घरेलु हिंसाको उजुरी सुनुवाई तथा मेलमिलाप सिप विकास सम्बन्धी गोष्ठी सम्पन्न
नेपालअखबार, पोखरा । समाजमा विद्यमान घरेलु हिंसा न्युनिकरणका लागि घरेलु हिंसा ९कसूर र सजाय ऐन २०६६ र नियमावली २०६७ को कार्यान्वयनमा एकरुपता र थप प्रभावकारीता ल्याउने उद्देश्यका साथ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा मातहतका जिल्ला तथा ईलाका प्रहरी कार्यालयहरुका महिला बालबालिका र जेष्ठ नागरीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुसंग “घरेलु हिंसाको उजूरी सुनुवाई तथा मेलमिलाप सिप विकास” सम्वन्धी १ दिने गोष्ठी तथा अन्तरक्रिया सम्पन्न भएको छ ।
उक्त गोष्ठी गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङको प्रमुख आतिथ्यता सञ्चालन गरीएको थियो । कार्यक्रम उद्घाटन गर्नुहुदै प्रमुख अतिथि गुरुङले गोष्ठीले घरेलु हिंसाजन्य घटनाको मेलमिलाप गराउने प्रक्रिया सम्बन्धी अनुभव आदान प्रदान गरी कानुनी सम्बनधी नविनतम आयामहरुको सिकाईबाट कार्य प्रभावकारीता बढ्ने विश्व...










