Saturday, October 10

प्रविधि

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री
प्रविधि, विश्व, समाचार

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री

नेपालअखबार, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ । नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन् । नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् । गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ । कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ । नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्न...
सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा
प्रविधि, प्रशासन, समाचार

सशस्त्र प्रहरीको फेसबुक पेज अझै ह्याकरको पहुँचमा

नेपालअखबार, काठमाडौँ । मङ्गलवार बिहानबाट ह्याकरले पहुँच बनाएको सशस्त्र प्रहरीको फेसबुक पेज अझै उनीहरूको पहुँचबाट बाहिर आएको छैन । अनधिकृत व्यक्तिको पहुँचमा रहेको फेसबुक पेजलाई पुरानै अवस्थामा फर्काउने प्रयास भइरहेको सशस्त्र प्रहरी प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले  बताए । उनले भने–‘अनधिकृत व्यक्तिको पहुँचबाट फिर्ता ल्याउन लागिराखेका छौँ, हाम्रो आइटी टिमले काम गरिरहेको छ ।’ मङ्गलवार बिहान १० बजेर ५९ मिनेटमा अनधिकृत व्यक्तिले पहुँच बनाएर भियतनामी भाषा पोस्ट गरेका थिए । बुधवार साँझसम्म फेसबुक पेज अनधिकृत व्यक्तिको पहुँचबाट मुक्त गराउने गरी सशस्त्र प्रहरीको आइटी टिमले काम गरिरहेको छ । यसअघि सशस्त्रको ट्विटर ह्यान्डलमा पनि ह्याकरले पहुँच बनाएका थिए । चैत २४ मा नेपाली सेनाको सर्भरमा अनधिकृत पहुँच राखेको आरोपमा स्याङ्जाका २१ वर्षीय सागर ढकाल पक्राउ परेका थिए ।...
काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा :  साैर्य एयरलाइन्स
अर्थ, पर्यटन, प्रविधि, समाचार, समाज

काठमाडाैं देखि पाेखरा जानका लागि यात्रु तथा पर्यटककाे पहिलाे राेजाइमा : साैर्य एयरलाइन्स

नेपालअखबार, काठमाडाैं । साैर्य एयरलाइन्समा पर्यटककाे आकर्षक बन्दै केहि समय पहिला देखि  पर्यटक नगरीमा काठमाडाैं देखि पाेखरा सम्मकाे नयाँ उडान सुरू गरेकाे थियाे । हरेक दिन  विहान साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखरा सम्मकाे गन्तव्य करिब १७ मिनेटमा नै तय गर्दै  आएकाे बताएका छन् । साैर्य एयरलाइन्सले  काठमाडाैं देखि पाेखराकाे दैनिकी दुइ सिफ्ट विहान र दिनमा उडान गर्दै  आएकाे छ । एयरलाइन्सका सेल्ल एण्ड मार्केटिङ प्रमुख  मुकेश खनालका आनुसार  प्रत्यक उडानमा  करिब ८० प्रतिशत सिट भरिने गरेका बताएका छन् ।  उत्त  एयरलाइन्समा  ५० सिट क्षमता  रहेकाे छ । खनालका अनुसार साैर्य एयरलाइन्समा अधुनिक क्षमता भएकाे नयाँ प्रविधिवाट बनेकाे एयरलाइन्स भए कै कारण दुर्घटनाकाे जाेखिक कम रहेकाे कारणले नै यात्रुहरू तथा पर्यटककाे आकर्षक तथा राेजाइकाे एयरलाइन्सका रूपमा  साैर्य एयरलाइन्स स्थापित भएकाे छ  । ...
श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड
प्रविधि, समाचार

श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड

नेपालअखबार, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेको छ । बिहीवार काठमाडौंबाट भैरहवा जाँदै गर्दा  इनिजनमा आगाे  देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गराएको हो । यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाज ग्राउन्डेड गराएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसबारे कम्पनीलाई पत्र काटेर जानकारी गराएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् । बिहीबार बिहान काठमाडौंबाट भैरहवा गइरहेको जहाजको एउटा इन्जिन फेल भएको र आगो समेत देखिएपछि धादिङबाट फर्काएर काठमाडौंमै आकस्मिक अवतरण  गराइएको थियो । कम्पनीले भने यो घटनालाई सामान्य घटना भनेको छ । तर उडानका दौरान एक इन्जिन फेल हुनु गम्भीर उडान सुरक्षा इस्यु मानिन्छ । यहीकारण प्राधिकरणले श्रीका सबै जहाजको अध्ययन थालेको छ ।...
६० वर्षपछि नोकियाले बदल्यो लोगो
प्रविधि, समाचार

६० वर्षपछि नोकियाले बदल्यो लोगो

नेपालअखबार, काठमाडौं । फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ । यद्यपि सन् १९६६ पछि नोकियाको लोगोमा धेरथोर परिवर्तन हुँदै आएको थियो । तथापि ब्राण्डको लोगो पूर्णरुपमा परिवर्तन भएको यो पहिलोपटक हो । स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्र्ड कंग्रेसका अवसरमा नोकियाले कम्पनीको लोगो परिवर्तनको घोषणा गरेको हो । कम्पनीको लोगो बदलिएसँगै नोकिया कम्पनी अब मोबाइल व्यवसायका अलावा नेटवर्क व्यवसायमा पनि एकपटक केन्द्रित हुने तयारीमा रहेको संकेत गरेको छ । नोकियाको नयाँ लोगो पाँचवटा आकृति मिलाएर बनाइएको छ जसले मिलाएर नोकियालाई जनाउँदछ । नोकियाको लोगो यसअघि निलो रङमा हुने गरेकोमा त्यो पनि परिवर्तन भएको छ । स्मरण रहोस् नोकिया कम्पनीले केवल स्मार्टफोन मात्र होइन फाइभ जी उपकरण पनि बनाउँछ । त्यसैले कम्पनीमा अब दुईवटा लोगो देखिनेछ । एउटा लोगो खासगरी...
नेपाल टेलिकमको ५जी नेटवर्क ट्रायल थालियो
प्रविधि, समाचार

नेपाल टेलिकमको ५जी नेटवर्क ट्रायल थालियो

नेपालअखबार, काठमाडौँ ।  नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क- ५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ । कम्पनीले माघ २२, मा आफ्नो १९ औं वार्षिकोत्सवसँगै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको छ । कम्पनीको यो परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले सहयोग गरेको जनाइएको छ । चिनियाँ टेक जाइन्टले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गर्नमा मुख्य भूमिका खेलेको जनाइएको छ । यसअघि ह्वावेले नेपाललाई ४जी, इन्टेलिजेन्ट नेटवर्क, आईभीआर र आईपी टेलिफोनीमा आईफी मल्टिमिडिया सबसिस्टम, टुजी झीएसएम र सीडीएमएलगायतका नेटवर्क लन्च गर्न मद्दत गरेको थियो । हाल नेपाल टेलिकमको ५जी हुवावे, साओमी र भिभोजस्ता ब्रान्डहरूको ह्यान्डसेटहरूमा काठमाडौँका टेलिकमका कर्मचारीसहित सीमितमा उपलब्ध हुने जनाइएको छ ।  “नेपाललाई नेटवर्क पूर्वाधार निर्माणमा सह...
अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो
प्रविधि, विश्व, समाचार

अमेरिकी सेनाले चिनियाँ जासुसी बेलुन एटलान्टिक ओसनमा खसाल्यो

नेपालअखबार, एजेन्सि। अमेरिकाले आफ्नो समुन्द्री क्षेत्र (एट्लान्टिक सागर) मा घुमिरहेको चीनको जासुसी बेलुनलाई खसालेको छ। जासूसी बेलुन यसै साताको सुरूमा मोन्टानाको आकाशमा पहिलो पटक देखिएको थियो भने शनिबार मौसमको ढाँचा पछ्याउँदै अमेरिकाको मध्य भागमा यात्रा गरेको थियो। उक्त जासूस बेलुन शनिबार क्यारोलिना तटमा उत्तरी अमेरिकाको संवेदनशील सैन्य साइटहरू पार गरेपछि खसालिएको एपीले जनाएको छ। अमेरिकी रक्षा सचिव एन्टोनी ब्लिन्केनका अनुसार राष्ट्रपति जो बाइडेनको निर्देशन पछि लडाकु विमानहरूले दक्षिण क्यारोलिनाको तटको एट्लान्टिक सागरमा चिनियाँ निगरानी बेलुनलाई खसालेको हो। अमेरिकी रक्षा मन्त्रालयले बुधबार नै मोन्टानामा गोली हानेर बेलुन खसाल्ने विचार गरेपनि त्यसबाट जमिनमा रहेका व्यक्तिलाई क्षति हुनसक्ने भएकाले खसाल्ने निर्णय गरेको थिएन । अमेरिकी सुरक्षा एजेन्सीहरूले अहिले भग्नावशेष सङ्कलन गरिरह...
अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी
प्रविधि, विश्व, समाचार

अमेरिकामाथि चिनियाँ जासुसी बेलुन घुमिरहेको पेन्टागनको दाबी

नेपालअखबार,  एन्जेन्सि। अमेरिकी आकाशमा एक चिनियाँ जासुसी बेलुन धेरै दिनदेखि देखापरेको छ। यसलाई अमेरिकी सेनाले छानबिन गरिएको बिबिसीले जनाएको छ। रक्षा मन्त्रालयले बुधबार मोन्टानाको पश्चिमी राज्यमा देखा परेको बेलुनलाई गोली हानेर खसाल्ने विचार गरे पनि भग्नावशेषमा के हुन सक्छ भन्ने चिन्ताले त्यसो नगर्ने निर्णय गरेको जनाइएको छ। फिलिपिन्स भ्रमणमा रहेका रक्षामन्त्री लोयड अस्टिनले बुधवार यस विषयमा छलफल गर्न वरिष्ठ रक्षा अधिकारीहरूको बैठक बोलाएका थिए। पेन्टागनले धेरै दिनदेखि बेलुनलाई ट्र्याक गरिरहेको छ। बेलुन अमेरिकाको उत्तरी आकाशमा रहेको जनाइएको छ। बेलुन हाल व्यावसायिक हवाई ट्राफिक भन्दा माथिको उचाइमा यात्रा गरिरहेको जनाइएको छ। जमीनमा मानिसहरूलाई सैन्य वा भौतिक खतरा नभएको जनाइएको छ । बेलुनले कुनै सैन्य खतरा समेत नभएको जनाइएको छ । वरिष्ठ रक्षा अधिकारीले यो उचाइमा रहेको जासुसी बेलुन ची...
रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध
प्रविधि, समाचार

रूकुम (पूर्व) मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध

नेपालअखबार, रूकुम। रूकुम (पूर्व)  मा तीन दिनदेखि विद्युत सेवा अवरूद्ध भएको छ। वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरूद्ध भएको विद्युत अझै सुचारू हुनसकेको छैन। सेवा अवरूद्ध हुँदा नागरिक समस्यामा परेका छन्। सल्यान र रूकुम (पश्चिम) को बीचमा समस्या हुँदा विद्युत अवरूद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम (पूर्व) ले जनाएको छ। विद्युत सञ्चालको लागि काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए। विद्युत अवरूद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रूकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताइन्।  रासस...
टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या
प्रविधि, प्रशासन, समाचार

टर्मिनल भवन नहुँदा ताल्चा विमानस्थलमा समस्या

नेपालअखबार, मुगु । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ । ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा टर्मिनल भवन अधुरै रहेको हो । विसं २०६० देखि कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको हो । विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो । टावर र टर्मिनल भवन भने हालसम्म बन्न सकेको छैन । ओमबुद्धले टर्मिनल भवन निर्माण गर्न २०७६ असोजमा ३० महिना भित्र सम्पन्न गर्नेगरी रु आठ करोड ६५ लाखको सम्झौता गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका  इञ्जीनियर महेश नेपालीका अनुसार हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले भवन नबन्दा सेवा ...