काठमाडौं र ललितपुरका यी क्षेत्रहरूमा आज ८ घन्टा विद्युत् बन्द हुने
नेपालअखबार, काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानहरूमा आज विद्युत् बन्द हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै टेकु सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरुमा आज बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म विद्युत् सेवा बन्द हुने जानकारी गराएको थियो।
प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम गरिरहेको छ।
प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्...










