Friday, May 22

प्रदेश

पर्सा र बारामा ४५ जनामा कोरोना
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सा र बारामा ४५ जनामा कोरोना

इफान अलि, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन् । बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन् । संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ । चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ । वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ ज...
बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत
प्रदेश ४, समाचार, समाज

बाग्लुङमा १४ शव भेटिए, चार जनाको सनाखत

नेपाल अखबार, बागलुङ। बुधबार रातिको बाढी र पहिरोले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा मृत्यु भएकामध्ये चार शवको सनाखत भएको छ । सनाखत हुनेमा ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक, ४५ वर्षीय विरे विक, २२ वर्षीय जीवन विक र ११ वर्षीय डल्ले विक रहेको प्रहरीले जनाएको छ । उनीहरुको शव बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । पहिचान भएकाहरुको पोष्टमार्टमको काम आज हुने छ । १० शवको अझै सनाखत हुन नसकेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले बताए । बुधबार राति आएको बाढी र पहिरोले वस्तीमा क्षति पुर्याएको छ । केही मानिसले भागेर ज्यान बचाए भने कतिलाई भाग्ने क्रममै खोलाले बगाएको थियो । बगाएकामध्ये केहीको अधिकारीचौर, बुर्तिवाङ र बडिगाड गाउँपालिकासम्म शव भेटिएका छन् । कतिपय शव क्षतविक्षत अवस्थामा भेटिएकाले पहिचान गर्न नसकिएको उद्धारमा खटिएका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए । बेपत्ता ...
गण्डकीमा एकैपटक ४० संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा एकैपटक ४० संक्रमित थपिए

नेेपाल अखबार, पाेखरा।  गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ४० जनामा  कोरोना  संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान कास्कीको  पोखरा महानगरका १६ जना सहित प्रदेशका तनहुँ, स्याङजा, बागलुङ, लमजुङ र नवलपुर जिल्लामा गरी  ४० जनामा कोरोना भाइरस देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा महानगरका ७  वटा वडाका २३ देखि ५० वर्ष उमेर समुहका महिला तथा पुरुष रहेको निर्देशनालयले जनाएको छ । आज बिहान  महानगरका ५, १० , १२, १४, १५, २७ र ३० वडाहरुमा संक्रमण देखिएको हो । निर्देशनालयले  पोखरा १५ मा संक्रमण पुष्टि हुने २६ देखि ३१ वर्ष उमेर समुहका ७ जना नेपाल प्रहरीमा कार्यरत पुरुषहरु रहेको उल्लेख गरेको छ । अन्य सबैमा  कन्ट्याक्ट ट्रेसिंङका आधारमा गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको निर्देशनालयले जानकारी दिएको हो । त्यसै गरी तनहुँ को म्याग्दे की २६  वर्षीया महिला तथा भानुकी  ५५  वर्...
बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता
प्रदेश ४, समाचार, समाज

बागलुङको पहिरोमा परी १४ जनाको मृत्यु, ३९ जना बेपत्ता

नेपाल अखबार, बागलुङ।बागलुङ  जिल्लाको ढोरपाटन नगरपालिका–९ भुसुण्डेको वाढीपहिरोमा परी १४ जनाको मृत्यु भएको छ भने ३९ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा १४ जना मध्य २ जनाको मात्र सनाखत भएको छ । १२ जनाको नाम खुल्न सकेको छैन । पहिरोमा परी मृत्यु हुने ढोरपाटन नगरपालिका ९ भट्टेचौर निवासी २६ वर्षीया केशमाया बिक र ढोरपाटन नगरपालिका–९ लाकुरीबोट निवासी ४५ वर्षीय करबहादुर बिकको मात्र सनाखत भएको छ ।पहिरोमा परी ३९ जना बेपत्ता छन् । बेपत्ताको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पहिरोमा परी ४ जना सामान्य घाइते भएका छन् । पहिरोले एउटा गाडी, २ वटा मोटरसाईकल बगाएको, साथै ढोरपाटन नगरपालिका–९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन, लाकुरीबोट स्वास्थ्य चौकीको भवन लगायत स्थानीय ३१ वटा घर पूर्णरूपमा बगाएर क्षति बनाइदिएको छ । पहिरोले जनचेतना प्राथमिक विद्यालयको ४ कोठे भवन, सरस्वती प्राथमिक ...
कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

नेपाल अखबार, तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भ...
पोखरामा २९ कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरामा २९ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा।  आज एकै पटक ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा पोखरामा १० वडामा गरी १४ महिला र १५पुरुष संक्रमित थपिएका हुन् ।त्यसैगरी तनहुँको व्यासमा समेत दुई महिला थपिएका छन् । संक्रमितहरु सबै जना कन्ट्याक्ट ट्र्सिङमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
महोत्तरीमा हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै
प्रदेश २, समाचार, स्वास्थ्य

महोत्तरीमा हेलचेक्र्याइँले सङ्क्रमण र मृतक बढ्दै

नेपाल अखबार, जलेश्वर । कोभिड–१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड–१९ सङ्क्रमण र यसबाट मर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । भदौ लागेयताका पछिल्ला १७ दिनभित्रै कोभिड–१९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ । साउन मसान्तमा ४५ रहेको यो सङ्ख्या हिजो बुधबारसम्ममा ९५ पुगेको हो । बयालीस जनाको साउनमा, एकजनाको असारमा र दुईजनाको जेठमा मृत्यु भएको थियो । मृतकमध्ये पर्साका सर्वाधिक ३६ जना परेका छन् । यसैगरी बाराका १५, धनुषाका १२, महोत्तरीका १०,  सिरहाका आठ,  सप्तरीका छ, रौतटहका पाँच र सर्लाहीका तीनजनाको कोभिड–१९ महाव्याधिले ज्यान गएको प्रदेश–२ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । हालसम्म सङ्क...
गण्डकीका एक सांसदलाई कोरोना संक्रमण
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीका एक सांसदलाई कोरोना संक्रमण

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशसभाका एक सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । कन्ट्याक्ट ट्रेसिङका आधारमा उनमा गरिएको परीक्षणमा रिपोर्ट पोजिटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रहरीमा संक्रमण देखिएपछि संक्रमितसँगै खाना खाएको आधारमा उनको नमूना परीक्षण गरिएको बताइन्छ । संक्रमित प्रदेशसभा सदस्य अहिले घरमै आइसोलेशनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ ।...
पाँच दिन धाउदा पनि किसानले मल पाएनन्
कृषि, प्रदेश १, समाचार

पाँच दिन धाउदा पनि किसानले मल पाएनन्

नेपाल अखबार, विराटनगर । यसवर्ष वर्षाद् वढी भएकै कारण धान उत्पादनमा वृद्धि हुने किसानको आशा थियो, तर धानमा छर्ने युरिया मल नपाएपछि किसानको आशामा तुसारापात लाग्यो । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवम् हतास देखिएका छन् । विराटनगर–८ मा रहेको कदमाहा कृषि सहकारीले किसानलाई विगत एक हप्तादेखि मल उपलब्ध गराउने भनेपनि दिनभरि बस्दा पनि युरिया मल उपलब्ध नगराउँदा किसानले विराटनगर–धरान सडकका शिवमन्दिर चोकमा बुधबार सडक अवरुद्धसमेत गरेका थिए । धानबालीको उत्पादनबाट वर्षदिनको दैनिक घरखर्च एवम् पारिवार पालनपोषण गर्नुपर्नेमा अहिले मल नपाउँदा किसान हतास देखिएका छन् । सहकारीले दैनिकरुपमा बोलाउने तर मल उपलब्ध नगराई बेलुकीमा चर्को मूल्य...
गण्डकी प्रदेशमा  थप तीन जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालाय गण्डकीले प्रदेशको नवलपुरका ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । निदेशानालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर गैंडाकोट १३ का ३५ पुरुष, कावासोती ३ की ३९ वर्षीया महिला  र देवचुली २ का ६६ वर्षीय पुरुषमा कोरोना देखिएको हो । यस सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।        ...