रोतले बताएको छ । विक्रम चौधरीमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि उपचारका लागि यही भदौ २१ गते (आइतबार) करिब ११ बजे नारायणी अस्पतालको अकास्मिक उपचार कक्षमा लगिएको थियो ।   उनको थप उपचारका लागि अस्पतालले आईसीयूमा ४ बजे बेलुका भर्ना गरिएपनि ७ बजेसम्म कुनै किसिमको उपचार नभएको मृतकका दाई अनिल कुमार चौधरीले बताए । यस विषयमा चिकित्सकहरुको चरम लापरवाही भएको पुष्टि हुन बाँकी नै रहेको बताइएको छ । ‘उपचारका लागि आइतबार ११ बजे नारायणी अस्पताल पुगेका थियौँ । अस्पतालले आईसीयूमा भर्ना गरेपनि कुनै किसिमको हेरचाह तथा समान्य उपचार समेत गरिएन’, मृतकका दाई अनिल कुमार चौधरीले भने ।...
पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा चिकित्सक सहित २६ जना संक्रमित, गण्डकीमा ३८ थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा आज पुनः २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पार्क ल्याड अस्पतालमा कार्यरत २७ वर्षीया चिकित्सकमा पनि संक्रमण देखिएको छ । पोखरा औद्योगिक क्षेत्रमा अवस्थित पोखरा फुड्समा कार्यरत २० महिला र चार पुरुषमा संक्रमण पुष्टि भएको छ । त्यसैगरी गण्डकी मेडिकल कलेजमा उपचाररत ४७ वर्षीय पुरुष पनि संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । पछिल्लो अद्यावधिक विवरण अनुसार बाग्लुङमा नौ र तनहुँमा तीन जना थपिएका छन् ।हालसम्म प्रदेशमा संक्रमित दुई हजार ६५० पुगेको छ भने २० जनाको मृत्यु भएको छ ।...