Tuesday, September 8

प्रविधि

मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग
प्रविधि, समाचार

मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

नेपाल अखबार, काठमाडाैं। नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हु...
विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण
प्रविधि, समाचार, समाज

विद्युत् नियमित गर्न प्राधिकरणको ध्यानाकर्षण

नेपाल अखबार, जुम्ला। जुम्लाको सदरमुकाम खलङ्गा विगत लामो समयदेखि पूर्णरूपमा लोडसेडिङमा छ । भारतीय ठेकेदारले विद्युत्गृहमा जडान गरेको उपकरण वारेन्टी समयवधि नसकिँदै पटकपटक बिग्रिएपछि विगत दुईहप्तादेखि खलङ्गा पूर्णरूपमा अँध्यारो भएको हो । पहिला एक दिन आउने एक दिन नआउने गरिरहेको बत्ती दुई सातादेखि आउनै छाडेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् । लकडाउन र बन्दाबन्दीले छ महिनादेखि आम्दानी गुमेको बेला बन्दाबन्दी खुल्दा बत्ती नभएर दोहोरो मारमा परेको उद्योगी व्यापारीको भनाइ छ । करिब तीन हजार ३०० उपभोक्ता दैनिक टुकी र मैनबत्ती बालेर गुजारा चलाइरहेका छन् । मङ्गलबार जुम्लाका उद्योगी व्यापारीले विद्युत् आपूर्ति गर्न एक हप्ते ‘अल्टिमेट’ दिएका छन् । व्यपारीहरूले नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रका प्रमुखलाई जुम्लामा सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन् । उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्ष ...
फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप
प्रविधि, विश्व, समाचार

फेसबुकमाथि लाग्यो ईन्स्टाग्राममार्फत जासुसी गरेको आरोप

नेपाल अखबार, एजेन्सि। गए राति फेसबुक र इन्टाग्रामको सर्भर डाउन भएका कारण संसारभरका धेरै प्रयोगकर्ताले यी प्लेफर्ममा लग–इन गर्न पाएनन् । यसबारे प्रयोगकर्ताले मज्जाले ट्वीटरमा भडास पोखेका छन् । यसैबीच फेसबुकमाथि इन्स्टाग्राम प्रयोगकर्ताको जासुसी गरेको आरोप पनि लागेको छ । फेसबुकले यसका लागि फोन क्यामेराको प्रयोग गरेको आरोप लगाइएको छ । मिडिया रिर्पोटस् अनुसार जब आईफोन प्रयोगकर्ता फोटो शेयरिङ एप इन्स्टाग्राममा सक्रिय हुँदैन थिए, तब पनि उनीहरुको फोनको क्यामेरासँग इन्स्टाग्रामको एक्सेस भएको देखिन्थ्यों । यद्यपी, फेसबुकले यी सबै आरोपको खण्डन गरेको छ । के हो घटना ? सान फ्रान्सिस्कोस्थित अदालतमा बिहीबार दायर उजूरीमा न्यु जर्सीकी इन्स्टाग्राम प्रयोगकर्ता ब्रिटनी कान्डिटीले भिनन्, ‘जाने बुझेरै एपको क्यामेराको उपयोग गरिएको छ । प्रयोगकर्ताका जरुरी र महत्त्वपूर्ण डाटा संकलन गर्नका लागि यो सबै गरिएको छ, अ...
आज जनकपुरमा  रेल हस्तान्तरण हुदै
प्रदेश २, प्रविधि, समाचार, हाइलाइट-समाचार

आज जनकपुरमा रेल हस्तान्तरण हुदै

नेपाल अखबार, जनकपुर । लामो प्रतीक्षापछि जनकपुर-जयनगर रेल आज नेपाल सरकारलाई हस्तान्तरण हुँदैछ। भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले बनाएको रेल जनकपुरमा आज बिहान साढे ११ बजे रेल विभागलाई हस्तान्तरण गर्न लागिएको हो। रेल विभागका अधिकारीहरुको उपस्थिति तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा रेल हस्तान्तण हुने कार्यक्रम छ। तस्बिरमा हेरौं आज जनकपुर आउँदै गरेका दुई रेलः  ...
कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण
प्रदेश १, प्रविधि, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

नेपाल अखबार, इलाम । इलामका युवाहरुले यन्त्र , रोबोट निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ । कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ । कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ । इलामका फुयाँल, सुल...
‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’
प्रविधि, विश्व, समाचार, हाइलाइट-समाचार

‘अमेरिकी राष्ट्रपति चुनाव रुस, चीन र इरान निकट ह्याकरको निशानामा’

नेपाल अखबार, एजेन्सि । रुस, चीन र इरानसँग निकट सम्बन्ध भएका ह्याकरहरुले अमेरिकाको राष्ट्रपति चुनावसँग जोडिएका व्यक्ति र समूहलाई निशाना बनाएको माइक्रोसफ्ट कम्पनीले दाबी गरेको छ । माइक्रोसफ्टका अनुसार सन् २०१६ को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको चुनाव प्रचारलाई प्रभावित पार्न जुन रुसी ह्याकरहरु संलग्न थिए, तिनै ह्याकर यस पटक पनि सक्रिय भए भएका छन् । ‘चुनावलाई निशाना बनाउन विदेशी समूहहरुले आफ्नो सक्रियता बढाएको कुरा स्पष्ट छ,’ माइक्रोसफ्टले एक विज्ञप्ति जारी गर्दै भनेको छ । अमेरिकामा राष्ट्रपति पदको चुनाव आगामी नोभेम्बर महिनामा हुँदैछ । चुनावमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र जो बाइडन उम्मेदवार छन् । दुवैको चुनाव प्रचारलाई ह्याकरहरुले निशाना बनाएको माइक्रोसफ्टको दाबी छ । माइक्रोसफ्ट कम्पनीका अनुसार स्ट्रोन्टियम समूहसँग सम्बन्धित रुसी ह्याकरहरुले रिपब्लिकन र डेमोक्रेट्ससँग जोडिएका द...
गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने
प्रविधि, समाचार, समाज

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

नेपाल अखबार, गोरखा । बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्र्तगतको बारपाक पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । तत्कालका लागि सौरपानीमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्रयोगशाला कक्षा सञ्चालन गर्ने र मूलदेवी आधारभूत विद्यालयमा अन्य कक्षासहितका प्रशासनिक कार्य सञ्चालन गर्ने तयारी भएको उहाँले बताउनुभयो । पोलिटेक्निक सञ्चालनका लागि गाउँपालिकाले करीब ८० रोपनी जग्गा खरिद गरिसकेको छ । इन्स्टिच्युट सञ्चालक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्र्टराईको अध्यक्षतामा हालै बसेको सञ्चालक समितिको बैठकले इन्स्टिच्युटको शुल्क, विद्यार्थीक...
जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो
प्रविधि, विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

जापानका अनुसन्धानकर्ताको दाबी : कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लाग्यो

नेपाल अखबार, एजेन्सि। जापानका अनुसन्धानकर्ताले कोरोना भाइरस नष्ट गर्ने उपाय पत्ता लागेकाे दाबी गरेका छन्। ओजोन ग्यासको मद्दतबाट भाइरस नष्ट गर्न सकिने उपाय पत्ता लागेकाे उनीहरूको दाबी छ। यसबाट अस्पताल पनि सुरक्षित राख्न सकिने उनीहरूको भनाइ छ। समाचार एजेन्सी रोयटर्सका अनुसार जापानको फुजिता हेल्थ युनिभर्सिटीले अनुसन्धानकर्ताले कम घनत्व (०.०५ देखि ०.१ पीपीएम) को ओजोन ग्यासबाट कोरोना नष्ट गर्न सक्ने कुरा प्रमाणित गरेकाे दाबी गरेकाे हाे। मानिसलाई हानि नपार्ने मात्राकाे ओजोन ग्यासबाट नै भाइरस नष्ट गर्न सकिने कुरा पत्ता लागेकाे वैज्ञानिककाे दाबी छ। अनुसन्धानकर्ताले भनेका छन्, ‘कम घनत्व भएको यो मात्राको ओजोन ग्यास मानिसका लागि सुरक्षित देखिएको छ।’ बीबीसीबाट...
चार जिल्लाको विद्युत् सेवा अवरुद्ध
प्रविधि, समाचार, समाज

चार जिल्लाको विद्युत् सेवा अवरुद्ध

नेपाल अखबार, डोटी । बिहीबार दिउँसोदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरीयाबाट बितरण हुँदै आएको १३३ केभिए राष्ट्रिय प्रशारण लाइनको गोदावरी क्षेत्रमा तार चुडिएका कारण डोटीसहित डडेल्धुरा, अछाम, र बाजुराको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि कर्मचारी खटिए पनि तार जडान गर्न नसकिएका कारण विद्युत् सेवा सञ्चालन गर्न नसकिएको डोटी साना जलविद्युत कार्यालय दिपायल पिपल्लाले जनाएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सुदूरपश्चिम प्रदेशका चार पहाडी जिल्लाका स्थानीय रेडियो तथा पत्रपत्रिकाहरु पूर्णरुपमा बन्द भएको त्रिवेणी एफएम डोटीका स्टेसन म्यानेर कर्णबहादुर चन्दले बताए । उनले भने, ‘विद्युत् नहुँदा सम्पूर्ण सञ्चार माध्यम बन्द भएका छन्, नागरिकलाई समेत सूचना प्रवाह गर्न सकेका छैनौँ ।’ उक्त प्रशासण केन्द्रका हा...
टिकटकविरुद्धको कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर
प्रविधि, विश्व

टिकटकविरुद्धको कार्यकारी आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

नेपाल अखबार, एजेन्सि। भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् । यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ । यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ । ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् । टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ । यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले...