Tuesday, September 8

प्रविधि

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यानमार्फत चाहेको स्थानमा पुग्न सकिने
प्रविधि, प्रशासन, समाचार, हाइलाइट-समाचार

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यानमार्फत चाहेको स्थानमा पुग्न सकिने

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी गराए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने । गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । ...
सोलुखुम्बुमा वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा
प्रविधि, समाचार, समाज

सोलुखुम्बुमा वडाध्यक्षको व्यक्तिगत खर्चमा इन्टरनेट सेवा

नेपालअखबार, सोलुखुम्बु। सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पाले व्यक्तिगत लगानीमा इन्टरनेट सेवा निशुल्क उपलब्ध गराएका छन्। उनले आइतबारदेखि वडाको गार्मा जोरबौद्ध क्षेत्रमा वाइफाइ सेवा उपलब्ध गराएका हुन्। इन्टरनेटको बढ्दो महत्वलाई मध्यनजर गर्दै जोरबौद्धस्थित मुख्य सडक चोक क्षेत्रलाई फ्रि–वाइफाइ जोन घोषणा गरिएको वडासदस्य भलाकाजी कार्कीले जानकारी दिए। ‘जोरबौद्ध नगरपालिकाको व्यस्त सडक हो। साथै सल्लेरी, नेले, सोताङ, महाकुलुङ तथा जिल्ला बाहिरका लागि सवारी साधनसमेत यही सडक हुँदै जाने भएकाले वाइफाइ सेवा उपयोगी छ,’ उनले भने। उक्त सडकमा यात्रु लामो समयसम्म सवारी साधन कुरेर बस्नुपर्ने तथा गाउँमा इन्टरनेट सेवा विस्तार भइनसकेको अवस्थामा वाइफाइ सेवाबाट लाभान्वित हुने वडाध्यक्ष शेर्पाले बताए। ‘इन्टरनेटको सहज पहुँच भएपछि विद्यार्थी, अभिभावक, सुरक्षार्कीलगायत ...
काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार
प्रविधि, प्रशासन, समाचार, समाज

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

नेपालअखबार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको  छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो । दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविधुत् आयोजनाद्वारा बिजुली बालिएको थियो । हाल कतिपय लघु जलविद्युत् आयोजना बन्द अवस्थामा छन् भने केही जेनतेन चलिरहेका छन् । स्थानीयस्तरमा सञ्चालनमा ल्याइएको लघु जलविद्युत्ले आवश्यकताअनुसार विद्युत्को माग पूरा गर्न नसकेपछि प्राधिकरणले केन्द्रीय प्रसारण लाइन विस्तारलाई तीव्रता दिएको हो । “लघु–जलविद्युत् मर...
वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट
प्रविधि, समाचार

वर्ल्डलिंकको स्मार्ट कोम्बो डिलमा ५० प्रतिशत सम्म छुट

नेपालअखबार, पोखरा । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले स्मार्ट कम्बो डिलको नयाँ अफर ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल भएको दाबी समेत गरेको छ । यस अफर अन्तर्गत ग्राहकले बोट ब्रान्डको अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशत सम्मको छुट पाउन सक्नेछन् । ४,४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच केवल २ हजार २ सय ४९ रुपैयाँमा र ३ हजार २ सय ९९ रुपैयाँ बजार मूल्य रहेको बोट एयरडप्स १७० केवल १ हजार ६ सय ९९ रुपैयाँमै यस अफर अन्तर्गत पाउन सकिनेछ । यो अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ । साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १...
दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !
प्रविधि, प्रशासन, समाचार

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

नेपालअखबार, काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ। कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ । सामाजिक सञ्जालको दुरुपय...
हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’
प्रविधि, समाचार, हाइलाइट-समाचार

हावाबाट विद्युत निकाल्न नेपाल इन्जिनियरिङ कलेजमा ‘हावा प्रोजेक्ट २.०’

नेपालअखबार, काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा जापानको प्रतिष्ठित संस्थाले वैकल्पिक उर्जाको रुपमा हावाबाट विद्युत उत्पादन गर्ने सम्भाव्यता अध्ययन गर्न प्रोजेक्ट अगाडि बढाइएको छ । जापानको जापान इनर्जी सेफ्टी एशोसिएसन (जेइएसए) ले नेकसँगको सहकार्यमा ‘हावा प्रोजेक्ट २.०’ ल्याउँदै त्यसका लागि आवश्यक उपकरण नेकलाई हस्तान्तरण गरेको छ । आइतबार कलेजमा आयोजित एक कार्यक्रममा जेइएसएका इन्जिनियरिङ सल्लाहकार एत्सुओ किरिहरा र जापानका लागि नेपाल प्रतिनिधि निर्देशक नरेश महर्जनले कलेजका कार्यवाहक प्राचार्य दुर्गा प्रसाद भण्डारीलाई आवश्यक सामग्रीहरू हस्तान्तरण गरेका छन् । ‘हावा प्रोजेक्ट २.०’ अन्तरगत चाँगुनारायण नगरपालिका क्षेत्रभित्र जेइएसएले नेकका विद्यार्थीहरू सँगको सहकार्यमा हावाबाट विद्युत उत्पादन गर्न सकिने विषयमा सम्भाव्यता अध्ययन गर्नेछ । ‘य...
नेकका इन्जिनियरले बनाए हाते सेफ्टी ट्याङ्की पम्प
प्रविधि, समाचार, समाज

नेकका इन्जिनियरले बनाए हाते सेफ्टी ट्याङ्की पम्प

नेपालअखबार, काठमाडौं। मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजका इन्जिनियरहरुले सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प तयार गरेका छन् । ग्रामिण क्षेत्र जहाँ विद्युत पुगेको छैन त्यस्ता क्षेत्रहरुमा उपयोगी हुने हाते सेफ्टी ट्याङ्क पम्प निर्माण गरिएको हो । कलेजको मेकानिकल इन्जिनियरिङ विभागको विभागीय प्रमुख  प्रोफेसर सावित्री त्रिपाठीको अगुवाईमा मेकानिकल इन्जिनियर डा.अरुण सत्याल, प्रकाश वस्याल र अनिल सापकोटाले गुल्पर प्रोजेक्ट अन्तरगत सेफ्टी ट्याङ्की सफा गर्न हाते पम्पको विकास गरेका हुन् । फलाम, डोरी तथा पुरानो गाडीको टायरबाट निर्माण गरिएको सेफ्टी ट्याङ्की हातेपम्प खासगरी ग्रामिण क्षेत्र तथा न्यून आय भएका समुदायले सजिलै प्रयोग गर्न सकुन् भनेर तयार पारिएको बताइएको छ । ‘यसमा पुराना सामग्रीहरु फलाम, गाडीको टायर र डोरीहरु प्रयोग गरिएको छ । विकसित देशहरुमा यस्तो स...
आजदेखि एमडिएमएस प्रणाली लागु हुने
प्रविधि, प्रशासन, समाचार

आजदेखि एमडिएमएस प्रणाली लागु हुने

नेपालअखबार, काठमाडाैं। आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ। नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो। यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिएका छन्। उनका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो। सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको थियो। सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लाग...
भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै
प्रविधि, विश्व, समाचार

भारतका विक्रम र प्रज्ञान चन्द्रमामा सुतेको सुत्यै

नेपालअखबार, काठमाडौं । भारतले चन्द्रयान ३ मार्फत चन्द्रमामा पठाएका प्रज्ञान रोभर र विक्रम ल्यान्डर सुतेको सुत्यै भएका छन् । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले प्रज्ञान रोभर र विक्रम ल्यान्डरसँग सम्पर्क बनाउने प्रयास भए पनि कुनै पनि संकेत प्राप्त नभएको बताएका छन् । चन्द्रयानमार्फत गएका विक्रम र प्रज्ञानले १४ दिनसम्म चन्द्रमाबाट विभिन्न डाटा संकलन गरेर पृथ्वीमा पठाएका थिए । त्यसपछि भारतीय वैज्ञानिकहरुले चन्द्रमामा घाम अस्ताउन थालेकाले ४ सेप्टेम्बरमा प्रज्ञान र विक्रमलाई स्लिप मोडमा राखेका थिए । चन्द्रमामा १४ दिन लामो रात र १४ दिन लामो दिन हुन्छ । त्यसैले सौर्य शक्तिबाट चल्ने यी उपकरण सूर्यको प्रकाशबिना चल्न नसक्ने भएकाले १५–१६ दिनका लागि स्लिप मोडमा राख्नु परेको थियो । जस अनुसार चन्द्रमामा घाम उदायपछि २२ सेप्टेम्बरमा उनीहरुले विक्रम र प्रज्ञानलाई सक्रिय गराउ...
काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने
प्रविधि, प्रशासन, समाचार

काठमाडौं र ललितपुरका यी क्षेत्रमा भोलिदेखि तीन दिन विद्युत् अवरूद्ध हुने

नेपालअखबार, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ । टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म  सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ। तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रहरूमा विद्युत् प्रभावित हुने भएको छ। ६६ केभी  स्युचाटार-टेकु प्रसारण लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म तीन दिन अवरूद्ध हुने भएको छ।...